8/28/2011

श्रम सहचारीले नियुक्ति पाए, काम पाएनन्

 रेजिना नेपाल
काठमाडौं \ श्रम सहचारी नियुक्ति प्रक्रिया फेरी विवादमा फसेको छ । श्रम मन्त्रालयले ६ मुलुकका लागि सहचारी नियुक्ति गरेको दुई साता बित्दा समेत सहचारी पठाउने प्रक्रिया अघि बढेको छैन । यसअघि श्रम, परराष्ट्र र सामान्य प्रशासन मन्त्रालयबीच विवाद चक्रिएपछि परराष्ट्रकै सल्लाहमा मापदण्ड बनाई आन्तरिक प्रतिस्पर्धाबाट नियुक्ति गरिएपनि यसमा परराष्ट्रको असहमति कायमै रहेको छ ।

8/25/2011

पूर्वराजदूत अन्सारीको थप कर्तुत

मृतकको बीमा रकम दुरुपयोग गरेको अभियोगमा पदच्युत गरिएका साउदी अरबका पुर्व राजदूत हमिद अन्सारीको थप कर्तुतहरु खुलासा भएको छ । उनले साउदीको अनेष्ट अरेबिक भिसा ट्रान्सलेसन सेन्ट्ररमा कार्यरत २७ वर्षीय खर्कबहादुर घर्तीमगरको मृत्युपछि ५० हजार रियाल बुझेर ३३ हजार रुपैयाँ पच पारेको रहस्य खुलेको छ ।

8/22/2011

ईपिएसको नतिजा आज

रोजगार अनुमति प्रणाली(इपिएस)अन्तर्गत दक्षिण कोरिया जानका लागि यही साउन ६ र ७ गते लिइएको परीक्षाको परीक्षाफल आज प्रकाशित हुँदैछ । वैदेशिक रोजगार विभागकाअनुसार नजिताको विस्तृत विवरण इपिएस शाखाको सूचनापाटी र वेबसाइटहरू

एक महिनामा १५ हजार नेपाली कामदार कतार पुगे

आर्थिक वर्ष २०६७÷६८ मा रोजगारीका लागि विदेश जाने कामदारको संख्या तीन लाख ५४ हजार ७१६ रहेको छ । आर्थिक वर्ष २०६६÷६७ मा दुई लाख ९४ हजार ९४ नेपाली वैदेशिक रोजगारीमा विदेश गएका थिए । त्यसको तुलनामा गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या २०.६१ प्रतिशतले बढी भएको देखिएको छ । गत आर्थिक वर्षमा १० हजार ४ सय १६ महिला वैदेशिक रोजगारीका आगि गएका छन् । अघिल्लो वर्ष पाँच हजार २६० महिला मात्र रोजगारीका लागि विदेश गएका थिए ।

8/21/2011

कोरियामा पनि एनआरएनको नाम बेचेर खाँदैछन् ठगहरू

दक्षिण कोरिया । संघ संस्थाको नाम बेचेर ठग्न पल्किएकाहरूको झुण्डले विदेशमा नसताइएका नेपाली कमै होलान् । संस्था खोल्ने पद लिने र लुठखेतीमा लाग्नेहरूले हैरान पारिसकेका छन् प्रवासमा । खाडी मुलुकबाट सुरु भएको यो खेती अहिले कोरिया र जापानमा पनि सल्किएको छ । यसै क्रममा

8/20/2011

खाडी जाने कामदार पाइनै छाडे

वैदेशिक श्रम बजारमा खाडी मुलुकमा काम गर्न जाने जान कामदारको अभाव देखिन थालेको छ । लागत र परिश्रमको तुलनामा पारिश्रमिक नपाउने भएपछि खाडी जाने कामदारको अभाव हुन थालेको हो । ‘शिक्षित युवा जनशक्ति कोरियातिर आकषिर्त हुन थालेका छन् भने राहदानी भएका अदक्ष जनशक्ति बजारमा भेटिादैन’, फरेन इम्प्लोइमेन्ट एशोसियनका अध्यक्ष प्रेम कटुवालले भने, ‘अहिले खाडी उड्ने कामदार भेटिन मुस्किल पर्छ ।’
कोरियामा रोजगारले यसलाई झन् समस्या पारेको छ । ‘बजारमा ५१ हजार राहदानी कोरिया जान बसेकाहरुसाग छ’, उनले भने ‘अर्कोतिर परराष्ट्र मन्त्रालयले आवश्यकताअनुसार राहदानी जारी गर्न सकेको छैन ।’ खाडी जाने कामदारले हालको महागीअनुसार तलब पाएका छैनन् । सरकारले १० वर्षअघि निर्धारण गरेको न्यूनतम पारिश्रमकिमै कामदारको माग आइरहेको छ । खाडी जाने कामदारले ८० देखि १ लाख २० हजार रुपैया लगानी गरेर १२ देखि १६ हजारसम्म मात्रै कमाउाछन् । दुईवर्षे करारमा गएका कामदारले एक वर्षसम्म दिनरात घोटिादा लागत खर्च जुटाउनै मुस्किल पर्छ ।
कामदारले बसेर, खाएर न्यूनतम तलब कम्तीमा १६ हजार रुपैयाँ नभए अब खाडीमा कामदार पठाउान सकिादैन’, उनले भने । राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहेका श्रमविज्ञ गणेश गुरुङका अनुसार कामदारमा आएको चेतना र श्रम बजार छनोटले प्रभाव देखिन थालेका हो । उनका अनुसार खाडी मुलुकले कामदारको पारिश्रमकि वेद्धि गर्न अनिवार्य भइसकेको छ भने सरकारले लागत खर्च पनि घटाउनु पर्छ ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने महिला पक्राउ

भूटानी शरणार्थी बनाइ अमेरिका लैजाने भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।१८जना व्यक्तिबाट करिब ६० लाख रुपैंया लिएको अभियोगमा दमक–१३ झापाकी अजिता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बल्ल खुल्यो इजरायल

काठमाडौँ । लामो समयदेखि अन्यौलमा रहेको इजरायल रोजगारी अन्ततः खुल्ने पक्का भएको छ । इजरायलले नेपाली कामदारलाई पुनः रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको समाचार प्राप्त भएको छ ।

8/17/2011

राजदूत योञ्जनको बिदाई

आफ्नो कार्यकाल सकेर नेपाल र्फकन लाग्नुभएका जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जनलाई जापानको नागोया शहरमा बस्ने नेपालीहरु हार्दिक बिदाई गरेका छन् ।

एक सय १६ कामदार कारवाहीमा

कतार सरकाले नियमविपरीत काम गरेको भन्दै १ सय १४ जना नेपाली कामदारहरुलाइ नेपाल फिर्ता पठाउने सुची तयार पारेको छ । विभिन्न कारणले गैरकानुनी भएका कारण स्वदेश फर्कनुपूर्व जानुपर्ने स्थान फिर्ती केन्द्रमा १ सय १४ जना रहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

पाँच दिनमै पवित्रा गायब

हरिकृष्ण न्यौपाने
नेपालबाट घरेलु नोकरानीको कामका लागि कुवेत आएकी कपिलबस्तुकी पवित्रा घर्ती क्षेत्री कुवेत आएको ५ दिनमै भागेर बेपत्ता भएकी छिन। नेपाली एजेन्टबाट कुवेतीको घरमा काम गर्न गएको २ दिनमै उनी एकाएक बेपत्ता भएकी हुन।

चार नेपाली महिलाको उद्दार

आरबि बुढाथोकी
कुबेतको फाहिलस्थित गैर कानुनी रुपमा बिभिन्न देशका महिलाहरु जबरजस्ती यौन धन्दामा प्रयोग गर्न एक बङगलादेश नागरिक सहित घरको हेरचाह गर्ने ब्यक्ती हारिसलाई  कुबेत पुलिसले रङगेहात समातेको छ  ।

नेपाली मूलका अमेरिकी सैनिकको मृत्यु

न्यूयोर्क । अफगानिस्थानमा कार्यरत नेपाली मूलका अमेरिकी स‍ैनिकको मृत्यु भएको छ । अफगानिस्थानमा कार्यरत २४ वर्षीय नेपाली जवान बरुण राइको मृत्युभएको अमेरिकास्थित पारिवारिक स्रोतले जनाएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित सिल्भरस्प्रिड।घर भएका र्राईको गत अगस्ट ३ तारिख अफगानिस्थानको काबुलमा गाडी पल्टिएर दूर्घटनामा परि मृत्युभएको हो ।
राई विगत साढे चार वर्षअघि मेरिल्लाण्डबाट अमेरिकी सेनामा भर्ती भएका हुन् । राईको परिवार विगत पाँच वर्षदेखि मेरिल्याण्डमा बसोबास गर्दै आएको छ ।

अरूलाई हराउन गएका आफै हराए

सिओल । दक्षिण कोरियाको नामयङजु सिटिमा विश्व तेक्वान्दो हानमादाङृ सभागिता जनाउन आएका दुई नेपाली खेलाडी  वेपत्ता भएका छन् ।

8/02/2011

हङकङमा रोजगारी भिसा फुकुवा गर्न अभियान

हङकङमा नेपाली कामदारका लागि प्रतिबन्धित रोजगारी भिसा फुकुवा गराउन दवाबमूलक अभियान थालिएको छ । ‘भिसा प्रतिबन्ध नीति विरुद्धको अभियान’ भनिएको कार्यक्रमको अगुवाई नेपाली घरेलु कामदार युनियन तथा सूदुर पूर्वी प्रवासी नेपाली संघ (फियोना) ले सयुंक्त रूपमा गरेका छन् ।

अवैध विदेशी मुद्राको कारोबार रोक्न एनआरएनको आग्रह

गैर आवासीय नेपाली संघ, साउदी अरबले प्रधानमन्त्री झलनाथ खनाललाई एक पत्र लेखी विदेशी मुद्राको अवैध कारोबारमा रोक लगाउन ध्यानाकर्षण गराएको छ । मेनपावर व्यवसायीहरूलाई भिसा खरिद गर्न आवश्यक पर्ने विदेशी मुद्रा उनीहरूले पेश गर्ने कागजातका आधारमा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंकिङ च्यानलहरूबाटै स्वदेशमा प्राप्त गर्ने गरी वाह्य विप्रेशन सेवा सञ्चालन गर्नसमेत आग्रह गरिएको छ ।

एनआरएन अध्यक्ष उम्मेदवारको प्रेस विज्ञप्ति

चर्चित ढुङ्गेल
विश्वका कुनाकुनामा बसेर टपरा र दुनामा खाने नेपालीको संख्यामा दिन दुगुना र रात चौगुना बढेर गएकाले कसैले यो गैर आवासीय नेपालीको हिरो हुने सोच बनाएको हो र नेपालका खोँचखोँचबाट आएका सोझासिधा तपाईँहामीजस्ता साधु नेपालीलाई काबुमा पारेर केटाकेटीमा अलि ठूलाहरुले हावुको डर देखाएजस्तै गरी डस्ने, उपल्लो कोटीको नेपाली भएँ भनेर स्वनामधन्य

8/01/2011

रमज़ान आजदेखी शुरु

धर्मालम्बीहरुको महान पर्व रमज़ान आजबाट शुरु भएको छ। एक महिनासम्म अल्लाहको लागि सुर्योदय भन्दा अगाडि देखी सुर्यअस्त सम्म दिनको समयमा पानी सेमत नखाइ गरिने रोजालाई रमजान भनिन्छ।

कुवेतमा मृत्यु भनिएकी जीवितै

वैदेशिक रोजगारीका क्रममा कुवेतमा दुर्घटनामा मृत्यु भएको भनिएकी एक महिला गाउँमा जीवितै छन् ।
२०६६ माघ २७ गते कुवेतमा मृत्यु भएको भनिएकी बाबियाचौर–५ की ४५ वर्षीया शान्ति दर्जीले आफू जीवितै रहेको बताएकी हुन् ।

कुवेतमा मृत्यु भनिएकी जीवितै

वैदेशिक रोजगारीका क्रममा कुवेतमा दुर्घटनामा मृत्यु भएको भनिएकी एक महिला गाउँमा जीवितै छन् ।
२०६६ माघ २७ गते कुवेतमा मृत्यु भएको भनिएकी बाबियाचौर–५ की ४५ वर्षीया शान्ति दर्जीले आफू जीवितै रहेको बताएकी हुन् ।

कोरियामा तलब बढ्यो

नेपाली कामदारको लागि आर्कषक गन्तव्य बनेको दक्षिण कोरियाले सन् २०१२ देखि कामदारको न्यूनतम पारिश्रमिक ६ प्रतिशतले बढाउने निर्णय गरेको छ ।


कोमामा रहेकी दोङलाई नेपाल पठाउने तयारी

आरबि बुढाथोकी
कुबेतको फर्वानिया अस्पताल बिगत लामो समयदेखी कोमामा रहेकी शान्ती माया दोङलाई दुताबासले छिट्टै नेपाल लैजाने तयारी गरी रहेको छ । शान्ती माया दोङलाई भरसक छिटो भन्दा छिटो हामीले जिबितै नेपाल पुर्याउने तयार गरी रहेका छौ राजदुत मधुबन पौडेलले भेटमा खुलस्त पार्नु भयो । एक नेपाली चेलीको उद्दारका लागि अन्तरास्टिय रुपमै चर्चा चल्न थाले पछी दुताबासलाई पनि बेला बेलामा दबाब आउने कारणले गर्दा राजदुतले पनि यस बिषयलाई गम्भिर रुपमा नेपालका अस्पातलहरुसँग अन्तरकृया गरी संपर्क गरी रहनु भएको थियो ।
दुई महिना अगाडि नेपालको पुरानो सरकारी अस्पातल वीर अस्पातलले हचुवाको भरमा शान्ती माया दोङको सम्पूर्ण जिम्मेवारी लिने भनी दुताबासलाई पत्र पठाएकोमा अन्तत कार्यन्वयन गर्न नसके पछी हामीले अन्य अस्पातलहरुसँग सहकार्यका लागि नियमित रुपमा पत्र पठायौ, अस्पातलको खोजी गर्दै गयौ अन्तमा पाटन अस्पातलले शान्ती मायालाई लिने निर्णय गर्‍यो राजदुत पौडेलले थप्नु भयो । पाटन अस्पातलले उनलाई लिने स्वीक्रिती पत्र त पठाइ सकेको छ अब उनलाई कुबेतको फर्वानिय अस्पातलमा जुन सुबिधा दिएर बचाइ राखेको छ् त्यो दिएर जिबित राख्न सक्ने सपूर्ण ग्यारेन्टी लिएर पत्र पठाउना साथ दुई पक्षिय सल्लाह मिल्नासाथ हामीले दुताबासका कर्मचारीको साथमा उनलाई नेपाल पुर्याउने छौ उहाले प्रस्ट पार्नु भयो ।
शान्ती माया दोङलाई जातिय हिसाबले भेद भाब गरी लामो समय देखी उद्दार नगरिएको भन्ने कुरा एनआरएनएको केन्द्रले यस बिषयलाई इस्सु बनाएर संसारभरका नेपालीहरुलाई सहयोग गर्न उर्दी गरेको केही समय बित्दा नबित्दै एकाएक दुताबासबाट यो निर्णय आएको हो ।
घरेलु कामदारको रुपमा पाच बर्ष अगाडि कुबेत छिरेकी शान्ती माया अवस्थाका बारेमा सुनेर अबिभाबकहरु उनलाई हेर्न ब्याकुल छन। कुबेतबाट बिभिन्न ब्यक्तित्वहरु उनको घर हेटौंडा गएर छोरीको अवस्थाका बारेमा बेला(बेलामा अबगत गराइ आर्थिक सहयोग सहित छिट्टै नेपाल ल्याइदिने आस्वसन दिएर आएका छन । उनको अबस्था निकै नाजुक छ अस्पातलमा कुनै नेपाली भेट्न जादा उनी लजाएर आफ्नो अनुहारलाई गम्साले छोप्ने प्रयास गर्छिन । कुनै पनि ठोस पदार्थ खान सक्दिन उनलाई पाइपको माध्यमबाट तरल बस्तु खुवाएर बचाइ राखिएको छ । नियमित रुपमा चिकीत्सकको निगरानीमा राखिएका कारण नेपाल लैजाने बखत पनि डाक्टर वा उनको समस्याको बारेमा पूर्ण ज्ञान भएको नर्स साथमा जानु पर्ने अनिबार्य छ ।
कुबेतको चिकीत्सक टोली गएर उनको अबस्थाको बारेमा नेपाली चिकीत्सकलाई पूर्ण रुपमा अबगत गराइ फाहिलहरु हस्तान्तरण गर्नु पर्ने हुन्छ साथमा उनलाई कुबेतको अस्पातलले सुबिधा दिएर जुन रुपमा बचाइ राखेको थियो त्यो पुगेको छ या छैन सो पनि चेक जाच हुने जानकारहरु बताउछन ।
शान्ती माया दोङलाई उद्दार गर्ने भनी कुबेतका बिभिन्न संघ सस्थाहरुले लाखौं रुपैया उठाएर त्यतिकै थाती राखेका छन । शान्ती माया दोङलाई उद्दार गर्न पैसाले मात्र हुँदैन कुटनैतीक पहल पनि हुनु जरुरी छ उनको अवस्था अरुको अवस्थासँग दाज्न मील्दैन अर्का जानकार आक्रोशित तबरमा भन्छन । यदी दुताबासले शान्ती माया दोङलाई उद्दार गर्ने काममा सफल हुन्छ भने हामीले उसको सरहना गर्नु पर्छ उसको कुटनैतीक पक्षलाई मान्नु पर्छ उनले थपे ।

कोमामा रहेकी दोङलाई नेपाल पठाउने तयारी

कुबेतको फर्वानिया अस्पताल बिगत लामो समयदेखी कोमामा रहेकी शान्ती माया दोङलाई दुताबासले छिट्टै नेपाल लैजाने तयारी गरी रहेको छ ।

7/31/2011

विदेश जान दलाल खोज्दै हुनुहुन्छ ? पासर्पोट झ्याप पार्देला !

आफूलाई मेनपावरको एजेन्ट भन्दै सोझा बेरोजगार युवाहरुलाई ठग्दै हिड्ने गिरोह राजधानी लगायत मुलुकका विभिन्न भागमा अहिले पनि उतिकै सक्रिय छ । वैदेशिक रोजगार विभाग, प्रहरी प्रशासन र मेनपावर व्यवसायीले ठगी नियन्त्रण गर्न जतिसुकै तदारुकता देखाए भने पनि यस्ता गिरोहहरुको बिगबिगी बढेको बढ्यै छ ।

7/30/2011

मेशिनले औंला लग्यो

काजाङ्ग स्थित ग्रिनग्लास इण्डष्ट्रिज एसडीएन बिएचडी मा कार्यरत एक नेपाली कामदार राजकुमार थापा मगरले दाहिने हातको दुई औंला गुमाएको छन् ।

कतारमा एक नेपालीद्वरा आत्महत्या

वैदेशिक रोजगारीका लागि कतार गएका झापाको केरावारी १ का पशुपति रिमालको मृत्यु भएको छ ।

भिजिट भिसामा आएर काम गर्न नपाईने

अगष्त २०११ उप्रान्त, कुवेत सरकारले भिजिट भिसामा कुवेत प्रवेश गर्नेहरुलाई काम गर्न रोक लगाएको छ । साथै, व्यावसायिक तथा भिजिट भिसामा आई काम गरेको प्रमाणित भए त्यस्ता कामदारहरुलाई कडा कारबाही गरिने पनि कुवेत सरकारले जनाएको छ ।

श्रम स्वीकृतिबारे अन्योल कायमै

दोहा– बिदामा घर गएर पुनः फर्कने कामदारले पुनः श्रम स्वीकृति लिनुपर्ने प्रावधानवारेको द्विविधा यथावत रहेको सरोकारवालाले जनाएका छन् । पुनः श्रम स्वीकृति लिनुपर्ने व्यवस्था हालका लागि स्थगित गरिएको केही समाचार श्रोतहरूले जनाएता पनि कामदार जाने देशका सम्बन्धित नियोगहरुमा कुनै पनि पचात्रार नहुँदा यसवारेको अन्योल यथावत देखिएको हो ।

मेनपावर व्यवसायी–दूतावास विवाद समाधानतिर

नेपाली दूताबास कुवेत बिभिन्न कारणबस बेला बेलामा बिबादको केन्द्र बन्दै आएको छ । कहिले पत्रकारले लेखेका बिषयको बिबाद, कहिले दूताबास भित्र घटेका घटना, कहिले मेनपावर ब्यबसायीले राखेका मागहरु लगायत अन्य समस्याका कारण दूताबास चर्चामा आउने गर्दछ ।

KD 100 fine, jail for public eaters

People caught eating and drinking in public during fasting hours in the holy month of Ramadan will be fined KD 100, imprisoned for one month or both, says acting Director of Public Relations and Moral Guidance Department at the Ministry of Interior Brigadier Ahmad Bader Al-Mulla. In

Ministry to start ban on visit to work visas’ transfer from Aug Over 400 ‘unperforming’ employees receive their pay

The Ministry of Social Affairs and Labor, in coordination with the Ministry of Interior and General Immigration Department, will start implementing the decision on banning the transfer of commercial visit visas to work permits by the beginning of August, reports Al-Seyassah daily quoting informed sources.

सुखद छैन लेबनान

होम कार्की
केराबारी भोजपुरकी ३५ वर्षीया योगमाया खत्री लेबनान आइपुगेको तीन वर्ष पुरा हुँदै छ । यो तीन वर्ष उनको जीवनकै सबैभन्दा कष्टकर समय बन्यो । दुई-दुई वर्ष फरकमा जन्मिएका ६ जना बच्चालाई श्रीमान्को जिम्मा लगाई घर छाडेकी खत्रीले लेबनान आउँदा सजाएका सपनाहरू पूरा गर्न त सकेकी छैनन् बरु थप समस्याहरूसँग जुधिरहेकी छन् ।

डा. महतोको स्कुलमा चरम शोषण

समता शिक्षा निकेतन कावासोतीमा अध्यापन गर्दै आइरहेका शिक्षकहरुलाई व्यवस्थापनले चरम शोषण गरेको जनाउंदै शिक्षकहरुले सामुहिक राजिनामा दिएका छन् ।

7/28/2011

जापानमा सल्बलाइरहेछन् मानव तस्करहरू

पुष्पराज
हुन त सोझा नेपाली वेरोजगार युवाहरूलाई गुलिया आश्वासन देखाई ठगेका कुरा अब नौलो रहेन । गाउँ, शहर चोक र गल्ली–गल्लीमा मानव तस्कर गिरोह विदेश पठाउने सपना बाँडेर युवाहरूलाई लुटिरहेको छ ।

7/27/2011

जापानको राजदूतमा भट्टराई सिफारिस

मर्ने बेला हरियो काँक्रो !
सरकारले जापानको राजदूतमा परराष्ट्र मन्त्रालयका सचिव मदनकुमार भट्टराईलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले आगामी भदौमा अवकास पाउन लागेका भट्टराईलाई जापानको राजदूतमा सिफारिस गरेको हो ।

आएको चार दिनमै दूतावासको शरणमा

प्रेम स्याङतान तामाङ
वैदेशिक रोजगारीको सिलसिलामा घरेलु कामदारको रूपमा दोहा आएकी मोरङ, डाँगीयन– ५ की  २२ वार्षीया वालकुमारी विक चार दिनमै नेपाली दूतावासको शरणमा आईपुगेकी छन् ।

विभागमा त्रिपक्षीय छलफल

वैदेशिक रोजगारमा जाने कामदारहरुमा देखिएको विविध समस्या र यसको समाधानको लागि वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग र वैदेशिक रोजगार व्यवसायीबीच बुधबार विभागकै कार्यकक्षमा एक छलफल भएको छ ।

लेबनान लाइभ

होम कार्की
लम्जुङकी २१ वर्षीया सोनु तामाङ बेरुतमा भएको लाइभ कन्सर्टमा मज्जैले झुमिरहेकी देखिन्थिइन् । विदेश आएपछि स्वदेशको माया निकै लाग्दोरहेछ, सोनु भन्दै थिइन्, जुन यता आएपछि  मात्रै बुझिँदोरहेछ ।

दुताबास र म्यानपावर ब्यबसायी बिबाद चर्कदो

आरबि बुढाथोकी
नेपाली दुताबास र म्यानपावर ब्यबसायी एजेन्टहरुको बिबाद चर्कने क्रममा छ।  दुताबास र एजेन्टहरुको बिषयलाई लिएर प्रकाशित भएको समाचारलाई लिएर दुताबासका सचिबले घोर आपत्ती जनाउदै एक तर्फी रुपमा निर्णय गरी दुताबासलाई दोष थुपारेको र आरोपहरु दुताबासमा आइ प्रमाणित गर्न म्यान पावर ब्यबसायीहरुलाई  चुनौती दिएका छन र

दूतावासका सचिवको चुनौती

तोयानाथ उपेक्षित
नेपाल कुवैत डट कम मा हिजो प्रकाशित समाचारको विषयलाई लिएर कुवैत स्थित नेपाली दुतावासका सचिबले घोर आपत्ति व्यक्त गरेका छन । उनले आफ्नो विषयमा एजेन्टहरुले लगाएको आरोप निराधार र कपोकल्पित भन्दै सचिबले भनेका छन उनीहरुले मेरो गल्ति र कमजोरी दुतावासमा आएर पेश गर्न तयार हुन पर्छ ।

एनआरएनएको टोपी लगाएर कामदार ठग्दै

नेपालीले नेपालीलाई नठग्नुहोस र एनआरएनएको टोपी लगाएर एनआरएनलाई नठग्नुहोस” भन्ने एनआरएनएको सार्बजनिक आग्रहका बावजुद पनि कतारमा एनआरएनका बरिष्ट ब्याक्तिले ठगेको   समाचार सार्बजनिक भएको छ जसमा एक जना नेपाली कामदारले १ बर्षदेखिको

दक्षिण कोरिया : सजिलो छैन प्रवेश

दक्षिण कोरिया । नेपाली बेरोजगार युवाहरुका लागि आकर्षक गन्तव्य । पछिल्लो समय नेपाल सरकार र कोरिया सरकारबीच नेपाली कामदार इपीएस कोटामार्फत कोरिया  लैजाने सहमति भएपपछि त नेपाली युवाहरुको कोरियाप्रतिको आकर्षण झनै बढेको छ  ।

टोकियोमा एक नेपालीको मृत्यु

तिलक मल्ल
रोजगारीको सिलसिलामा झण्डै १२ बर्ष अगाडि जापान आएका तर करिव एक बर्ष अगाडिदेखि विचल्ली एवं बेवारिसे अवस्थामा पुगेका काभ्रेका दीपक गौतमको टोकियोमा

मुम्बई आक्रमणमा नेपाली संलग्न !

मुम्बईमा दुई साताअघि भएको आक्रमणमा संलग्नताको आशंकामा प्रहरीले एक नेपालीलाई नियन्त्रणमा लिएको छ ।

मनभरी त्रासदी र पीडा बोकेर फर्किन गोमा र गायत्री

साउदी अरब । ४ बर्ष अघि आफ्नै मामा जित बहादुर खाती र स्थानिय सुरेश तामाङ मिलेर बेचेछन सोनापुर(२ सुनसरीकी २० बर्षिया गायत्री बिकलाई ।

7/26/2011

दुई सय पैंतीस मेनपावरको इजाजत रद्द

श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई विदेश जाने कामदारको सङ्ख्या २०६७–६८ मा तीन लाख ५४ हजार सात सय १६ जना रहेको विभागले जनाएको छ ।

दुतावासले लखेटेका एजेन्टहरुले एनआरएनसँग गुहाँर मागे

तोयानाथ उपेक्षित
नेपाली दुतावास कुवैतले समयमा काम नगरेको र घरयासी कामदार व्यवस्थापन सम्बन्धि समस्यालाई लिएर दुतावासमा जादा उल्टो सचिबको हप्की र दक्कि खान परेको भन्दै एनआरएनए कुवैतमा गुहार लगाउन पुगेको समाचार प्राप्त भएको छ ।

दूतावासका सचिबको चर्तिकला

हरी कृष्ण न्यौपाने
नेपाल कुवेत म्यानपावर एशोसिएशनका पधाधीकारीहरु आफ्नो म्यानपावर ब्यवसायमा देखिएको जटिलता र दुताबासले खेल्नु पर्ने भूमिकाहरु तथा हालैका दिनमा देखिएका समस्याहरुका सन्दर्भमा आफ्ना मागहरु राख्न हिजो जुलाई(२५का दिन नेपाली दुताबास कुवेत पुगेकोमा नेपाली दुताबास कुवेतका

अझै सुल्झिएन नेपालकुबेत म्यानपावर एसोसियसन र दुताबासको बिबाद

आरबि बुढाथोकी
बिगत लामो समयदेखी सार्बजनिक भएको नेपाली दुताबास र  नेपाल कुबेत म्यान पावर  एसोसियसनको  बिबाद एक बर्ष बिती सक्दा पनि सुल्झिएको छैन ।

साउदी सरकारले थप नेपाली कामदार लैजाने

वैदेशिक रोजगारीको मुख्य गन्तव्य रहँदै आएको साउदी अरबले आफ्नो मुलुकमा थप नेपालीलाई रोजगार दिन तयार रहेको बताएको छ ।

7/22/2011

होस् गर विदेश हिंड्नुभन्दा पहिला भरौटेहरुले जालमा पर्लान्

शालिकराम आचार्य
नेपालको बिग्रिएको  हालत  सुधार्नको लागि नकाम सरकार  साथै  देशमा रोजगारी नहुनुको कारणले  लाखौ लाख युबायुवती बिदिसिने लहरको लहर जारी छ । साथै युवायुवतीहरुको  चाहना पनि दिन दिन  बढ्दै गैरहेको छ यति मात्र होइन गाउँ घरका सोझा साझा  युवा युवतीहरुलाई बैदेशिक रोजगारको नाममा मेनपावरहरुले लुटैदै  श्रमिकहरुलाई कमाईको जरिया बनाएका छन ।

बैदेशिक रोजगारमा ठगीको पराकाष्ठा

हरि नेपाली
कतार \ म एकचोटी विदेश गएर आएको मान्छेलाई पनि अभिमुखिकरण तालिम लिएको प्रमाण पत्र चाहिन्छ भनेर फर्काइदिए अनि एउटा दलाललाई श्रम पैसा दिएर पठाएको त उतिखेर नै बनाइदियो । क्या टेन्सन भै राखेको थियो भने भोलीको टिकट छ छट्टीमा आएको मान्छेलाई पनि नयाँ श्रम स्विकृति चाहिने रे हामी जादा यो भएन उ भएन भनेर दिक्क बनाउने कर्मचारीहरुले दलाललाई पासपोर्ट मात्र दिएको उतिखेरै श्रम स्विकृति बनाएर ल्याइदियो ।

न्युयोर्कमा लामा मृत भेटिए

न्युयोर्क राज्यको कुईन्स शहरको उडसाईडस्थित आफ्नै कोठामा विश्व लामा मृत अवस्थामा भेटिएका छन ।

अधा दर्जन लाश बेबारिशे अबस्थामा

आर.बि. बुढाथोकी
कुबेत \ कुबेतमा कार्यरत आधा दर्जन नेपालीहरुको लाश  फेरेन्सिक मेडिसनमा लामो समयदेखी बेबारिशे अबस्थामा रहेको छ । बेबारिशे लाशहरुमा अधिकाम्स घरेलु कामदार महिला छन र मृत्‍युको स्पस्ट कारण पनि खुलेको छैन ।

मरभूमिमा नेपाली

छत्र कार्की
दोहाको नेसनलबाट ४० किलोमिटर टाढाको पट्यारलाग्दो मरुभूमि। ५० डिग्री सेन्टिग्रेड हाराहारी तापक्रम। यो ठाउँको नाम उम्मगरन हो, जहाँ कतारीहरूले आफ्ना बाख्रा र ऊँटहरू पाल्न दस अस्थायी गोठ बनाएका छन्। वरपर बोटबिरुवाका पोथ्रा(पोथ्री मात्र देखिन्छन्। आँखाले भ्याएसम्म हेर्दा बालुवै(बालुवा। बाख्रा र ऊँटहरूको रेखदेखमा खटिने सबै कामदार नेपाली छन्।

7/21/2011

कोरियाली भाषा परीक्षा सुरु, ५७ हजारको लाम

ईपिएस रोजगार प्रणालीअन्तर्गत दक्षिण कोरियामा काम गर्न जान लिइने कोरिया भाषाको परीक्षा आजबाट सुरु हुँदैछ । आज र भोलि हुने उक्त परीक्षामा ५७ हजार ४ सय ५७ युवायुवती सहभागी हुने ईपीएस कार्यालयले जनाएको छ । यो संख्या अघिल्लो वर्षको भन्दा १५ हजारले बढी हो ।

मलेसियामा आत्महत्या

मलेसियामा ३५ वर्षीया एक नेपाली महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । सिन्धुपाल्चोककी शर्मिला गोलेले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

मलेसियामा नेपालीद्वारा अवैध रूपमा रेमिटेन्स कम्पनी सञ्चालन

मलेसियामा नेपालीद्वारा सञ्चालित रेमिटेन्स कम्पनीलाई अवैध कारोबार गरेको आरोपमा त्यहाँको केन्द्रीय बैंकले बन्द गरिदिएको छ । नेपालमा रेमिटेन्स पठाउँदै आएको थ्री स्टार रेमिटेन्स कम्पनी बन्द भएको हो।

एनआरएनलाई डलर खाता खोल्ने सुविधा

सुदर्शन सापकोटा
विदेश जाने नेपालीले एक पटकमा २ हजार पाँच सय अमेरिकी डलरसम्म लान पाउने भएका छन्। यसअघि २ हजार डलरसम्म मात्र लान पाइन्थ्यो। खासगरी विद्यार्थीका लागि लक्षित गरेर वाहिर लान पाइने रकमको सीमा वढाइएको हो।

युएइमा तिज

सुदर्शन सापकोटा
संयुक्त अरब एमिरेट्स यूएईमा कार्यरत सम्पूर्ण महिला लाई एउटै छाता मुनी राखी सगंठित गर्दै जाने उद्देश्यले स्थापित नेपाली महिला समीतिले अघिल्ला वर्षमा जस्तै वार्षिक रुपमा मनाउदै आएको हिन्दू नेपाली महिलाहरुको महान पर्व ुहरितालिका तिजु लाई यस् वर्ष पनि भब्य रुपमा मनाउने भएको छ ।

खेलमा राजनीति हावी भएकाले पलायन

नेपाली खेलकुदमा राजनीति हावी भएका कारण सबैभन्दा प्रताडित खेलाडीहरु  भएका छन् । फलस्वरुप विदेशीनु उनीहरुको रहर नभई बाध्यता भएको छ । तर विदेशीभूमिमा रहेपनि उनीहरुले खेलप्रतिको मोह छोड्न सकेका छैनन् ।

पाण्डेको हावादारी गफ

नकुलदेव
हमिद अन्सारीको लासमाथिको ब्रह्मलुट पर्दाफास भएपछि उनको ठाउँमा साउदी अरबमा नयाँ राजदूत नियुक्त भए, उदयराज पाण्डे । एमालेको कोटाबाट राजदूत बनेका पाण्डेले काम थाल्नु आगाडि नै योजनाको ठुलै पोको अघि सारेका छन् ।

7/20/2011

१४ बर्ष जेल बसेकालाई न्याय मिल्ने संकेत

टोक्यो । एक जापानी महिलाको बलात्कारपछि हत्या गरेको अभियोगमा करिव १४ बर्षदेखि जापानमै थुनामा रहेका नेपाली नागरिक गोविन्दप्रसाद मैनाली निर्दोष देखिने सम्भावना बढेको छ ।

एनआरएनको आंखामा एनआरएनए

 
धरम केसी
एनआरएनए र यसको अभियान अहिले बिभिन्न कारणबस बहस र बिवेचनाको बिषय बन्दै छ । स्थापनाको आठौं वर्षमा आइपुग्दा यसलाई हेर्ने दृष्टिकोणहरू पनी फरक फरक पाइन थालेका छन । कसैले यसलाई आस्थाको केन्द्र मानेका छन त कसैले सम्भावनाको पोको ठानेका छन अनि कसैले भने ढोंग र आडम्बरको प्रतिमुर्ति देख्नथालेका छन ।

7/18/2011

५१ वार्षीय वृद्धलाई पनि छोडेनन् ठगहरूले

प्रेम स्याङतान तामाङ
वैदेशिक रोजगारीका सिलसिलमा दोहा आईपुगेका महोत्तरी जिल्ला, सिंहगयी गाविस, वडीमेल–८, का ५१ वार्षिय भिखारी राय दोहा स्थित विगत एक वर्षदेखि विना तलव काम गर्न बाध्य भएका छन् ।

बजेटले प्रवासीलाई कति समेट्यो, कति छुट्यो

दिनेश रेग्मी
सरकारले प्रस्तुत गरेको नयाँ आर्थिक वर्षको बजेटले प्रवासमा कार्यरत नेपालीलाई केही मात्रामा समेटको भए पनि धेरै विषय समेट्न बांकी रहेको प्रवासमा कार्यरत पेशाकर्मीहरुले औल्याएका छन् ।

अमेरिकाबाट भुटान सम्झना

बालकृष्ण बस्नेत
सेन्ट लुइस (अमेरिका) । शरणार्थीका रूपमा तीन वर्षअघि अमेरिका छिरेका ७५ वर्षे सनमान कार्कीलाई भौतिक सुखसुविधामा खासै चिन्ता छैन । चिटिक्क परेको अमेरिकी घर, वृद्ध भत्तासहित उनी सेन्ट लुइसमा बस्छन् । छोरा, बुहारी, नाति, नातिना साथमै छन् । मन भने हमेसा जन्मेरहुर्केको गाउँमै पुग्छ ।

7/17/2011

ए स्वास्थ्य माफियाहरू ! कतिलाई रुवाउँछौ

स्वदेशमा गरिएको स्वास्थ्य परीक्षणमा पास र विदेश पुगेपछि फेल भएर फर्किनुपर्ने नेपाली कामदारले लामो समयदेखि भोग्दै आएको नियति हो । मेडिकल सेन्टरको नाममा खुलेका स्वास्थ्य माफियाहरूको अखडाले बिना स्वास्थ्य परीक्षण सर्टिफिकेट हातमा थमाइदिने गर्नाले हजारौं कामदार स्वदेशमा फिट  र विदेशमा अनफिट भई फर्काइएका छन् ।

विकिरणकुमारलाई हिमकुमारीको खुल्ला प्रेमपत्र

आदरणीय विकिरणकुमार,
तिम्रो ’उद्वार समिति जापान’ प्रति लक्षित कहालीलाग्दो पत्रको तातो लहरले जापानको उग्रगर्मी मौसममा फैलिएको महामारी र कहालीलाग्दो परिवेशले समेटिएको वातावरणमा म पनि चोखो रहन सकिन ।

कुवेत आउने नेपालीहरु दोहरो मारमा

तोयानाथ उपेक्षित,
कुवैत आउदा पुन श्रम गर्न पर्ने कुरा कसले र कसरी लागु गरेको हो भन्ने कुरामा नेपाली दुतावास कुवैत अनभिज्ञ छ तर ईमिग्रेसनमा श्रम स्वीकृतिको अनिवार्य व्यवस्थामा कडाई गरेर मात्र आउन दिनु भन्ने नेपाली दुतावासको परिपत्र छ भनिन्छ ।

आधाजसो डाक्टर बिदेश पलायन

राजकुमार श्रेष्ठ
काठमाडौं । डाक्टरको अनुहार नै हेर्न नपाई ज्यान गुमाउने नेपालीहरुको संख्या अहिले पनि ठूलै छ । सरकारले स्वास्थ्य चौकीसम्मै डाक्टर राख्ने योजना त ल्याएको छ तर, कैयौं जिल्ला अस्पतालहरुमा अहेवदेखि पिउनको भरमा चलिरहेका छन् ।

अमेरिका जाने भाग्य खुल्यो !

अमेरिकी सरकारले एक महिनाअघि कम्प्युटर प्रोग्रामिङमा समस्या आएको भन्दै रद्द गरेको डिभी चिठ्ठा (डाइभर्सिटी भिषा) २०१२ को नतिजा प्रकाशित गरेको छ ।

7/16/2011

३८ जिल्लाबाट एमआरपी वितरण सुरु

काठमाडौँ । सरकारले आजदेखि राजधानी बारिहका ३८ जिल्ला प्रशासन कार्यालयबाट मेसिन रिडेवल पासपोर्ट एमआरपी वितरण गर्दैछ ।

सिंगापुर जाँदै हुनुहुन्छ ? होसियार

सिङ्गापुर आज जुन स्थानमा छ, त्यसलाई यो अवस्थामा पु¥याउन नेपालीको ठूलो हात रहेको इतिहास हाल सिङ्गापुर प्रहरीमा कार्यरत नेपालीहरू दाबी गर्छन् । तर, केही समययता आएर भने सिङ्गापुर बनाउनमा महत्वपूर्ण योगदान दिने नेपालीको इतिहासलाई सिङ्गापुर सरकारले बिर्सने मात्र होइन त्यहाँबाट नेपालीकै नाम र उपस्थितिलाई शून्य नै बनाउने लक्ष्य लिएको देखिँदै छ ।

पीडितलाई सहयोग

नेपाली दूतावासमा शरणागत ५ नेपाली महिलाहरूलाई कतारमा कार्यरत एक नेपाली महिलाले सहयोग गरेकी छन् । कतार एअरवेजमा कार्यरत चेली पासाङ लामाले उनीहरूलाई खानपिनका लागि आर्थिक सहयोग गरेको नेपाली नियोगले जनाएको छ ।

करारनामा नियम आजबाट

संस्थागतरुपमा कतार आउने हरेक कामदारहरूको करारनामा (इम्प्लोइमेन्ट कन्ट्रयाक्ट) दूतावासमा अनिवार्य पेश गर्नुपर्ने’ दोहास्थित नेपाली नियोगले तय गरेको नयाँ नियम आजबाट लागु हँदैछ ।

सरकारी अस्पष्टताले झण्झट

दोहा– सरकारी अस्पष्टताका कारण विदामा घर गएर फर्कने खाडीमा कार्यरत कामदारले झण्झट भोग्नुपरेको छ । विदामा घर गएर फर्कनेहरूलाई अध्यागमनमा कर्मचारीहरूले रोजगार करारनामा (इम्प्वाइमेन्ट कन्ट्रयाक्ट)का साथै विमा रकम बुझाएको कागजात र श्रमस्विकृति पत्र माग्ने गरेको तथा यी कागजपत्र साथमा नहुनेहरूलाई झण्झटिलो प्रकृयाका लागि बाध्य पारेको पिडितहरूले बताएका छन् ।

राष्ट्रको गहना जापानमै गायब

१९ औं एसियन एथलेटिक्स खेल्न जापान आएकी नेपाली राष्ट्रिय खेलाडी सूर्यमाया राई यतै वेपत्ता भएकी छन् ।
जापानको कोवेमा जुलाई ७ देखि १० सम्म भएको एसियन खेलमा सहभागी हुन राई जापान आएकी थिइन् ।

कति छन् न्युर्योकमा नेपाली

प्रदीप थापामगर
न्यूयोर्क । अनौपचारिकरुपमा न्यूयोर्क शहरमा करिव चालिस हजार नेपालीको वसोवास रहेको अनुमान गरिएपनि अमेरिकी सरकारले सन् २०१० को अप्रिल महिनामा लिएको जनगणनामा जम्मा ६ हजार १ सय ८७ नेपाली रहेको देखिएको छ ।

रेमिट्यान्सका लागि कार्यदल

सरकारले विप्रेषण आयलाई उत्पादनमूलक क्षेत्रमा लगानीको क्षेत्र फराकिलो बनाउन राष्ट्रिय लगानी कार्ययोजना तर्जुमा गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने भएको छ ।

फरार दलाल एक वर्षपछि प्रक्राउ

इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपरासीले वैदेशिक रोजगारीका लागि पठाउने भन्दै ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

बिदामा आएका कामदारलाई राहत

काठमाडौं । वैदेशिक रोजगार विभागले बिदामा घर आएर पुनः काममा जाने कामदारले श्रम स्वीकृति लिन रोजगार सम्झौतापत्र र स्वास्थ्य परीक्षण प्रमाणपत्र बुझाउनु नपर्ने व्यवस्था गरेको छ ।

कुवेतमा तीज लाग्यो

कुवेत । नेपाल कुवेत सांस्कृतिक मञ्चले हरेक बर्ष जस्तै तीजको अवसरमा  आगामी सेक्टेम्बर २ मा तीज बिशेष कार्यक्रम गर्ने भएको छ ।

एनआरएनलाई सम्पति जोड्न खुकुलो

सरकारले विदेशी नागरिक वा गैरआवासीय नेपाली नागरिकलाई निश्चीत मात्रामा नेपालमा घरजग्गा तथा सेयरमा लगानी गर्ने ब्यबस्था गरेको छ ।

प्रवासीप्रति उदासिन बजेट

तोयानाथ उपेक्षित,
सरकारले संसदमा ३ खर्ब ८४ अर्ब ९० करोडको बजेट प्रस्तुत गर्यो । बजेटमा सबैलाई समेट्ने प्रयास गरिएको भए पनि कार्यान्वयन पक्षमा शंका कायमै छ । ठुला र महत्वाकांक्षी योजनाहरु बोकेको बजेट वैदेशिक रोजगारीमा जानेहरुको हक अधिकार र सुरक्षाका विषयमा मौनप्राय छ ।

7/15/2011

बजेटमा गैरआवासीय नेपाली र बैदेशिक रोजगार

काठमाडौ । सरकारले आज प्रस्तुत गरेको बजेटमा विदेशमा रहेका नेपाली अर्थात गैरआवासीय नेपालीका विषयमा तीन ठाउँमा उल्लेख गरेको छ। जसमा लगानी, उत्पादन र शिक्षासँग सम्बन्धित रहेका छन् ।

7/14/2011

प्रवासी संगठन, नामका लागि आफैंमा झगडा

त्यसो त परदेशमा समय आफैमा भ्याइ नभ्याइ हुन्छ । र पनि, बचेका समयहरुलाई सामाजिक हकका लागि सदुपयोग गर्ने हेतुले प्रबासी नेपालीहरुले अनेक नाम दिएर जन्मेका सैंयौ संघसंस्थाहरु छन् । प्रबासी नेपालीहरुको जनसंख्याको आधारमा त्यस क्षेत्रमा कति संघसंगठनहरु छन् भनि अनुमान लगाउन सकिन्छ ।

मलेसियाले अवैध विदेशी कामदारलाई अगष्ट १ मा स्वदेश पठाउने

गैरकानूनी रूपमा कार्यरत विदेशी कामदारलाई ‘वैधानिक होउ वा घर फर्क’ अवसर प्रदान गर्ने घोषणा गरेको मलेसिया सरकारको कहिले मिति सार्ने त कहिले योजना स्थगित गर्ने कार्यले छाएको अन्यौल अझै समाप्त भएको छैन ।

अबैधानिक सबै स्वदेश फर्केनन्

कुवेत सरकारले अवैध रूपमा बस्दै आएका गैरकानुनी आप्रवासी कामदारलाई बिना सजाय स्वदेश फर्कन पाउने दिएको आममाफीमा नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट लिएका ३५ सय नेपालीमध्ये २ हजार नेपालीहरु मात्र स्वदेश फर्किएका छन् ।

7/12/2011

साउदी अस्पतालमा नेपाली

होम कार्की
  जाँदा उनीहरूसित आ आफ्नै सपना थिए । ज्यान सग्लो भए न सपना पूरा हुन्छ, रोजगारीमा साउदी अरेबिया पुगेका उनीहरू ज्यान नै धरापमा पारेर अस्पतालको शय्यामा पुगेका छन् । करिब आधा दर्जन नेपाली कामदार स्थानीय अस्पतालमा अंगभंग शरीरको उपचार गराइरहेका छन् ।

साउदी पुनः एमालेकै पोल्टामा

राजदूत नियुक्तिमा समेत दलीय भागबण्डाको संस्कृति भित्रिएपछि राजनीतिक आशिर्वाद प्राप्त गरेर राजदूत बन्नेहरूले कुटनीतिक मर्यादा विपरीत काम गरेर मुलुककै बेइज्जत गरेका धेरै घटना सार्वजनिक भइसकेको छ ।

परराष्ट्रमा भीड घट्यो

सरकारले नयाँ आर्थि वर्षसँगै जिल्लाबाट राहदानी वितरण गर्ने निर्णय गरेपछि परराष्ट्रमा राहदानी लिन आउनेको संख्या घटेको छ।

कामदारहरूलाई नेपालकै एअरपोर्टमा अर्को सास्ती

दिनेश रेग्मी
सरकारको अपारदर्शी नियमले छुट्टीमा घर गएर वैदेशिक रोजगारीमा फर्किने कामदारले यहाँ निकै सास्ती बेहोर्न परेको छ । घर फर्केर आएका वैदेशिक कामदारले पुनः रोजगार करारनामा इम्प्वाइमेन्ट कन्ट्रयाक्ट बनाउनुपर्ने, श्रम स्वीकृति रकम तिर्नुपर्ने र अवधि नसकिए पनि बिमा गर्नुपर्ने जस्ता झन्झटिला व्यवस्था अनियवार्य गरिएपछि उनीहरूले सास्ती झेल्नुपरेको हो ।

7/10/2011

सहचारी नियुक्तिमा मन्त्रीको मनोमानी

हरेक क्षेत्रमा नियुक्ति गर्दा मन्त्रीहरूको दादागिरी भल्ने गरेको सर्वविदितै छ । आफ्ना मान्छेलाई वा मोटो रकम लिएर नियुक्ति गर्ने काममा मन्त्रीहरूले राम्रो सफलता हात पारेका छन् । पछिल्लो समय श्रम सहचारी नियुक्तिमा निकै चासो देखाएका श्रम मन्त्री मोहम्मद इस्तियाक राईले पनि सोही सफलता हात पार्न कम्मर कसेर लागेका छन् ।

“घर फर्क वा वैधानिक होउ” योजना स्थगित

मलेसिया सरकारले गैरकानूनी रूपमा रहेका विदेशी कामदारलाई आफ्नो मुलुक फर्कन वा वैध हुन ल्याएको योजना तत्कालको लागि स्थगित गरेको जनाएको छ । दुई महिना पहिले जुलाई ११ देखि सो योजना सुरु हुने भनिए पनि गत हप्ता मात्रै एक हप्ताको लागि योजना सारेको थियो ।

ईपिएस बाट आएका पनि अवैधानिक हुने खतरा

खेम कार्की ।
१० जुलाई २०११ । ईपिएस प्रकृयाबाट विभिन्न १५ राष्ट्रबाट आएका कामदारहरु पनि प्रकृयागत रुपमा कानुन र नियमको अभावमा अप्ठयारोमा पर्ने गरेका छन ।

भूपू गोरखा निर्णायक लडाइको तयारीमा

गोरखा भुतपूर्व सैनिक संघ गेसोका कार्यवाहक सभापति कृष्णकुमार राईले गोर्खामाथि बेलायतले गरेका सबैखाले विभेद अन्त्य नगरेसम्म गोर्खा आन्दोलन जारी रहने बताएका छन् ।

एनआरएनमा पैसाको तुजुक

गैरअवासीय नेपाली संघ यूकेले सदस्यता शुल्क तिर्नै नसक्ने गरी तोकेपछि सर्वसाधारण सदस्य र उम्मेद्धवार बन्नबाट बन्चित हुने भएका छन्। चर्को सदस्यता शुल्कका अतिरिक्त सदस्यता फारम भर्ने झनझटिलो नियमले गर्दा विद्यार्थी, जागिरे र कम आमन्दानी हुनेहरु प्रभावित हुने भएका छन्।

उद्दार समिति जापानको ब्रम्हलुट

भूकम्प, सुनामी तथा विकिरण पीडितहरूको सहयोगार्थ नेपाली राजदूतावास टोक्योको पहलमा गठित उद्दार समितिले जापानमा नेपालीहरूवाट सहयोग स्वरूप उठाइएको रकमको लुटपाट सुरू भैसकेको छ । सहृदयी नेपालीहरूवाट उठेको करिव चारसय मान जापानी ऐन ९३६लाख नेरू० घटनावाट चारमहिना वितिसक्दा पनि पीडितहरूको लागि समितिले एक सुको दिएको छैन ।

एक वर्षदेखि नेपाली जेलमा

अफगानिस्तान जेलमा परेका १० नेपाली एक वर्षसम्म पनि रिहा हुन सकेका छैनन् । वैदेशिक रोजगारका लागि अफगानिस्तान अवैध रूपमा लगिएका नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । दलालले ती नेपालीलाई नक्कली भिसामार्फत पुर्‍याएका थिए ।

कोरियाको इपिएस भिषा र थीडी काम

मन्जु थापा
दक्षिण कोरिया नेपाली युवापुस्ताहरुको गन्तव्य बन्दैछ । कोरिया बहु(सास्कृतीक र बहु(आयामिक परिचय यो देशसँग जोडिएको छ । उत्तरतिरको रक्ताम्मे रातो प्योङ्याङ र दक्षिणतिर अमेरिकी बुटमुनि समृद्धि समता र प्रजातन्त्रको लागि निरन्तर संघर्षशील सउल ।

7/09/2011

भाषा परीक्षामा दक्षिण कोरियाको कडाइ

दक्षिण कोरिया रोजगारका लागि भाषा परीक्षा दिँदै हुनुहुन्छ रु त्यसो हो भने तपाईंले परीक्षाका वेला नाम, ठेगाना, सिम्बोल नम्बरजस्ता व्यक्तिगत विवरण लेख्दा सतर्क हुनुपर्नेछ ।

7/08/2011

स्वास्थ्य माफियाहरूको नौटंकीले कामदार मारमा

स्वदेशको मेडिकलमा पास भएर गएका कामदारहरू रोजगारदाता मुलुकमा अनफिट भई फर्किनुपर्ने समस्या ज्यूँ का त्यूँ छ । मेडिकल सेन्टरको लापरवाहीका कारण धेरै नेपाली कामदारले अनेकौं झण्झट व्यहोर्नु परेको छ । स्वास्थ्य व्यवसायीको खोल ओढेर मेनपावरको दलाली गर्न पल्किएकाहरूको गैर जिम्मेवारीपनले धेरै कामदारको लगानीसमेत डुबेको छ ।

7/06/2011

इजरायल खोल्ने तयारी

सन् २००७ देखि नेपालीलाई घरेलु कामदार (केयरगिभर)मा भिषा दिन बन्द गरेको इजरायलले पुनः त्यस्तो भिषा खुलाउन नेपाल सरकारसँग छलफल भइरहेको बताएको छ ।

'जाडोमा ब्ल्याङ्केट ल्याइदिन्छु भन्थ्यो’

होम कार्की/रवीन्द्र उप्रेती
आँसु पनि रित्तिएछ क्यारे । ७२ वर्षीया रामपरी साहलाई मंगलबार अपराह्न भेट्दा यस्तै लाग्यो । इँटाको सानो घरभित्र रामपरी आफ्ना नातेदारसँग शोकमा डुबेकी थिइन् । आँखामा आँसु पनि थिएन । रुन सकेकी थिइनन् । मुख पूरै सुकेको थियो ।

अब ३८ जिल्लाबाट एमआरपी

गृह मन्त्रालयले जिल्लाजिल्लामा राहदानी वितरणको व्यवस्था मिलाइदिएपछि परराष्ट्र मन्त्रालयस्थित केन्द्रीय राहदानी विभाग साउन १ गतेदेखि ३८ जिल्लाबाट राहदानी वितरण गर्ने अन्तिम प्रक्रियामा जुटेको छ।

मृतक परिवारलाई क्षतिपूर्ति दिन आदेश

दिनेश रेग्मी
कतारस्थित समुद्रमा २ वर्षअघि पानी जहाज दुर्घटना परी मृत्यु भएका ८ नेपाली कामदारका परिवारलाई क्षतिपूर्ति दिन यहाँको पुनरावेदन अदालतले आदेश दिएको छ ।

नेपालका पूर्वमन्त्री अमेरिकाको पम्पमा

नेपालका एक पूर्व मन्त्री अमेरिकाको मेरील्याण्डस्थित एक पेट«ोल पम्प ग्यास स्टेसनमा जागिर गरिरहेका छन ।

एनआरएनका नेताहरूको भाकल

सोनाम शेर्पा
जापानमा एनआरएन भन्ने संस्थाको अस्तित्व दिन प्रती दिन हराउदै गैरहेको छ र यही क्रम रहेने हो भने जापानबाट यसको नाम निसाना हराउने पक्कापक्की छ।

१२ भन्दा बढी नेपालीको मृत्यु

छत्र कार्की
रुकुमबाट काम गर्न कतार पुगेका मानबहादुर पुन ९४०० असार ११ गते राति खाना खाएर सुते। भोलिपल्ट बिहान ६ बजे नै काममा जानुपर्ने उनी उठ्नै सकेनन्।

डुङ्गा दुर्घटनामा १ सय ९७ को मृत्यु

सुडानबाट साउदी अरेविया तर्फ गइरहेको डुङ्गा लाल सागरमा डुब्दा १ सय ९७ जनाको मृत्यु भएको छ ।

7/04/2011

कुवेत आएको ३ हप्तामै मृत्‍यु

धाइजन ६ झापा स्थाइ घर भएका सन्तोष भुजेलको कुवेत आएको २१ दिनमै मृत्‍यु भएको छ।

पासपोर्ट व्यापारीसभासद् राना पक्राउ, शिवपुजन फरार

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सीआईवी० ले कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा सरकार नेतृत्वकर्ता दल नेकपा एमालेका एक सभासदलाई पक्राउ गरेको छ ।

7/03/2011

दूतावासको निर्देशन अवज्ञा, ५ नेपाली अलपत्र

रवि रोषी
कतार । ३० महिना अघि एजेन्टलाई १ लाख बुझाएर कतार आएका उदयपुर गाईघाटका सन्तोषकुमार दनुवार अहिले घर जान नपाएको गुनासो लिँदै दिनहुँ दूतावास धाउन थालेका छन् ।

अमेरिका र क्यानडा लैजानेदेखि होशियार

काठमाडौं । कसैले तपाईलाई अमेरिका क्यानडा लैजान्छु भन्छ भने होशियार रहनुहोस् किनकी भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका र क्यानडा लैजाने भन्दै पाँच वर्षदेखि ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

'नफर्कनेहरुको स्वेच्छा'

 कुवेतस्थित नेपाली दुतावासले आममाफीमा नफर्कनेहरु आफ्नै स्वेच्छाले कुवेत बसेको स्पष्ट पारेको छ ।

फेरि नेपालीलाई दोष

संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत खटिएको नेपाली सेना हाइटीमा हैजा फैलनुमा प्रमुख दोषी रहेको एक अध्ययनले देखाएको छ ।

कुबेतमा एजेन्ट,सेक्रेटरी र कर्मचारीको भिसा नम्बर १८ हुनुपर्ने

आर.ब. गाउले
कुबेतमा घरेलु कामदारको रुपमा नेपालीहरु भित्र्याउने नेपाली एजेन्ट र उसका मातहतका कर्मचारीहरुको भिसा नम्बर १८ बाहक हुनु पर्ने भनी नेपाली दुताबास कुबेतले सुचना जारी गरेको छ ।

कम्पनीमा आगालगी हुँदा १२ नेपाली अलपत्र

साउदी अरबको रियाद शहरस्थित एक कम्पनीमा आगलागी हुँदा त्यहाँ कार्यरत १२ नेपालीको बिचल्ली भएको छ ।

7/02/2011

ठग म्यानपावरमाथि कारबाहीको तयारी

होम कार्की \ दिनेश रेग्मी
संस्थागत रूपमा ठगी गर्ने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी० लाई श्रम मन्त्रालयले कारबाही गर्ने तयारी गरेको छ । त्यसका लागि उसले आन्तरिक रूपमा गृहकार्य थालेको छ ।

चार दर्जन मेनपावरलाई कारवाहीको सिफारिस

दोहा \ कामदारलाई अलपत्र वा समस्यामा पारेको भन्दै दोहास्थित नेपाली दूतावासले कारवाहीका लागि सिफारिस गरि पठाएका मेनपावर कम्पनीको संख्या ४ दर्जन पुगेको छ । पछिल्लो समयमा नेपाली दूतावासले थप ११ कम्पनीलाई कारवाही सिफारिस गरेको छ । गत बर्ष २९ अगष्टदेखि हालसम्म नेपाली दूतावासले ४८ वटा म्यानपावर एजेन्सीलाई कारवाही सिफारिस गरेको छ ।
पछिल्लो समयमा कारवाहीमा परेका एजेन्सीहरूमा थ्यांक्स इन्टरनेशनल सर्भिसेज, अल्फा रोमा इन्टरनेशनल मेनपावर सर्भिसेज, संसार इन्टरनेशनल, स्काई वे मेनेजमेन्ट, शिखर इन्टरनेशनल सर्भिसेज, सदिक्षा ओभरसिज, डाइनामिक स्टाफिङ सोलुसन, जेनिथ प्रोग्रेसिभ र तेरुका इम्प्लोइमेन्ट एण्ड रिसर्च प्राली रहेका छन् ।
नेपाली कामदारहरूलाई एउटा कम्पनीको भिषा लगाएर अर्को कम्पनीको काममा पठाउने, तोकिएको तलव सुविधा नदिने, समयमा तलव नदिने कतारस्थित यस्ता स्थानीय कम्पनीहरूमा नेपाली कामदारहरूलाई पठाएर ठगी गर्ने, अलपत्रमा पार्ने नेपालस्थित विभिन्न म्यानपावर एजेन्सीहरूलाई नेपाली राजदूतावासले विभिन्न समयमा नेपाल सरकारका विभिन्न निकायमा कारवाहीको लागि सिफारिश गर्दै आएको छ ।
२९ अगष्ट २०१० मा एसओएस म्यानपावर सर्भिस प्राईभेट लिमिटेड र कारावान इम्प्लोइमेन्ट सर्भिस प्राइभेट लिमिटेड गरी २ वटा, ६ सेप्टेम्वर २०१० मा रिभाइभ नेपाल प्राइभेट लिमिटेड, सिद्धार्थ वुद्ध ओभरसिज प्राइभेट लिमिटेड, यति ओभरसिज प्राइभेट लिमिटेड, डायना ओभरसिज प्राइभेट लिमिटेड, बज्र हुम्यान रिसोर्स प्राइभेट लिमिटेड, फ्युचर इम्प्ल्योइमेन्ट सर्भिस प्राइभेट लिमिटेड, क्लासिक ओभरसिज सर्भिस प्राइभेट लिमिटेड, टिम फोर्स प्राइभेट लिमिटेड र पायोनियर ओभरसिज प्राइभेट लिमिटेड गरी ९ वटा, २० फेव्रुवरी २०११ मा गल्फ मनेजमेन्ट इन्टरनेशनल प्राइभेट लिमिटेड, आयुष इन्टरनेशनल सर्भिस प्राइभेट लिमिटेड, अल जफर इन्टरनेशनल प्राइभेट लिमिटेड, अल दाहावीय ओभरसिज प्राइभेट लिमिटेड, अल अरव ओभरसिज प्राइभेट लिमिटेड र क्षितिज इन्टरनेशनल सर्भिस प्राइभेट लिमिटेड गरी ६ वटा, ७ मार्च २०११ मा एएनएस एशोसियट्स प्राइभेट लिमिटेड, जव प्लेसमेन्ट सर्भिस प्राइभेट लिमिटेड, रेड रोज इन्टरनेशनल प्राइभेट लिमिटेड र ड्रिम्स अनलिमिटेड एण्ड कम्पनी प्राइभेट लिमिटेड गरी ४ वटा, १३ मार्च २०११ मा साउण्डलाइन्स रिक्रुटमेन्ट प्राइभेट लिमिटेड, इन्टरनेशनल ट्रेड लिंक नेपाल प्राइभेट लिमिटेड, रेम्वो ओभरसिज प्राइभेट लिमिटेड गरी ३ वटा, ९ मे २०११ मा क्रियटिभ प्लेसमेन्ट सर्भिस, आर.पी इन्टरनेशनल कन्सल्टेन्सी सर्भिस, कन्टिनेन्टल ह्युमान रिर्साेस, जव स्पट प्राइभेट लिमिटेड, विराड एशोसिटेस प्राइभेट लिमिटेड, पानडोरा इनकर्पोरेशन प्राइभेट लिमिटेड र मुनड्रप्स ओभरसिज प्राइभेट लिमिटेड गरी ७ वटा, १६ मे मा फोकस नेपाल ओभरसिज सर्भिसेज, अनमोल ओभरसिज, जव लिंक इन्टरनेशनल, जव सर्च प्राली र वर्क फोर्स सर्भिस प्राइभेट तथा १९, मेमा सप्तकोशी हयूमान रिर्सोस प्राइभेट लिमिटेडलाई कारवाही गरेको दूतावासको तथ्यांकमा जनाइएको छ ।

दोहामा ‘चितवन धमाका’

दोहा– कतारवासी दर्शकको मनोरञ्जनका लागि चितवन यूवा समूह (चियुस) दोहा कतारले आउँदो इदको पहिलो र दोश्रो दिन आफ्नो पाँचौँ प्रस्तुती ‘चितवन धमाका’ आयोजना गर्ने भएको छ ।

‘जलवा डान्स हंगामा’

रवि रोषी
नेपालीको छातिमा हिमाली छायाँ छ
नेपालीलाई नेपालको विछट्टै माया छ...
देशभक्ति गीतमा हिमाल, पहाड, मधेश÷तराईको संस्कृति झल्कने भेषभुषासहितको नृत्यले समग्र नेपालीवीच अनेकतामा एकता र भाईचाराको बन्धुत्वभाव दर्शाउँदै कतारवासी नेपालीजनको मनको गहिराई पनि छोयो ।

पर्यटन प्रचारको राम्रो ‘रेस्पोन्स’

पर्यटन वर्षलाई सफल बनाउन कतारस्थित नेपाली दूतावासले दोहाको लोकप्रिय सपिङ मल ‘भिलाजियो’मा नेपाल सम्बन्धी प्रवद्र्वनात्मक दृश्य सामाग्री प्रशारण गरेकोमा राम्रो प्रतिकृया प्राप्त भएको छ ।
नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउन तथा मध्यपुर्वमा नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन नियोगले एक विशेष वृत्तचित्रको प्रदर्शन भिलाजियो सपिङ मलमा गत १ जुनबाट शुरुवात गरेको थियो । सो वृत्तचित्रको प्रदर्शन ३० जुनबाट सम्पन्न हुँदैछ । नेपालबारेका जानकारी अन्तर्राष्ट्रिय भाषा अंग्रेजी र यो क्षेत्रको स्थानीय भाषा अरबी दुवैमा प्रस्तुत गरिएका थिए ।
‘राम्रै रेस्पोन्स आएको छ’ राजदूतावासका द्वितिय सचिव जय बहादुर राईले भने– ‘धेरै अरवी र अन्य विदेशीले सो सामाग्री हेरेको र नेपालबारे जानकारी लिएको समाचार पाएका छौं ।’ सो मलमा कार्यरत नेपाली युवाहरूले पनि पर्यटन प्रवद्र्वनका लागि प्रचारात्मक सामाग्रीको प्रशारण गर्ने यो उपाय प्रभावकारी रहेको बताएका छन् ।
भिलाजियोका सुरक्षाकर्मीकारुपमा कार्यरत चितवन पर्सा–४, खैरेनीका ध्रुव उप्रेतीले राजधानीसंगको कुराकानीमा नेपाली पर्यटन प्रवद्र्वनका लागि नेपाली दूतावासले सहि जग्गामा सहि तरिका अपनाएको बताएका थिए । सो प्रचारप्रसारपछि कतारबाट नेपाल जाने पर्यटकको संख्यामा बढोत्तरी आउने विश्वास राजदूत डा. सुर्यनाथ मिश्रले ब्यक्त गरेका छन् ।

करारनामा अनिवार्य

दोहास्थित नेपाली नियोगले संस्थागतरुपमा कतार आउने हरेक कामदारहरूको करारनामा (इम्प्लोइमेन्ट कन्ट्रयाक्ट) दूतावासमा पेश गर्नुपर्ने नयाँ प्रावधान १७ जुलाई (१ साउन) बाट लागु हुने जनाएको छ ।

वृद्धाश्रमलाई व्यवसायीको सहयोग

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वृद्धाश्रमलाई एक लाख सहयोग गरेको छ ।

7/01/2011

मृतक विद्यार्थीका लागि सहयोग गर्न अनुरोध

बुसानमा मुत अवस्थामा फेला परेका नेपाली विधार्थी उज्वल अधिकारीको सहयोगको लागि सहयोग समिति गठन गरिएको छ ।

6/30/2011

साउदीले इन्डोनिसियाली र फिलिपिनो कामदार रोक्ने

काठमाडौँ । साउदी अरबले इन्डोनेसियाली र फिलिपिनो कामदारलाई आफ्नो मुलुक आउन रोक्ने भएको छ ।

काम नथाल्दै एनआरएनको छानबिन समिति भङ्ग

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारले आफ्नै संस्था भित्र ठगी, दलालीको आरोप लागेका पदाधिकारी तथा सदस्यहरुको छानबिन गर्न गठन गरेको स्वतन्त्र छानबिन समिति काम सुरु नगर्दै भङ्ग भएको छ ।

एनआरएन जापान अधिवेशनमय

एनआरएन जापानको अधिवेशन नजिकिंदै गर्दा नेतृत्वका लागि उम्मेदवार बन्नेहरुको चर्चा, परिचर्चाले यहाँको माहौल तात्न थालेको छ ।

कोरियामा ४ नेपाली महिला पक्राउ

अशोक मैनाली
कोरिया । कोरियाको आन्सानस्थित वानवल औद्योगिक क्षेत्रमा धरपकड गरि ४ जना नेपाली महिलाहरूलाई कोरियन अध्यागमनले पक्राउ गरेको छ ।

मलेसियामा आठ युवक अलपत्र

वैदेशिक रोजगारका लागि मलेसिया पुगेका सप्तरीको बैरबा गाविसका आठ युवक अलपत्र परेका छन् ।

कुवेतमा खुलेको एम्नेस्टी सकियो

हरिकृष्ण न्यौपाने
कुवेत । सन २००८ पछि लामो पर्खाइमा खुलेको एम्नेस्टीको चार महिने समय अबधि जुन३० बाट सकिएको छ ।

एनआरएनमा अर्को नौटंकी

हालै सम्पन्न एनआरएन बेल्जियमको अध्यक्षमा निर्वाचित जानकि गुरुगलाई पहिलो महिला राष्ट्यि अध्यक्ष भनेर प्रचार भए पछि गैर आवासीय नेपाली सघं अष्टेलियाले पहिलो अध्यक्ष शुभ राना भएको दावी गरेको छ ।

6/29/2011

कोरियामा नेपाली विद्यार्थीको मृत्यु

मधु पाण्डे
दक्षिण कोरिया । दक्षिण कोरियाको बुसान शहरस्थित थ्योङ्याङ देहाक्योमा बिगत २ बर्षदेखि टुरिजम म्यानेजमेन्ट बिषय लिएर अध्ययन गर्दै आएका उदयपुर गाइघाटका उज्ज्वल अधिकारीको मृत्यु भएको छ ।

रेमिट्यान्सले दिएको दुःख

धेरै वर्ष भयो रेमिट्यान्सले नेपाललाई गरिबी घटाउन र आर्थिक स्थिरताका लागि सहयोग गरेको। तर यसको अर्को पाटो पनि छ, यही रेमिट्यान्स कै कारण सरकार निस्क्रिय बनेको छ।

लाखौं ठगेर ढकाल फरार

बैदेशिक रोजगारको सिलसिलामा विगत ३ वर्षअघिदेखि कतारको दोहास्थित अल मजली टेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनी तथा सोही स्थानको नासिर अल अली इन्टरप्राइजेज कम्पनीमा काम गर्ने भोजपुर, याकुका महेन्द्रबहादुर राई, म्याग्दी, अर्मनका थमबहादुर रोकामगर, भोजपुर, देउरालीका बालकृष्ण राई र पदमपोखरी, मकवानपुरका बुद्धप्रकाश लामाबाट करिब ३ लाख भन्दा माथि ठगी गोकर्ण ढकाल फरार भएका छन् ।

विद्यार्थीलाई एनआरएनको सहयोग

शैक्षिक अवसरबाट वञ्चित विभिन्न क्षेत्रका विद्यार्थीलाई  गैरआवासीय नेपाली संघले छात्रवृत्ति दिएको छ ।

साइकलयात्रीले भिषा पाएनन्

विश्व साइकलयात्री सौरभ दाहाललाई जापानले भिषा दिन नमानेपछि अहिले उनी कोरियामै रोकिएका छन् ।

गैर आवासीय नेपाली तारा कतार २०११ आयोजना हुने

बिल गुरुङ
तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारले आफनो तेश्रो प्रस्तुतिको रुपमा गैर आवासीय नेपाली तारा कतार २०११ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनको तयारी

कृष्णप्रकाश श्रेष्ठ
रुसको राजधानीमा सम्पन्न हुन गइरहेको छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन २३(२५ जुलाई को तिथि अव एक महीना पनि बाँकी छैन ।

अधिकारको खोजी गर्दै स्ट्रासवर्गसम्म

मानिस तब सम्म चुप लागेर बस्दछ जब सम्म उसले आफ्नो अधिकारबारे जानकारी पाउन सकिरहेको हुँदैन र त्यो अधिकार प्राप्ती गर्ने कर्तव्य बोध हुदैन ।

छैटौं एनआरएन सम्मेलनको तयारी अन्तिम चरणमा

रूसको राजधानीमा सम्पन्न हुन गइरहेको छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन (२३–२५ जुलाई) को  तिथि अव एक महीना

जनजाति महासंघ जापानको आपत्ति

नेपाल जनजाति महासंघ जापानले महासंघका केन्द्रीय महासचिव आङकाजी शेर्पालाई गाई काटेको आरोपमा थुनामा राखिएकोमा आपत्ति प्रकट गरेको छ ।

साउदीमा मोक्तानको मृत्यु

बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव पुगेका मोरंग शनिश्चरे ३ कुशेका २८ वर्षीय बिजय मोक्तानको उच्च रक्तचापको कारण ज्यान गएको छ ।

क्याम्पबाट भागेर ५ युवती दूतावासको शरणमा

दिनेश रेग्मी
दोहा सफाइ कामदार आपूर्ति गर्ने एक कम्पनीले सुविधा कम दिएर बढी काम लगाएपछि ५ युवती बसेको क्याम्पबाट भागेर नेपाली दूतावासको शरणमा पुगेका छन् ।

बेलायतमा नेपालीमाथि सांघातिक हमला बढ्यो

नवीन पोखरेल
लन्डन । ४ जुन साँझ टोटल्यान्डमा हतियारै प्रयोग गरी नेपाली र गोरा युवाबीच आक्रमण भएर तीन नेपाली युवा घाइते भए ।

नगेन्द्र लिम्बु निलम्बित

प्रेस बिज्ञप्ति
बिभिन्न ६१ जात जातिहरुको साझा संस्थाको रुपमा स्थापित नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेबिया गत १४ जनवरी २०१० मा पुनर्स्थापित भएको थियो ।

6/28/2011

इजरायल रोजगारी खुल्ने सम्भावना न्यून

नेपाली महिला कामदारहरुका लागि आकर्षक गन्तव्य मानिदै आएको मध्यपूर्वी मुलुक इजरायलले केयरगिभर कामदारकोलागि नेपाली कामदारलाई लामो समयदेखि इजरायल प्रवेशमा रोक लगाएपछि

छन्त्यालको रहस्यमय मृत्यु

वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका एक नेपाली युवकको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दी मल्कवाङ–१ का २८ वर्षीय फरक छन्त्याल छन् ।

सहमतिपछि कामदारहरूको आन्दोलन स्थगित

रामचन्द्र नेपाल
मलेसिया । कम्पनीको लापरवाहीका कारण सहकर्मीको मृत्यु भएको भन्दै कामकाज ठप्प गरी आन्दोलनमा उत्रिएका नेपाली श्रमिकहरू आफ्ना अधिकांश माग पूरा हुने भएपछि काममा फर्किएका छन् ।

सर्वदा यूएईले भानु जयन्ती मनाउने

उमाकान्त पाण्डे   
आदिकवि भानुभक्त आचार्यको एक सय सन्तानब्बे औं जन्मजयन्ती यूएई प्रवासमा मनाइने भएको छ । सर्वदा वाङगमय यूएई प्रतिस्ठानको आयोजनामा जुलाई १५ तारिक शुक्रबार एक कार्यक्रमका बीच भानु जयन्ती मनाउन लागिएको हो ।

जापानमा व्यवसायीको मृत्यु

एक नेपाली रेष्टुरेन्ट व्यवसायीको जापानमा  निधन भएको छ । यामागाताकेनको साकातामा रेष्टुरेन्ट व्यवसाय

अधुरो मापदण्डका कारण घरेलु कामदार जोखिममा

असंगठित क्षेत्र अर्थात् घरेलु कामदारका लागि वैदेशिक रोजगार जोखिमपूर्ण भयो भन्दै सरकारले खाडी मुलुकमा कामका लागि जान रोक लगाएकामा अहिले फुकुवा गरेको छ ।

उदित नारायण झाको छोरोलाइ चड्कन

उदित नारायण झाको छोरो आदित्य नारायण झाले मुंबईको एक रेस्टुरामा एउटा केटीलाइ जिस्काएपछी चड्कन खाएका छन्।

मलेसियामा सरदारको मृत्यु

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सप्तरीको रामपुर जमुवा–१ का रामकुमार सरदारको मृत्यु भएको छ ।

6/27/2011

नेपाली कामदारको मृत्यू , विरोध प्रदशन

मधुसुदन महत द कोरियाको थेगु छेथन्दोङघ एक कपडामा कार्यरत लम्जुङ वाहुन डांडा गा वि स निवासी श्री धन राज गुरुङको आत्मा हत्याको विषयलाई लिएर स्थानिय मानब अधिकारबादी र श्रमिक संगठनहरुले विगत दुइ दिन देखी थेगु पुलिस स्टेशन अगाडी विरोध प्रदशन गरि रहेका छन् । 

हडबडाएका पाइलाहरु

महेश्वर नेपाल
मेरो पुस्ताका युवाहरु दिनानु दिन बिदेशीरहेको अबस्था छ । कोहि बिदेशिने तर्खरमा छन तर यति बेला म भने स्वदेसिने तर्खर गर्दै छु । आम नेपालीहरु जस्तै थोरै रहर अनि धेरै बाध्यता थियो म मा पनि तर बाध्यतालाई बाध्यतामै सिमीत राखेर  मुलुक फिर्दैछु अबको केहि दिन भीत्रमा नै ।

तीन हजार नेपालीलाई घर फर्कन अनुमति

एअरलाइन्सको लुटले कामदार मारमा
अझै ३ सय महिला दूतावासमा आश्रित
कुवेत । कुवेत सरकारले गैरकानुनी आप्रवासी कामदारलाई दिएको आममाफीलाई सदुपयोग गर्दै ३ हजार नेपालीले घर फर्कने अनुमति पाएका छन् ।

क्लबको संस्थापक नै राहदानी चोर

नेपाली क्लब बहराइनका संस्थापक अध्यक्ष दिप बहादुर खड्काले अर्को ब्यक्तिको राहदानी किर्ते गरी बहराइनबाट फरार भएको थाहा भएको छ।

मलेसियामा नेपाली

दिनेश कार्की
नेपाली युवाहरु कामका लागि देश बाहिर जाने क्रम शुरु भएको शताब्दीऔं भईसक्यो। अरनिको र उनको साथमा केही युवाहरु तिब्बत गएको इतिहासले शताब्दी औं अगाडि देखि युवाहरु रोजगारीका लागि देश बाहिर जाने क्रम शुरु भएको प्रमाणित हुन्छ।

संघ सस्था र एनसिसी बिवाद आपसी एकताको अभाव

रघु त्रिपाठी
दक्षिण कोरियाको पुरानो र नेपालीहरुको छाता सस्थाको रुपमा स्थापित नेपाली सम्पर्क समिति र कोरियामा कृयासिल रहेका अन्य संघ सस्था बीच सदेमुन स्थित एमटियूको सभाहलमा भएको ४ घण्टा लामो छलफल एक आपसमा आरोप, प्रत्यारोप र बिवादै बिवादमा सकिएको छ ।

साउदी सरकारको नीतिले नेपाली कामदारको मागमा प्रभाव !

वैदेशिक रोजगारको मुख्य गन्तव्य साउदी अरबले रोजगारदाता कम्पनीलाई तीन भागमा वर्गीकरण गरी सोही आधारमा विदेशी कामदारलाई  भिसा जारी गर्ने नीति लिएको छ ।

एनआरएनप्रति बढ्दो विरोध

नेपाली जनप्रगतिशील मञ्च कतारले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएन एनसिसी) कतारको नेतृत्व र गतिविधिप्रति ब्यापक असन्तुष्टि ब्यक्त गरेको छ ।

कतारमा नेपाली ३ लाख

कतारमा नेपालीको संख्या ३ लाख ८ हजार २ सय ४९ रहेको जानकारी प्राप्त भएको छ । कतारका लागि नेपाली राजदूत सुर्यनाथ मिश्र र कतारका सामाजिक मामिला तथा कार्यवाहक श्रममन्त्री अल हमेदीबीचको भेटघाटमा उक्त जानकारी गराइएको हो ।

6/25/2011

एमआरपी पासपोर्ट अब ७२ जिल्लाबाट

देशका १२ स्थानमा ‘कलेक्सन सेन्टर’ स्थापना गरी सरकारले यन्त्रले पढ्न सक्ने राहदानी ९एमआरपी० ७२ जिल्लाका प्रशासन कार्यालयमार्फत उपलब्ध गराउने भएको छ।

कुवेतबाट ३ हजार २ सय कामदार स्वदेश फर्किए

मोहन गुरुङ
रोजगारीको खोजीमा कुवेत गएका नेपाली कामदारमध्ये पछिल्लो १६ महिनामा ३ हजार २ सय कामदार स्वदेश फर्किएका छन् । सम्झौताअनुसार तलब, भत्ता तथा सेवा–सुविधा नपाउने, बढी समय काम गर्नुपर्ने र साहुबाट कुटाइ खानेलगायतका समस्याबाट पीडित भई फर्कनुपरेको उनीहरूको भनाइ छ । यो संख्यामा वैधानिक र गैरकानुनी दुवै कामदार समावेश छन् ।

6/24/2011

थाइल्यान्ड पठाउने नाममा ठगी

रोजगारीका नाममा दलालहरूले ठूलो संख्यामा सर्वसाधारण नेपालीलाई नक्कली कागजातको आधारमा थाइल्यान्डमा ल्याएर आफूहरू फरार हुने प्रवृति बढ्दै गएकाले दलालमार्फत वैदशिक रोजगारीमा जाने प्रलोभनमा नपर्न बैङ्ककस्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

मलेसियाका अवैधानिकलाई दूतावासको आग्रह

मलेसिया सरकारले अवैधानिक र वैधानिक दुवै श्रमिकहरुलाई वायोमेटिक प्रणालीमा सहभागी हुन आग्रह गरेको छ ।

प्रवासी पत्रकारको समस्या बुझ्न पत्रकार नेपाल युरोप यात्रामा

काठमाडौ । प्रवासी नेपाली पत्रकार सञ्जालका नेपाल संयोजक एवं अनलाइन मिडिया एसोसिएसनका केन्द्रीय सदस्य दामोदर नेपाल प्रवासमा रहेका पत्रकार, पत्रकारिता र समसामयिक विषयको अध्ययन गर्न युरोप यात्रामा निस्कनु भएको छ।

कतार आएका एक नेपाली एयरपोर्टमा अलपत्र

दामोदर नेपाल
वैदेशिक रोजगारीका लागि भनेर नेपालबाट भारत हुंदै कतार आइपुगेका एक जना नेपाली दोहा बिमानस्थलमा अलपत्र परेका छन् ।

6/23/2011

कुबेतमा मृत्यु भएकामध्ये कतै मेरी छोरी त परिन

काठमाडौ । कुवेतमा नौ महिलादेखि शव बेवारिसे भएको समाचार सार्वजनिक भएपछि धरानबाट कृष्ण सेन्च्युरी बुधबार सम्पर्कमा आए ।

6/22/2011

आतंकवादीको आरोपमा अफगानिस्तानमा नेपाली पक्राउ

आतंकवादी गतिविधिमा संलग्न आरोपमा अफगानिस्तानमा एक नेपाली पक्राउ परेको यहाँको जासुसी संस्थाले जनाएको छ ।

‘भारतमा विस्फोट गराउने २ अभियुक्त नेपालमा’

भारतको हरियानामा झण्डै ४ बर्षअघि सम्झौता एक्सप्रेसको रेलमा भएको विस्फोटमा संलग्न २ जना नेपालमा लुकेर बसेको त्यहाँको राष्ट्रिय अनुसन्धान एजेन्सीले दावी गरेको छ ।

6/21/2011

८ नेपाली कामदार कम्पनीमा बन्धक, मेनपावरले उल्टै धम्क्यायो

काठमाडौंको चावहिलस्थित लालधनुष म्यानपावर कम्पनीमार्फत रोजगारका लागि एकमहिना अघि साउदी अरब पुगेका आठ नेपाली अलपत्र परेका छन् । अलपत्र पर्नेमा रुपन्देहीका प्रकाश कुमाल, पर्वतका रमेश पौडेल, झापाका कृष्ण राई र दिलिप भुजेल छन् ।

बढ्ने भो खाडी मुलुकमा नेपालीको संख्या र तलब

मोहन गुरुङ
खाडी मुलुकका श्रममन्त्रीहरूले नेपाली कामदारले उत्कृष्ट काम गर्दै आएको भन्दै संख्या र पारिश्रमिक बढाउने आश्वासन दिएका छन् । आईएलओको सयौं सम्मेलनका क्रममा कतार, यूएई, साउदी अरब र मरिससका श्रममन्त्रीले यस्तो आश्वासन दिएको श्रम तथा यातायात व्यवस्थामन्त्री मोहम्मद इस्तियाक राईले बताए ।

6/20/2011

लौ सबैले थाहा पाइराखौं एनआरएन अध्यक्षको चर्तिकला

सुमन दाहाल
लण्डन । ‘कसलाई केको धन्दा कसलाई केको धन्दा घर ज्वाईलाई खानाको धन्दा’ भनेझैं सबै कामकुरा छाडेर गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष देवमान हिराचन भने अर्को कार्यकालका लागि आफ्नो पद रक्षामा युद्धस्तरमा जुटेको समाचार छ।

6/18/2011

ब्राइटर मुन सर्भिसेजका सञ्चालक ४० लाख लिएर फरार

मलेसिया र दिल्लीमा ३५ युवा अलपत्र
ब्राइटर मुन ह्युमन रिसोर्स सर्भिसेज प्रा.लि.सतुङ्गलको स्याङ्जास्थित वालिङ शाखाबाट युएई जान भारतको दिल्ली पुगेका २७ जना नेपाली अलपत्र परेका छन् ।

कोरियामा केसीको मृत्यु

सोल । अत्याधिक माधक पदार्थ सेवनका कारण कोरियाको दोङदुचनस्थित जिन्स कम्पनीमा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

बहराइनमा नेपाली कामदारको मृत्यु

बहराइन । वैदेशिक रोजगारीका शिलशिलामा बहराइन पुगेका एक नेपाली कामदारको कार्यस्थलमै ज्यान गएको छ ।

रामेश्वर शाह उपाध्यक्षमा उठ्ने

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष रामेश्वर शाहले आगामी अक्टोवरमा हुने पाँचौ अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय परिषदको उपाध्यक्षको पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

6/16/2011

कस्ता छन् एनआरएनको मुखिया बन्न तम्सिएकाहरू ?


एनआरएनको मुखिया बन्न तम्सिएकाहरूको दौडधुप सुरु हुन थालिसकेको छ । आगामी नेतृत्व हत्याउने दाउमा वर्तमान अध्यक्ष देवमान हिराचन र जीवा लामिछाने मैदानमा उत्रने तयारी गरिरहेका छन् ।

बन्द भएको छैन पोर्चुगलको इमिग्रेसन

बाबुराम भुषाल
‘दाई इम्रिगेसन बन्द भएको हो पोर्चुगलको ? अव त बर्वादै हुने भइयो नि !
‘ए बन्द भए ठिकै भो काम नपाको बेलाँ, ठूलो जहाज चडियो अव नेपालै गएर केही गरिन्छ ।’

6/15/2011

कुवेतमा नेपाली महिलाहरूको अवस्था दयनीय

सुजन केसी
कुवेत । नेपाली कामदारहरूको आकर्षक गन्तव्य बनेको कुवेतमा झन्डै ५५ हजार नेपाली रहेको अनुमान छ । त्यसमध्ये ७० प्रतिशत घरेलु महिला कामदारहरू रहेका छन् ।

तीन महिनादेखि स्याङ्तान गायब

कुवेत । मकवानपुर सुकौरा–६ का इमान स्याङ्तान कुवेतमा ३ महिनादेखि सम्पर्कबिहीन भएको उनको परिवारले बताएका छन् ।

चीनमा नेपालीको उद्धार

ध्रुव पौडेल
बेइजिङ । चीनको दक्षिणी व्यापारिक सहर क्वाङ्चौमा बिरामी अवस्थामा अलपत्र परी ‘ओभरस्टे’ गरेका एक नेपालीको उद्धार गरी १२ दिनपछि नेपाल पठाउन लागिएको छ ।

कतार युएइ एक्सचेन्जको धमाका

दोहा । कतार युएइ एक्सचेन्जले नेपालीहरुको लागि एक विशेष उपहार योजना शुरु गरेको छ ।

6/14/2011

जपानको रोजगारी हावा खाने अवस्थामा

बैदेशिक रोजगारीका लागि आर्कषक गन्तब्य मानिएको जापानमा रोजगारी अबसर खोज्न सरकार उदासिन रहेको रोजगार ब्यबसायीहरुले गुनासो गरेका छन् ।

६८ जनाको कोरिया जाने सपना चकनाचुर

कोरियामा गैर कानूनीरूपमा बसेर नेपाल फर्कि इपीएस प्रणाली अन्तर्गत पुनः कोरिया जाने रोष्टरमा सूचीकृत भएका ६८ जना नेपाली युवा कोरिया जाने सूचीबाट हटाइएका छन् ।

यूएईमा नयाँ नेपाली ट्राभल एजेन्सी सन्चालनमा

उमाकान्त पाण्डे
यूएईको दुबइमा नेपालीद्वारा लगानी गरी सुरु गरिएको ओसन स्काइ टुरिसम एलएलसी नामक ट्राभल व्यबसाय सन्चालनमा आएको छ।

एनआरएनमा राजनीति

महेन्द्र पौडेल
नेपालमा चरम राजनीतिक उथल पुथल भएको बेला जन्मिएको एनआरएनभित्र राजनीतिक नहोला भन्न त त्यसवेलाका पत्रकार, नागरिक समाज, लगायत आममानिसलाई पत्यार लागेको थिएन ।

6/13/2011

घरेलु कामदार पठाउन ९ बुँदे मापदण्ड

काठमाडौँ । श्रम तथा यातायात व्यवस्था मन्त्रालयले घरेलु कामदारका रूपमा विदेश जाने नेपाली कामदारहरूको हकमा नौ बुँदे मापदण्ड तोकेको छ ।

साउदीमा नेपालीहरूको हविगत

नेपालगञ्जका नवीन बुढाथोकी यतिखेर प्रहरी कब्जामा छन् । नेपाल पैसा पठाउँन जाँदा पक्राउ परेका नवीनले कुनै अपराध गरेका भने हैनन् र अवैधानिक तवरले काम गर्दै आएका पनि हैनन् ।

एनआरएनका डनहरू

हरिप्रसाद पोखरेल
जापान । जुन १२ तारिखमा भएको एनआरएन नागोयाको क्षत्रीय अधिवेशन अगाडि त्यस विषयलाई लिएर यहाँ उपलव्ध नेपालीहरुबीच अलि समय पहिले वृहत् छलफल भएछ। आगामी नेतृत्व कसले लिने भन्ने सम्बन्धमा त्यहाँ जुहारी चलेछ।

6/10/2011

एनआरएनलाई सम्मेलन गर्न सरकारको साथ चाहियो रे

गैरआवासीय नेपाली संघका अध्यक्ष देवमान हिराचनको नेतृत्वमा

एनआरएन कतारको अधिवेशन सेप्टेम्बर २ मा

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारको चौथो राष्ट्रिय महाधिवेशनको आगामी सेप्टेम्बर २ मा हुने तय भएको छ ।

हिराचनको भविष्यवाणी

गैरआवासीय नेपाली संघका अध्यक्ष देवमान हिराचनले अर्को कार्यकालका लागि पनि अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका छन् ।

साउदी अरबमा २५०० नेपालीहरूको बिचल्ली

साउदी अरब सरकारले गतः सेप्टेम्बर २०१० मा ६ महिनाको लागि खोलेको एम्नेष्टीको अन्तिम समयतिर नेपाली दुतावास रियादले करीब २५०० नेपालीहरूलाई आउटपास (ट्राभल डकुमेन्ट) बांडेको थियो ।

6/09/2011

स्वास्थ्य माफिया श्रेष्ठको चर्तिकला

दुई महिनापछि शव आइपुग्यो

राजन रिमाल
रिजनल गेट कम्पनीमा सवारी चालकको रूपमा काम गर्ने क्रममा  ट्रिर ठोकिएर मृत्यु भएका दुई नेपालीको शव नेपाल पठाइएको छ ।

पार्क र रेष्टुरेन्टमा दूतावासको अवैध काम

मकाउ समेत हेर्ने जिम्मेवारी पाएको हङकङस्थित महावाणिज्यदूतावासले बजेटको अभावमा सार्वजनिक स्थलमै सरकारी कामकाज गर्न बाध्य भएको जनाएको छ ।

मस्कोमा एमआरपी हस्तान्तरण

कृष्णप्रकाश श्रेष्ठ
मस्कोस्थित लेपाली राजदूतावासमा एक समारोहबीच पहिलोपल्ट मेशिन रिडएबल पासपोर्ट जारी गरिएको छ ।

कोरियामा अर्को नेपाली चलचित्र प्रदर्शनी हुने

बिनोद पौडेल
दक्षिण कोरियामा नेपाली कथानक चलचित्र के नाता होला प्रदशनी हुने भएको छ । नेपाल अपांग संघ रुपन्देहीको निर्माणधिन भबनको सहयोगार्थ नेपाल चलचित्र कलाकार संघ दक्षिण कोरिया को आयोजनामा चलचित्र निर्माता एबम निर्देशक स्वर्गीय गोपाल सुबेदी को तेस्रो चलचित्र के नाता होला को दक्षिण कोरियाको राजधानी सोल लगाएत बिभिन्न शहरहरुमा प्रदर्शनी हुन लागेको हो ।
यथार्थ सामाजिक बिषय बस्तुमा आधारित उक्त चलचित्रमा मुख्य बिषय बस्तुको रुपमा नायिकाले आफ्नो र पैत्रिक सम्पतिको रक्षाको निम्ति खेलेको साहसिक र बलिदानी भूमिका लाई सवल रुपमा प्रस्तुत गरिएको छ घर संसार र औठा छाप जस्ता सफल चलचित्र निर्माण र निर्देशन गर्नु भएका सुबेदीको हालै अल्पायुमै निधन भएकोमा उहाको स्मृतिमा प्रदशनी गर्न लागिएको उक्त चलचित्र जुलाई ३ जोगेसा बुदिस्ट हलमा , जुलाई १० मा आन्सान माइग्रेन्ट हलमा , जुलाई १७ मा थेगु काउन्सेलिंग सेन्टरमा र जुलाई २४ मा किमे म्युजियम हल मा प्रदशनी हुनेभएको ले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली महानुभाब हरुलाई सफल पारिदिनुहुन बिनम्र अनुरोध का साथै उक्त दिन अन्य कार्यक्रम नजुधाई दिन सबै संघ सस्था हरुलाई नेपाल चलचित्र कलाकार संघ ले आग्रह गरेको छ ।

6/05/2011

दूतावासको अर्को ठग्ने काईदा

कतारस्थित नेपाली दूतावासले नक्कली माग पत्रलाई प्रमाणीकरण गर्ने गरेको खुलासा भएको छ ।

एनआरएन को कति पानीमा ?

महेश थापा
नेपालका तीन ठुला दल सम्झौताको आधार जे पनि गर्न सक्छन भन्ने भान

6/04/2011

राससलाई अब खासस बनाउने

राष्ट्रिय समाचार समितिमा अध्यक्ष बालकृष्ण चापागाईको प्रत्यक्ष निगरानीमा लेखा शाखाका कर्मचारीले भ्रष्टाचार गरेको तथ्य फेला परेको छ ।

जति किरिया बसे पनि नबन्ने भो संविधान

समयभित्र संविधान निर्माण गर्न नसक्ने सभासद्हरूलाई मृत घोषित गर्दै बारा सिमराका एक मजदुर सभासद्को किरिया बसेका छन् । चेतनशील मजदुर समूह सिमराका ४८ वर्षीय दुर्गादत्त अधिकारी सात दिनदेखि किरिया बसेका छन् ।

अस्ट्रेलियाका अर्बपति नेपाली



अस्ट्रेलियाका धनाढ्य व्यक्तिहरुबारे बीआरडब्लू पत्रिकाले (जुन, २०११) अंकमा गरेको सर्वेक्षण अनुसार शेष घले १ सय ७६ औं स्थानमा परेका छन् । उनको सम्पत्ति २ सय ६९ मिलियन अस्ट्रेलियन डलर छ । जुन गत वर्षको २ सय ३७ मिलियनभन्दा ३२ मिलियन बढी हो ।

नेपालका हरामदेवहरू होसियार !

प्रख्यात योग गुरु रामदेवले आजदेखि भ्रष्टाचार विरुद्ध अनसन सुरु गर्नुभएको छ ।

इन्डियन आइडल प्रशान्त तामाङ कतार आउने

म्युजिक अफ हार्मोनी रक्स कतारले यहि आउँदो १६ र १७ जुनमा देशी तथा विदेशी कलाकारहरुको साथ एउटै मञ्चमा कार्यक्रम गर्ने भएको छ ।

कलेजमा प्रिन्सिपलबाटै बलात्कार !

शिक्षकहरुबाट छात्राहरु बलात्कृत हुने गरेको खबर समय समयमा नआउने गरेको भने पक्कै पनि होईन साँच्चिकै भन्ने हो भने छात्रा हरु बिद्यालय तथा कलेजमा असुरक्षित नै मान्न सकिन्छ विगतमा बाहिर आउने गरेका केहि घटनालाई हेर्दा पछिल्लो समय

नेपाल ईन्जीनियर्स एसोसिएसन दोहा सेन्टरको स्मारिका विमोचन

रवि रोषी
कतार । नेपाल ईन्जीनियर्स एसोसिएसन दोहा सेन्टरको ५औँ अंकको स्मारिका विमोचन कार्यक्रम प्लाजा होटलमा सम्पन्न भएको छ ।

6/03/2011

के यौन अश्लील र घृणीत विषय हो त ?

21यौन एउटा सामान्य र प्राकृतिक विषय हो। सन्तान जन्माउन तथा सृष्टि चलाउन इश्वरले दिएको उपहार हो। यसैको कारण इश्वरको सृष्टिले निरन्तरता पाएको छ। संसार चलेको नै यसैबाट छ।

गृहमा महराको दादागिरी

गृहमन्त्री कृष्णबहादुर महराले गृह मन्त्रालयमा माओवादीनिकट कर्मचारीको सिफारीसमा कर्मचारीको हेरफेरको तयारी भएको छ।

टेलिकममा माओवादीको करोडौं खेल

माओवादी नेताहरूको योजनामा टेलिकमलाई डुबाएर करोडौं भ्रष्टाचारको एउटा योजना अघि बढेको छ।

नेपालीले अबसर पाउलान ?

जापानको श्रम बजारमा अहिले चिनियाँ कामदारको अभाव खडकिएको छ । मार्च ११ को भूकम्प र सुनामीबाट क्षतिग्रस्त बनेको फुकुशिमा विकिरण भट्टीबाट विकिरण उत्पन्न भएपछि घर र्फकने विदेसी कामदारहरुमा चिनियाँ श्रमिक सवैभन्दा धेरै थिए ।

मानवतस्करीमा नेविसंघ !

नेपाल विद्यार्थी संघको विघटित केन्द्रिय समितिका पदाधिकारी लगायतका केन्द्रिय सदस्यहरु संगठनको नाम बेचेर पैसा कमाउने मेसोमा लागेको समाचार फेला परेको छ ।

यमनी राष्ट्रपतिमाथि आक्रमण

यमनमा प्रदर्शनकारीले शुक्रबार साँझ गरेको आक्रमणमा राष्ट्रपति अली अब्दुल्लाह सालेह घाइते भएका छन् । उनी सामान्य घाइते भएको सरकारी स्रोतले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

6/02/2011

एनआरएनः गधा धोएर गाई बनाइएकाहरूको बथान

दुर्वाशा
यतिखेर गैरआवासीय नेपाली संघ एनआरएनको नेता चुन्ने काम धमाधम भैरहेको छ । विशेषगरी खाडी, मलेसिया र यूरोपभरकै एनआरएनलाई अहिले नेता चुन्ने चटारो छ । र कतिपय मुलुकमा त छिनोफानो समेत लागिसकेको छ यी नेताहरूले आगामी असोजमा काठमाडौंमा हुने कुम्भ मेलामा मुखिया चुन्ने छन ।

मुग्लानीको कथा ब्यथा

इन्द्रेणी शर्मा
म मुग्लान आउदा सोच्थें जीवन यस्तो पो होस । जब जब दलदलमा पुग्दै जान्थें पराधिनको बंधनमा बाँधिदै हुन्थें  । समयले धेरै कुरा सिकायो  को आफ्नो को पराई , सारा एक्स रे जस्तै बनायो ।

6/01/2011

साउदीमा ३५ नेपालीको बिचल्ली

रोजगारका लागि साउदी अरब गएका करिब ३५ नेपाली युवा सम्झौताअनुसार काम नपाएपछि बिचल्लीमा परेका छन् ।

अब साउदीमा ६ वर्ष मात्र काम गर्न पाइने

वैदेशिक रोजगारका लागि साउदी अरब गएका नेपालीले अबदेखि ६ वर्षभन्दा बढी काम गर्न नपाउने भएका छन्।

रहदानी किर्ते भएका आचार्यको अझै उद्धार हुन सकेन

नेपाली क्लबका सँस्थापक अध्यक्ष समेत रहेका द्विप बहादुर खड्काले आफ्नो राहदानीमा किर्ते गरेर भागे पछि अलपत्र परेका कास्की भरत पोखरीका ऋषिराज आचार्यको अझै उद्घार हुन सकेको छैन ।

5/31/2011

मेनपावरलाई मातैमात पीडित कामदारको पुर्पुराँ हात

लिबियाबाट कामदार फर्काउँदा मेनपावर व्यवसायीले व्यहोरेको  टिकट खर्च दिन आनाकानी गरिरहेको सरकार व्यापक दवावपछि अन्तत दिन बाध्य भएको छ ।

सद्भावनादूत नियुक्ति हो कि भरौटेको भर्ती ?

विश्व समुदायमा नेपालको परिचय गराई बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यका साथ नियुक्त गरिएका सद्भावनादूतहरूलाई आफ्नो भूमिकाबारे नै अनभिज्ञ छन् ।

संविधान निर्माण गर

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घले दलगत स्वार्थ त्यागेर राष्ट्रिय हितलाई सर्वोच्च मानी राष्ट्रिय सहमतिको सरकार बनाई शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुयाउन र समयमा

कसले दियो राजदूत पौडेललाई भत्तेर खुवाउने रकम ?

दुर्वाशा
गणतन्त्र दिवसको अवसरमा हरेक मुलुकका दूतावासले गणतन्त्र दिवस मनाउने गरेका छन् जसले यो वर्ष पनि निरन्तरता पायो ।

5/30/2011

भ्रम फैलाउने मेनपावरहरू सावधान

वैदेशिक रोजगारको सुवर्ण अवसरको विज्ञापान प्रकाशित गर्दा वैदेशिक रोजगार विभागबाट गराईएका जानकारी अनिवार्य राख्नुपर्ने नियमको अधिकांश मेनपावर व्यवसायीहरुले धज्जी उडाईरहेका छन् ।

मकाउमा वाणिज्यदुतावास खोल्न माग

चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा रहेको नेपाली समुदायले त्यहाँ नेपाली महावाणिज्यदुतावास खोल्न माग गरेको छ ।

वैदेशिक रोजगार छाडी मौरीपालन

अर्घाखाँची जिल्लाको धनचौर गाविसका कृषक मौरीपालन व्यवसायतर्फ आकर्षित भएका छन्।

इङ्गेजमेन्ट भएको तीन दशक पछि विवाह

Il Voloइङ्गेजमेन्ट गर्नु भनेको तत्काल विहेका लागि मिति तय गर्नु हो । सामान्यतया इङगेजमेन्ट भएको एक महिना र त्यसको आसपासमा विवाह हुन्छ ।

5/29/2011

कामदार ठग्ने मेनपावर दूतावासबाट ठगिन्छन्

विदेश जने कामदारहरूलाई चर्को रकम लिएर पीडित बनाउने मेनपावर व्यवसायीहरूलाई दूतावासले पीडित बनाउन थालेको छ ।

मलेसियाले बुङकुस खोल्ने

मलेसिया । करिव १९ लाख अबैधानिक श्रमिक रहेको मलेसियाले अबैधानिक कामदारलाई घर फर्किने वा वैधानिक बनेर मलेसियामै काम गर्ने अबसर प्रदान गर्ने भएको छ ।

5/28/2011

दूतावासका कर्मचारीको बार्गेनिङ

कतारस्थित नेपाली दूतावासका कर्मचारीहरुले मेनपावर व्यवसायीसँग अनेकौं बहाना बनाएर बार्गेनिङ गर्ने र नमानेमा कालो सुचीमा राख्ने चेतावनी दिने गरेको समाचार प्राप्त भएको छ ।

गुडबाई संबिधानसभा

रमिला नेपाल
मोही माग्ने अनि  ढुग्रो लुकाउने । नेपालीमा प्रचलित उखान हो । जे चाहिएको हो ,  त्यो माग्न लाज लाग्ने ,  अरुले के भन्ला भन्ने डर गर्ने । अनि नचाहिने कुरा गरेर समय खेर फाल्ने । आजको संबिधानसभाको स्थिती यहि हो ।

महराको चर्तिकला

माओवादीका नेता कृष्ण बहादुर महरा अहिले अनियमितता माबाइल फ्रिक्वेन्सी निर्णयलाई पारित गरी करोडौं कुम्ल्याउन दौडधुप गरिरहेको स्रोतले जनाएको छ ।

5/27/2011

गुलिया आश्वासन दिएर ठग्यो दलालले

वैदेशिक रोजागरका लागि दोहा आएका काभ्रे, देऊपुर २, का २१ वर्षिय अजय ढकाल शान्तिनगर, वानेश्वर काठमाण्डौस्थित ईसीई म्यानपावरका एजेन्टबाट ठगिएका छन् ।

३७ मानवतस्कर ब्ल्याक लिस्टमा

बैदेशिक रोजगारका प्रचलित श्रम ऐन तथा श्रम सम्झौता विपरीत काम गरी कामदारलाई अलपत्र वा समस्यामा पार्ने ३ दर्जन म्यानपावर एजेन्सीलाई नेपाली दुतावासले कारवाही सिफारिस गरेको छ ।

वैदेशिक रोजगार बचतपत्र २०७३: खाडीमा चासो बढ्दो

दोहा– वैदेशिक रोजगारमा रहेका नेपालीजनप्रति लक्षित गरेर नेपाल राष्ट्र बैंकले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र २०७३’ खरिदविक्रीका लागि तोकिएको अन्तिम म्याद नजिकिँदै गर्दा यसप्रतिको चासो बढ्न थालेको छ । बचतपत्रप्रति अनभिज्ञ नेपाली पनि क्रमशः यसप्रति आकर्षित हुँदैछन् ।

सापकोटाको द्योती खुस्किने भो

सूचना तथा सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाको पद खारेजीको माग गर्दै  सर्वोच्च अदालतमा रिट परेको छ ।
व्यक्ति हत्या जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई मन्त्री बनाइएको भन्दै अधिकारवादीहरुको संगठन जवाफदेही तथा निगरानी समितिले मन्त्री सापकोटाविरुद्ध रिट दायर गरेको हो ।

तस्करको एम्बुसमा नेपाली विद्यार्थी

लागूऔषधका तस्करहरुले अमेरिकामा लागूऔषधको जालो यसरी बिछ्याएका छन् कि यो जालोमा नेपाली विद्यार्थीहरु पनि फस्दै गइरहेका छन् । कसरी फस्दै गइरहेका छन् नेपाली विद्यार्थी ?

5/26/2011

एनआरएन युएई गन्हायो

एनआरएन युएईका अध्यक्ष चुडामणि ढकाल उर्फ सि.एम. ढकालले इञ्जिनियर राधेश्याम भगतको श्रम शोषण गरेको घटना सेलाउन नपाउँदै उपाध्यक्ष शेष नारायण झाले  करीब २ लाख  दिराम ठगी  फरार भएको अर्को घटनाले एनआरएन युएईमा खैलाबैला मच्चिएको छ ।

मानवतस्करलाई दूतावासको साथ

आकर्षक तलबको आश देखाए्र विदेश पठाउँदै अलपत्र पार्ने दलालहरू गरिबका छोराछोरीलाई जति चुसे पनि अघाउने  भएनन् ।

बास्तबिकता एक , भ्रम अनेक

रमिला नेपाल
केही समय अघीको कुरा हो । सडकमा हामी हिड्दै , थियौ । छोड् , छोड् भन्ने शैलिमा उनको गाडी अगाडी बढ्दै थियो । बुझ्दा थाहा भयो । सम्मानित संबिधानसभाको सभासद तथा सरकारका प्रभाबशाली नेता हुनुहुदो रहेछ ।

5/25/2011

मानवतस्कर विभागमा सरुवा आतंक

नयाँ मन्त्री आउने बित्तिकै उसले आफ्ना मातहतका विभागलाई बाउको बिर्ता नै सम्झिन्छ र आफ्ना भरौटे भर्ति गर्न अनेकौ बितण्डा मचाउँछ ।

बढ्दै छन् विदेशिने विद्यार्थी

गुणस्तरीय शिक्षाका लागि भन्दै विदेशिने नेपाली विद्यार्थीको संख्यामा कमी आउन सकेको छैन ।

स्वदेश फर्कन चाहने ८ प्रतिशत

कुवेत । कुवेत सरकारले गैरकानूनी रुपमा रहेका विदेशी कामदारहरुलाई आफ्नो मुलुक फर्कन खोलेको एम्नेष्टीको समय अब एक महिना मात्र बाँकी छ ।

आलो रगत घलघली पिएर मनाइने देवाली

 रामेछाप । जेठ ३ गते, देश विदेशमा शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाइँदै थियो । तर नेपालकै एउटा  समुदाय भने त्यही दिन बली दिएर आफ्नो देवाली –दिपावली) गर्न व्यस्त थियो ।

गुरुङको मृत्यु

दक्षिण कोरिया । १९ वर्षअघि सन् १९९२ मा रोजगारीका लागि दक्षिण कोरिया आएका गोरखा खरीबोटका ४० वर्षीय रुद्र गुरुङको सुवानस्थित भिन्केस्ट अस्पतालमा मृत्यु भएको छ । कलेजो तथा मृगौला रोगबाट ग्रस्त गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई मे १४मा अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य विग्रदै गएपछि उनलाई आइसियूमा राखिएको थियो ।

नेता देखेर प्रवासी पनि दिक्क

नेपालका नेताहरूको ताल देखेर देशमा रहेका नेपाली मात्र होइन विदेशमा रहेकाहरू समेत दिक्क भइसकेका छन् ।

मानव तस्कररूको अखडामा तालाबन्दी

असनको छाड साँढेजस्तो बनेका मेनपावरहरूलाई तह लगाउन सरकारले नयाँ योजना अघि सारेको छ । सरकारले मेनपावर कम्पनीका शाखा कार्यालयहरु बन्द गर्ने तयारी गरिरहेको छ ।

5/24/2011

भारतमा सल्बलाउँदै छन् राजावादीहरू

राजावादीहरू ज्ञानेन्द्र ब्यूँताउन अनेकौ जालझेल गर्दा पनि सफल नभएपछि अब भारत गुहार्ने चलखेलमा लागेका छन् । नेताहरूलाई जनताको  रगत चुसेर खान गणतन्त्र ल्याइदिएको भारतसामु लम्पसार परेर राजतन्त्र फिर्तिको भिख माग्ने तयारीमा रहेका राजावादीहरूले भाजपा र अन्य हिन्दुवादी संगठनहरूको सहयोग प्राप्त रहेको बुझिएको छ ।

लिबियाली डिनार बोर्डले साट्ने

हिंसाग्रस्त लिबियाबाट फर्केका कामदारले न्यायको लिबियाली डिनार वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट सटही हुने भएको छ ।

लिबियाली डिनार बोर्डले साट्ने

हिंसाग्रस्त लिबियाबाट फर्केका कामदारले न्यायको लिबियाली डिनार वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट सटही हुने भएको छ । बोर्डको बैठकले लिबियाली मुद्रा तत्काल साट्न सकिने अवस्था नरहेकाले कोषबाट दिने निर्णय गरेको कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले जानकारी दिनुभएको छ । देवकोटाको अनुसार डिनार साटिएपछि उक्त रकम कोषमा जम्मा गरिने छ भने नसाटिएमा सरकारले सोधभर्ना गर्नेछ ।
नेपाल राष्ट्र बैंकले लिबियाली डिनारलाई परिवत्र्य मुद्रा अन्तर्गत नराखेको र पछिल्लो समयमा संयुक्त राष्ट्र संघले पनि अन्य मुलुकमा नचल्ने घोषणा गरेका कारण कामदारले ल्याएको रकम राष्ट्र बैंकमा राखिएको छ । कामदारले ५९ रुपैयाँ प्रति दिनारका दरले रकम पाउने बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार १ करोड ५८ लाख रुपैयाँ कोषबाट झिकिने भएको छ ।
कामदारहरुले रकम नसाटिएको र क्षतिपूर्ति नपाएको भन्दै पटक–पटक मेनपावर कम्पनीहरुमा धर्ना दिइरहेका छन् । पीडित कामदारलाई राहत दिन सरकार र मेनपावर व्यवसायी सम्मिलित कार्यदल गठन भएपनि अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन । सुरुमा लिबियाली मुद्रा साट्न आनाकानी गरिरहेको सरकारले व्यवसायीहरुको व्यापक दवाबपछि रकम साट्न तयार भएको हो । गत हप्ता बसेको मन्त्रीपरिषदको बैठकले हाललाई कोषबाट रकम  खर्चिने र रकम साटिएपछि सोधभर्ना गर्ने निर्णय गरेको थियो । सरकारले रकम साट्न तदारुकता देखाएपनि पीडितलाई राहत दिन बेवास्ता गरेको प्रति कामदारहरु रुष्ट बनेका छन् ।
लिबियाबाट फर्केका झण्डै २ हजार कामदार मध्ये आधा भन्दा बढि लिबिया पुगेको ६ महिना पनि नपुग्दै फर्किएका छन् । कामदारहरुले मेनपावर कम्पनीसँग २ वर्षको सम्झौता गरेर गएको र बीचैमा फर्किन परेकाले क्षतिपूर्तिका
माग गरिरहेका छन् भने व्यवसायीहरु आफूहरुले मात्र आर्थिक भार थेक्न नसक्ने भन्दै
सरकारले समेत जिम्मेवारी लिन पर्ने अडानमा छन् । तर, सरकार भने कुनै हालतमा आफू राहत दिन तयार छैन ।

परदेशीको अवस्था

आफ्नो भूमिमा श्रम गरेर जीवनलाई उन्नतिको मार्गमा हिडाउन सके परदेशमा श्रम बेच्ने रहर सायद कसैलाई नहोला र नेपालको राजनीतिमा देखिएको बिकृतिले गर्दा राष्ट्र निर्माणको खम्बा मानिएको युवा शक्ति दिनदिनै बिदेशिनु पर्ने अवस्थाको सिर्जना भएको हो ।

प्रवासी संगीत प्रतियोगितामा प्रथम हुनेलाई १ करोड वन पुरस्कार

खेम कार्की
दक्षिण कोरिया । दक्षिण कोरियामा प्रवासी मजदुर संग मनाईने बहुसांस्कृतिक पर्व प्रवासी संगीत उत्सवमा प्रथम हुनेले १ करोड वन पुरस्कार पाउने भएका छन ।

एनआरएनमा धेरै नयाँ अनुहारहरुको उमेदवारी

गैर आवाशिय नेपाली संघ पोर्चुगलको तेश्रो अधिवेशनका लागि उमेदवारी दर्ता नामावली निर्वाचन समितिले र्सार्वजनिक गरेको छ ।

एनआरएनलाई राजनीति गरेको आरोप, अबको नेतृत्व कस्तो होला ?

बाबुराम भुसाल
एनआरएन सक्षम हुन्थ्यो भने तोकिएको समयमा अधिवेशन गराउन सजिलै सक्थ्यो गैहृ्र आवासिय नेपाली संघ, ९एनआरएन०लाई सवै नेपालीहरुले माया गर्न सक्थे र ठूला समस्या आइलागे पनि एनआरएनले सजिलै समस्या समाधान गर्न सक्थ्यो

5/23/2011

पोर्तुगलमा गैर आबसीय नेपाली संघको नयाँ चक्र ब्यूहमा अभिमन्युहरु

नेपालीहरुको हकहितको  लागी भावनात्मक संबधलाइ  आत्मासाथ गर्दै  स्थापना  भएको साझा चौतारी हो   , यो संस्थालाई  यो मजबूत र कल्याणकारी रुपमा देखिन थालेको छ  

लथालिंग विमानस्थल, चकाचक हाकिम

चार वर्षअघि तत्कालीन पर्यटन सचिव लीलामणि पौडेलले त्रिभुवन विमानस्थल भौतिक सुधारका लागि फोर–टीको बतिअवधारणा अघि सारेका थिए।

सभासद् खरिद गर्न थैलीको खोजी

लोकतन्त्रवादी दलहरूको सहमतिबिना नै संविधानसभाको म्याद थप गर्ने गृहकार्यमा वर्तमान सत्ता गठबन्धन तीव्ररूपले लागेको छ।

फोरम् ! जतिसक्दो फोडम्

पार्टी सरकारमा सहभागी भएको विषयमा विवादमा फसेको मधेसी जनअधिकार फोरम पुनः विभाजित भएको छ ।

5/22/2011

राहदानी किर्ते गर्ने पाँच पक्राउ

काठमाडौं । नेपाली राहदानीमा फोटो परिवर्तन गरी राहदानी दुरुपयोग गर्ने पाँच बंगलादेशीसहित एक नेपालीलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले बागबजारबाट पक्राउ गरेको छ ।

शरीरमा चुम्बक

मानिसको शरिरमा पनि चुम्बकिय शक्ति हुन्छ भन्दा चाहि धेरैलाई पत्यार नलाग्ला । यो अब कुनै काल्पनिक र मनगढन्ते कुरा नभई वास्तविकता बनेको छ । क्रोसियाका एक ६ वर्षे बालकको शरिरमा चुम्बकिय शक्ति भएको समाचारले विश्वका लाखौ जमातलाई तिन छक्क बनाइदिएको छ ।

5/21/2011

संविधान बनाउन नसकेकाले राहदानी बेच्नु बाध्यता !

नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले छोरी गायत्री साहलाई रातो पासपोर्ट बेच्नमात्र होइन अरुका रातो पासपोर्ट बेच्न सहयोग पुयाएर कमिसन खानसमेत सहयोग गरेको रहस्य फेला परेको छ ।

अब म्याद थपेर आलोपालो लुट्ने रे

जेठ १४ नजिकिदै जाँदा संबिधान जारी नहुने पक्का भएपछि सरकार सञ्चालक एमाले र माओवादी एक गुटहरु संबिधानसभाको म्याद थप्नुपर्नेमा जोड दिइरहेका छन् भने

आजदेखि नन्स्टप बन्द

खस क्षेत्रीलाई आदिवासी जनजाति ऐनमा सूचिकृत गराउन माग गर्दै खस क्षेत्री एकता समाजले आज आइतबार उपत्यका बन्द आहृवान गरेको छ ।

महराको मोनोपोली

माओवादीका नेता कृष्ण बहादुर महराले गृह मन्त्रालको जिम्मेवारी लिएपछि प्रहरी प्रशासनमा भुईँचालो आएको छ ।

Pages