8/28/2011

श्रम सहचारीले नियुक्ति पाए, काम पाएनन्

 रेजिना नेपाल
काठमाडौं \ श्रम सहचारी नियुक्ति प्रक्रिया फेरी विवादमा फसेको छ । श्रम मन्त्रालयले ६ मुलुकका लागि सहचारी नियुक्ति गरेको दुई साता बित्दा समेत सहचारी पठाउने प्रक्रिया अघि बढेको छैन । यसअघि श्रम, परराष्ट्र र सामान्य प्रशासन मन्त्रालयबीच विवाद चक्रिएपछि परराष्ट्रकै सल्लाहमा मापदण्ड बनाई आन्तरिक प्रतिस्पर्धाबाट नियुक्ति गरिएपनि यसमा परराष्ट्रको असहमति कायमै रहेको छ ।

8/25/2011

पूर्वराजदूत अन्सारीको थप कर्तुत

मृतकको बीमा रकम दुरुपयोग गरेको अभियोगमा पदच्युत गरिएका साउदी अरबका पुर्व राजदूत हमिद अन्सारीको थप कर्तुतहरु खुलासा भएको छ । उनले साउदीको अनेष्ट अरेबिक भिसा ट्रान्सलेसन सेन्ट्ररमा कार्यरत २७ वर्षीय खर्कबहादुर घर्तीमगरको मृत्युपछि ५० हजार रियाल बुझेर ३३ हजार रुपैयाँ पच पारेको रहस्य खुलेको छ ।

8/22/2011

ईपिएसको नतिजा आज

रोजगार अनुमति प्रणाली(इपिएस)अन्तर्गत दक्षिण कोरिया जानका लागि यही साउन ६ र ७ गते लिइएको परीक्षाको परीक्षाफल आज प्रकाशित हुँदैछ । वैदेशिक रोजगार विभागकाअनुसार नजिताको विस्तृत विवरण इपिएस शाखाको सूचनापाटी र वेबसाइटहरू

एक महिनामा १५ हजार नेपाली कामदार कतार पुगे

आर्थिक वर्ष २०६७÷६८ मा रोजगारीका लागि विदेश जाने कामदारको संख्या तीन लाख ५४ हजार ७१६ रहेको छ । आर्थिक वर्ष २०६६÷६७ मा दुई लाख ९४ हजार ९४ नेपाली वैदेशिक रोजगारीमा विदेश गएका थिए । त्यसको तुलनामा गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या २०.६१ प्रतिशतले बढी भएको देखिएको छ । गत आर्थिक वर्षमा १० हजार ४ सय १६ महिला वैदेशिक रोजगारीका आगि गएका छन् । अघिल्लो वर्ष पाँच हजार २६० महिला मात्र रोजगारीका लागि विदेश गएका थिए ।

8/21/2011

कोरियामा पनि एनआरएनको नाम बेचेर खाँदैछन् ठगहरू

दक्षिण कोरिया । संघ संस्थाको नाम बेचेर ठग्न पल्किएकाहरूको झुण्डले विदेशमा नसताइएका नेपाली कमै होलान् । संस्था खोल्ने पद लिने र लुठखेतीमा लाग्नेहरूले हैरान पारिसकेका छन् प्रवासमा । खाडी मुलुकबाट सुरु भएको यो खेती अहिले कोरिया र जापानमा पनि सल्किएको छ । यसै क्रममा

8/20/2011

खाडी जाने कामदार पाइनै छाडे

वैदेशिक श्रम बजारमा खाडी मुलुकमा काम गर्न जाने जान कामदारको अभाव देखिन थालेको छ । लागत र परिश्रमको तुलनामा पारिश्रमिक नपाउने भएपछि खाडी जाने कामदारको अभाव हुन थालेको हो । ‘शिक्षित युवा जनशक्ति कोरियातिर आकषिर्त हुन थालेका छन् भने राहदानी भएका अदक्ष जनशक्ति बजारमा भेटिादैन’, फरेन इम्प्लोइमेन्ट एशोसियनका अध्यक्ष प्रेम कटुवालले भने, ‘अहिले खाडी उड्ने कामदार भेटिन मुस्किल पर्छ ।’
कोरियामा रोजगारले यसलाई झन् समस्या पारेको छ । ‘बजारमा ५१ हजार राहदानी कोरिया जान बसेकाहरुसाग छ’, उनले भने ‘अर्कोतिर परराष्ट्र मन्त्रालयले आवश्यकताअनुसार राहदानी जारी गर्न सकेको छैन ।’ खाडी जाने कामदारले हालको महागीअनुसार तलब पाएका छैनन् । सरकारले १० वर्षअघि निर्धारण गरेको न्यूनतम पारिश्रमकिमै कामदारको माग आइरहेको छ । खाडी जाने कामदारले ८० देखि १ लाख २० हजार रुपैया लगानी गरेर १२ देखि १६ हजारसम्म मात्रै कमाउाछन् । दुईवर्षे करारमा गएका कामदारले एक वर्षसम्म दिनरात घोटिादा लागत खर्च जुटाउनै मुस्किल पर्छ ।
कामदारले बसेर, खाएर न्यूनतम तलब कम्तीमा १६ हजार रुपैयाँ नभए अब खाडीमा कामदार पठाउान सकिादैन’, उनले भने । राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहेका श्रमविज्ञ गणेश गुरुङका अनुसार कामदारमा आएको चेतना र श्रम बजार छनोटले प्रभाव देखिन थालेका हो । उनका अनुसार खाडी मुलुकले कामदारको पारिश्रमकि वेद्धि गर्न अनिवार्य भइसकेको छ भने सरकारले लागत खर्च पनि घटाउनु पर्छ ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने महिला पक्राउ

भूटानी शरणार्थी बनाइ अमेरिका लैजाने भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।१८जना व्यक्तिबाट करिब ६० लाख रुपैंया लिएको अभियोगमा दमक–१३ झापाकी अजिता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बल्ल खुल्यो इजरायल

काठमाडौँ । लामो समयदेखि अन्यौलमा रहेको इजरायल रोजगारी अन्ततः खुल्ने पक्का भएको छ । इजरायलले नेपाली कामदारलाई पुनः रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको समाचार प्राप्त भएको छ ।

8/17/2011

राजदूत योञ्जनको बिदाई

आफ्नो कार्यकाल सकेर नेपाल र्फकन लाग्नुभएका जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जनलाई जापानको नागोया शहरमा बस्ने नेपालीहरु हार्दिक बिदाई गरेका छन् ।

एक सय १६ कामदार कारवाहीमा

कतार सरकाले नियमविपरीत काम गरेको भन्दै १ सय १४ जना नेपाली कामदारहरुलाइ नेपाल फिर्ता पठाउने सुची तयार पारेको छ । विभिन्न कारणले गैरकानुनी भएका कारण स्वदेश फर्कनुपूर्व जानुपर्ने स्थान फिर्ती केन्द्रमा १ सय १४ जना रहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

पाँच दिनमै पवित्रा गायब

हरिकृष्ण न्यौपाने
नेपालबाट घरेलु नोकरानीको कामका लागि कुवेत आएकी कपिलबस्तुकी पवित्रा घर्ती क्षेत्री कुवेत आएको ५ दिनमै भागेर बेपत्ता भएकी छिन। नेपाली एजेन्टबाट कुवेतीको घरमा काम गर्न गएको २ दिनमै उनी एकाएक बेपत्ता भएकी हुन।

चार नेपाली महिलाको उद्दार

आरबि बुढाथोकी
कुबेतको फाहिलस्थित गैर कानुनी रुपमा बिभिन्न देशका महिलाहरु जबरजस्ती यौन धन्दामा प्रयोग गर्न एक बङगलादेश नागरिक सहित घरको हेरचाह गर्ने ब्यक्ती हारिसलाई  कुबेत पुलिसले रङगेहात समातेको छ  ।

नेपाली मूलका अमेरिकी सैनिकको मृत्यु

न्यूयोर्क । अफगानिस्थानमा कार्यरत नेपाली मूलका अमेरिकी स‍ैनिकको मृत्यु भएको छ । अफगानिस्थानमा कार्यरत २४ वर्षीय नेपाली जवान बरुण राइको मृत्युभएको अमेरिकास्थित पारिवारिक स्रोतले जनाएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित सिल्भरस्प्रिड।घर भएका र्राईको गत अगस्ट ३ तारिख अफगानिस्थानको काबुलमा गाडी पल्टिएर दूर्घटनामा परि मृत्युभएको हो ।
राई विगत साढे चार वर्षअघि मेरिल्लाण्डबाट अमेरिकी सेनामा भर्ती भएका हुन् । राईको परिवार विगत पाँच वर्षदेखि मेरिल्याण्डमा बसोबास गर्दै आएको छ ।

अरूलाई हराउन गएका आफै हराए

सिओल । दक्षिण कोरियाको नामयङजु सिटिमा विश्व तेक्वान्दो हानमादाङृ सभागिता जनाउन आएका दुई नेपाली खेलाडी  वेपत्ता भएका छन् ।

Pages