7/17/2011

विकिरणकुमारलाई हिमकुमारीको खुल्ला प्रेमपत्र

आदरणीय विकिरणकुमार,
तिम्रो ’उद्वार समिति जापान’ प्रति लक्षित कहालीलाग्दो पत्रको तातो लहरले जापानको उग्रगर्मी मौसममा फैलिएको महामारी र कहालीलाग्दो परिवेशले समेटिएको वातावरणमा म पनि चोखो रहन सकिन ।
हुन त केहि महिना अगाडि मात्र तिम्रै एउटै रगतको कुण्डलीबाट जन्मिएको तिम्रै हितैषी सौतेली दिदि विकिरणकुमारीको प्रेमपत्रले पनि नेपाली दूतावास जापानसंग जुहारी खेल्न चुनौती त दिएकैं हो । अन्यथा चाँही नलिनु नि है । किन कि हुन त गहिरो हित्तचित्त, मायाप्रेम भएपछि सौतेली भावना हुदैन रे भन्छन् । यद्यपि तिमीहरु दुवैको बाउ एउटै भएपनि तिम्रो आमा बौद्धको नेपाली र तिम्रो सौतेली दिदिको आमा जापानको फुकुसीमा केन कि भएको सबूद प्रमाणसहित फेला परेको हुनाले लेख्दैछु है । तर तिमीले जस्तो शंका उपशंकाले मात्रै चाँही हैन नि फेरी ।
विकिरणकुमार, मैले पनि आफ़्नो जीवनमा धेरै ब्यक्तिहरुसंग चिनजान र आत्मियता बढाएँ, तर किन हो कुन्नि तिमीजस्तो प्रतिभा भएको ब्यक्ति मैले भेटेको थिईन । शायद त्यसैले होला तिमीसंग मेरो छोटै समयको चिनजान भएपनि तृष्णा बढेको ।
साँच्चि हामी दुईको मगनी हुने भयो भने त कानुनीरुपमा साक्षी त दूतावासलाई नै राख्नुपर्ला नि है न र रु
तर खै के गर्ने रु दूतावासले त तिमी लगायत केही अप्ठ्यारा ब्यक्तिहरुको छायाँमात्रै देख्यो भने पनि मुलढोका मात्रै नभई सम्पूर्ण झ्यालढोका नै न्वारानदेखिको बलले भित्रैबाट छिस्केनी लगाईदिन्छन् रे नि ।
साँच्चै विकिरण, तिमी त बहादुर नेपाली रहेछौं, ह गि रु किन कि जापान सरकारले नकोट्याएको कुरा पनि तिमीले कोट्याउँदै हिड्छौं रे नि रु  भारतमा नेपाली गुप्तचरहरुले बिभिन्न होटल रेष्टुरेन्टहरुमा भाँडा माझ्ने र चप्रासीको काम गरे पनि ’बहादुर’ को नामले प्रख्यात हुन्छन् अ रे । बरु तिमी पनि त्यसरी नै जापानमा भाँडा धुने र गेम्बामा काम गर्‍यौ भने त जापानीहरुले पनि ’बहादुर’ को बिल्ला त लगाईदिई हाल्लान् नि कि कसो रु जापानीहरुलाई पनि नेपालीहरु धेरै ’बहादुर’ छन भन्ने कुरा चाँही थाहा नभएको हैन क्या रे । त्यसमा पनि जापानमा बसेका नेपालीहरुको प्रमुख कामको श्रोत भनेको त रेष्टुन्ट र गेम्बा नै होला जस्तो मलाई पनि लाग्छ ।
तिमीले त एक दुईजना नेपालीको मात्रै नाम र पासपोर्ट परिवर्तन भएको थाहा पाउँदा पनि झ्याउंकिरी कराएजस्तो कराउँदा रहेछौं । ’बहादुर’ भएरै काम गरयौ भने त झन कैयौं नेपालीहरुको दुइवटा पासपोर्ट भएको, नेपाली भईकन पनि भारतीय पासपोर्ट लिएको र भारतीय नै बनेर निर्लज्जसंग मिडियामा जाने गरेको, पुरानो पासपोर्टमा एउटा नाम नयाँ पासपोर्टमा अर्कै नाम, अर्काको श्रीमतीलाई आफ़्नो श्रीमती बनाई ल्याएको जस्ता प्रकरणको खैंजडी बजाउन सक्थ्यौ नि हैन रु अनि तालुमा आलु फल्यो भने त जापानी कम्पनीमा इञ्जिनियर बन्नुभन्दा त जापानी इमिग्रेशनको चप्रासी बन्नु नै फाईदा होला नि हैन र?
किन कि तिमीले इमिग्रेशनको सुराकी मात्रै गर्छौ भन्ने थाहा पाए पनि त्यस्ता घोटाला गर्ने नेपालीहरुले मानका मान जापानी नोटको बिट्टाले तिम्रो कञ्चट र तालुको कपालमा पंखा हम्कने पक्कापक्की नै छ । तर, एउटा कुरा याद गर है मायालु, गर्मी समयमा त जति हम्काए पनि केही नहोला, तर जाडो मौसममा पनि धेरै हम्कायो भने त नोटको बिट्टाको धेरै चिसो हावाले कपाल सबै झरेर तालुखुइले बनौला नि १ अनि अर्को कुराचाँही के भने, तिमीले जापानी कम्पनीमा मात्रै काम गरेकोले इन्डियन, नेपाली, करी, राइसको मूल्य थाहा नभएजस्तो छ,  त्यो पनि त ज्ञान हुने छ ।
छि, तिमी त कस्तो मान्छे रु उद्वार समितिमा काम गर्‍यो भन्दैमा आफ्नो खल्तीको पैसाले खाना खान पनि नपाउने रु बियर रक्सी पिउन पनि नपाउने नियम कँही छ र भन्या रु तिम्रो जापानी कम्पनीको साहुले बोनेन्काई पार्टी दिएजस्तो सम्झ्यौ कि क्या हो रु त्यसो त तिमीलाई बिस्तराको मूल्य पनि त थाहा रहेनछ नि त हगि रु थाहा होस् पनि कसरी रु कहिल्यै किनेको भए पो रु  जे पनि कम्पनीको मालिकले किनिदिए पछि ।
कुराको कुरामा कुरै गरौं है त रु हैन साँच्चै यसपालीको तिम्रो ूबोनसू त पहिलेभन्दा पनि धेरै नै आएजस्तो छ नि १ यदि त्यसो हो भने त, जापानको इकोनोमी कन्डिशन डाउन भएको बेलामा जापानको इकोनोमीलाई सघाउन यसो होक्काइडो या ओकिनावा तिर पनि त सयर गर्न गए हुन्थ्यो नि १ बरु एक्लै जान मन नभए तिम्रै प्यारी सौतेली दिदि विकिरणकुमारीलाई पनि लगे हुन्थ्यो हैन र रु
बोनस धेरै आयो भन्दैमा जाँडरक्सी बेसरी पिएर जथाभावी लेख्ने काम चाँही नगर है मायालु । एक त धेरै जाँडरक्सी पिउनाले स्वास्थ्य खराब गर्छ । अर्को कुरा उल्टापाल्टा लेख्नाले साथीभाईबिचको मित्रता पनि टाढिने र उस्तै परे तोडिने । त्यसैले त होला नि, शुद्ध र ताजा नेपाली चाउचाउलाई पनि नानाभाँती लेखेको हैन त रु नेपाली चाउचाउ खाएर जापानीहरुको पेट दुखेको भए त नेपाली दूतावासलाई क्ःक् गरिहाल्थे नि । तिमीले टाउको किन दुखाउने रु
बोनस नपाउनेहरु त आजकाल जापानमा जाँडरक्सी धेरै पिएर सँधैका लागि ओछ्यान पर्नेहरुको संख्या बढ्दो छ रे । त्यसमा पनि तिम्रो जस्तो बोनस बढेको करामतले त धेरै पिउँदा पिउँदै मुटु नै फुट्ला नि फेरी १ अनि त तिम्रो नेपालको अंश पनि तिम्रो सौतेली दिदि विकिरणकुमारले नै कुम्ल्याउलान् नि १ हुन त तिम्रा दाजुभाईले तिमीलाई अलि अंशमा मारेका छन रे भन्ने सुनेको थिए । शायद त्यसैले होला ूअगुल्टाले हानेको कुकुर बिजुलिदेखि झस्किन्छू रे भन्याजस्तै दाजुभाईले अंशको हरहिसाबमा मारेपछि जसलाई पनि हिसाबकिताबमा शंका(उपशंका बढि गर्दा रहेछौं । सबै तिम्रा दाजुभाई जस्ता हिसाबकिताबमा गडबड गर्छन् भन्ने कुरा पनि तिमीले नसोंच्दा नै राम्रो होला ।
एउटा कुरा याद छ के तिमीलाई  रु पोहोर साल तिम्रो खुशी फाट्दा, तिमीलाई मतलब नै नभएको आफ्नै कम्पनीको मालिकसंग पनि कम्पनीको हिसाब हिनामिना र गडबडी भयो भन्दा झण्डै कम्पनीबाट पारपाचुके पाउन लागेको हल्ला तिम्रो कम्पनीभित्र सानोचाँही थिएन रे । त्यसैले म तिमीलाई एउटा राम्रो सल्लाह दिन्छु, त्यो के भने, तिमीमा विकिरणका कारण बितृष्णा बढी छ, अ त जाँडरक्सी खाईपिई गरेपछि लेख्ने काम नगर्नु, सुन्ने मात्र काम गर्नु । अर्को सल्लाह चाँही तिम्रो बाउले तिमी दुई दिदिभाईलाई जल्दोबल्दो घटनाक्रमले समयअनुकूल ूविकिरणू को बिल्ला लगाईदिएका छन् । तर अब समय परिबर्तन भईसकेकोले दुबैजनाले विकिरणको बिल्ला हटाई तिम्रो नाउँचाँही कुमार नेपाली र तिम्रो सौतेली दिदिकोचाँही फुकुसीमाकुमारी राख्दा अझ बढि सर्बसाधारणले रुचाउने थिए कि ?
हेर मायालु, साँच्चै भोलि हाम्रो मगनी हुने नै भयो भने त, दूतावासले साक्षी बस्न मानेन भने हाम्रो बिहे पनि त कसरी हुन्छ र?
त्यसैले, भोलि कुखुराको भाले बास्नुभन्दा अगाडि झिसमिसे मै कसैले थाहा नपाउने गरी नेपाली दूतावासको मुलढोकामा मिठासको प्रेमपत्र लेखी टाँसीदिनु है । हैन भने हेर विकिरण, तिम्रो विकिरणको तापले तिमीलाई नै जलाउने छ भन्नुहुन्छ मेरो बाबाले । किन कि तिम्रो विकिरणको तापलाई सन्तुलनमा ल्याउन सक्ने मेरो बाबा मात्रै हुनुहुन्छ । सबैलाई थाहा भएकै कुरा हो, उहाँ संसारकै सबैभन्दा सर्बोत्कृष्ट बलवान हुनुहुन्छ । किन कि सबैले प्रत्यक्ष देखिरहेका छन्, बिश्वकै सबैभन्दा अग्लो हिमशृँखला सगरमाथा पनि उहाँकै हथेलीमा अडिएको छ । म प्यारो बाबाकी प्यारी एक्ली छोरी भएको नाताले मैले मन पराएको ब्यक्तिलाई उहाँले कहिल्यै पनि नकार्नु हुने छैन । अवश्य पनि मन पराउनुहुने छ । तर एउटा शर्तमा, तिमीले अब उप्रान्त कहिल्यै पनि मादक पदार्थ पिएर लेख्ने र बोल्ने दुबै छोड्नुपर्ने छ ।
उही तिमीलाई सदाका लागि चाहने
सुश्री हिमकुमारी

No comments:

Pages