7/02/2011

ठग म्यानपावरमाथि कारबाहीको तयारी

होम कार्की \ दिनेश रेग्मी
संस्थागत रूपमा ठगी गर्ने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी० लाई श्रम मन्त्रालयले कारबाही गर्ने तयारी गरेको छ । त्यसका लागि उसले आन्तरिक रूपमा गृहकार्य थालेको छ ।

चार दर्जन मेनपावरलाई कारवाहीको सिफारिस

दोहा \ कामदारलाई अलपत्र वा समस्यामा पारेको भन्दै दोहास्थित नेपाली दूतावासले कारवाहीका लागि सिफारिस गरि पठाएका मेनपावर कम्पनीको संख्या ४ दर्जन पुगेको छ । पछिल्लो समयमा नेपाली दूतावासले थप ११ कम्पनीलाई कारवाही सिफारिस गरेको छ । गत बर्ष २९ अगष्टदेखि हालसम्म नेपाली दूतावासले ४८ वटा म्यानपावर एजेन्सीलाई कारवाही सिफारिस गरेको छ ।
पछिल्लो समयमा कारवाहीमा परेका एजेन्सीहरूमा थ्यांक्स इन्टरनेशनल सर्भिसेज, अल्फा रोमा इन्टरनेशनल मेनपावर सर्भिसेज, संसार इन्टरनेशनल, स्काई वे मेनेजमेन्ट, शिखर इन्टरनेशनल सर्भिसेज, सदिक्षा ओभरसिज, डाइनामिक स्टाफिङ सोलुसन, जेनिथ प्रोग्रेसिभ र तेरुका इम्प्लोइमेन्ट एण्ड रिसर्च प्राली रहेका छन् ।
नेपाली कामदारहरूलाई एउटा कम्पनीको भिषा लगाएर अर्को कम्पनीको काममा पठाउने, तोकिएको तलव सुविधा नदिने, समयमा तलव नदिने कतारस्थित यस्ता स्थानीय कम्पनीहरूमा नेपाली कामदारहरूलाई पठाएर ठगी गर्ने, अलपत्रमा पार्ने नेपालस्थित विभिन्न म्यानपावर एजेन्सीहरूलाई नेपाली राजदूतावासले विभिन्न समयमा नेपाल सरकारका विभिन्न निकायमा कारवाहीको लागि सिफारिश गर्दै आएको छ ।
२९ अगष्ट २०१० मा एसओएस म्यानपावर सर्भिस प्राईभेट लिमिटेड र कारावान इम्प्लोइमेन्ट सर्भिस प्राइभेट लिमिटेड गरी २ वटा, ६ सेप्टेम्वर २०१० मा रिभाइभ नेपाल प्राइभेट लिमिटेड, सिद्धार्थ वुद्ध ओभरसिज प्राइभेट लिमिटेड, यति ओभरसिज प्राइभेट लिमिटेड, डायना ओभरसिज प्राइभेट लिमिटेड, बज्र हुम्यान रिसोर्स प्राइभेट लिमिटेड, फ्युचर इम्प्ल्योइमेन्ट सर्भिस प्राइभेट लिमिटेड, क्लासिक ओभरसिज सर्भिस प्राइभेट लिमिटेड, टिम फोर्स प्राइभेट लिमिटेड र पायोनियर ओभरसिज प्राइभेट लिमिटेड गरी ९ वटा, २० फेव्रुवरी २०११ मा गल्फ मनेजमेन्ट इन्टरनेशनल प्राइभेट लिमिटेड, आयुष इन्टरनेशनल सर्भिस प्राइभेट लिमिटेड, अल जफर इन्टरनेशनल प्राइभेट लिमिटेड, अल दाहावीय ओभरसिज प्राइभेट लिमिटेड, अल अरव ओभरसिज प्राइभेट लिमिटेड र क्षितिज इन्टरनेशनल सर्भिस प्राइभेट लिमिटेड गरी ६ वटा, ७ मार्च २०११ मा एएनएस एशोसियट्स प्राइभेट लिमिटेड, जव प्लेसमेन्ट सर्भिस प्राइभेट लिमिटेड, रेड रोज इन्टरनेशनल प्राइभेट लिमिटेड र ड्रिम्स अनलिमिटेड एण्ड कम्पनी प्राइभेट लिमिटेड गरी ४ वटा, १३ मार्च २०११ मा साउण्डलाइन्स रिक्रुटमेन्ट प्राइभेट लिमिटेड, इन्टरनेशनल ट्रेड लिंक नेपाल प्राइभेट लिमिटेड, रेम्वो ओभरसिज प्राइभेट लिमिटेड गरी ३ वटा, ९ मे २०११ मा क्रियटिभ प्लेसमेन्ट सर्भिस, आर.पी इन्टरनेशनल कन्सल्टेन्सी सर्भिस, कन्टिनेन्टल ह्युमान रिर्साेस, जव स्पट प्राइभेट लिमिटेड, विराड एशोसिटेस प्राइभेट लिमिटेड, पानडोरा इनकर्पोरेशन प्राइभेट लिमिटेड र मुनड्रप्स ओभरसिज प्राइभेट लिमिटेड गरी ७ वटा, १६ मे मा फोकस नेपाल ओभरसिज सर्भिसेज, अनमोल ओभरसिज, जव लिंक इन्टरनेशनल, जव सर्च प्राली र वर्क फोर्स सर्भिस प्राइभेट तथा १९, मेमा सप्तकोशी हयूमान रिर्सोस प्राइभेट लिमिटेडलाई कारवाही गरेको दूतावासको तथ्यांकमा जनाइएको छ ।

दोहामा ‘चितवन धमाका’

दोहा– कतारवासी दर्शकको मनोरञ्जनका लागि चितवन यूवा समूह (चियुस) दोहा कतारले आउँदो इदको पहिलो र दोश्रो दिन आफ्नो पाँचौँ प्रस्तुती ‘चितवन धमाका’ आयोजना गर्ने भएको छ ।

‘जलवा डान्स हंगामा’

रवि रोषी
नेपालीको छातिमा हिमाली छायाँ छ
नेपालीलाई नेपालको विछट्टै माया छ...
देशभक्ति गीतमा हिमाल, पहाड, मधेश÷तराईको संस्कृति झल्कने भेषभुषासहितको नृत्यले समग्र नेपालीवीच अनेकतामा एकता र भाईचाराको बन्धुत्वभाव दर्शाउँदै कतारवासी नेपालीजनको मनको गहिराई पनि छोयो ।

पर्यटन प्रचारको राम्रो ‘रेस्पोन्स’

पर्यटन वर्षलाई सफल बनाउन कतारस्थित नेपाली दूतावासले दोहाको लोकप्रिय सपिङ मल ‘भिलाजियो’मा नेपाल सम्बन्धी प्रवद्र्वनात्मक दृश्य सामाग्री प्रशारण गरेकोमा राम्रो प्रतिकृया प्राप्त भएको छ ।
नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउन तथा मध्यपुर्वमा नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन नियोगले एक विशेष वृत्तचित्रको प्रदर्शन भिलाजियो सपिङ मलमा गत १ जुनबाट शुरुवात गरेको थियो । सो वृत्तचित्रको प्रदर्शन ३० जुनबाट सम्पन्न हुँदैछ । नेपालबारेका जानकारी अन्तर्राष्ट्रिय भाषा अंग्रेजी र यो क्षेत्रको स्थानीय भाषा अरबी दुवैमा प्रस्तुत गरिएका थिए ।
‘राम्रै रेस्पोन्स आएको छ’ राजदूतावासका द्वितिय सचिव जय बहादुर राईले भने– ‘धेरै अरवी र अन्य विदेशीले सो सामाग्री हेरेको र नेपालबारे जानकारी लिएको समाचार पाएका छौं ।’ सो मलमा कार्यरत नेपाली युवाहरूले पनि पर्यटन प्रवद्र्वनका लागि प्रचारात्मक सामाग्रीको प्रशारण गर्ने यो उपाय प्रभावकारी रहेको बताएका छन् ।
भिलाजियोका सुरक्षाकर्मीकारुपमा कार्यरत चितवन पर्सा–४, खैरेनीका ध्रुव उप्रेतीले राजधानीसंगको कुराकानीमा नेपाली पर्यटन प्रवद्र्वनका लागि नेपाली दूतावासले सहि जग्गामा सहि तरिका अपनाएको बताएका थिए । सो प्रचारप्रसारपछि कतारबाट नेपाल जाने पर्यटकको संख्यामा बढोत्तरी आउने विश्वास राजदूत डा. सुर्यनाथ मिश्रले ब्यक्त गरेका छन् ।

करारनामा अनिवार्य

दोहास्थित नेपाली नियोगले संस्थागतरुपमा कतार आउने हरेक कामदारहरूको करारनामा (इम्प्लोइमेन्ट कन्ट्रयाक्ट) दूतावासमा पेश गर्नुपर्ने नयाँ प्रावधान १७ जुलाई (१ साउन) बाट लागु हुने जनाएको छ ।

वृद्धाश्रमलाई व्यवसायीको सहयोग

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वृद्धाश्रमलाई एक लाख सहयोग गरेको छ ।

7/01/2011

मृतक विद्यार्थीका लागि सहयोग गर्न अनुरोध

बुसानमा मुत अवस्थामा फेला परेका नेपाली विधार्थी उज्वल अधिकारीको सहयोगको लागि सहयोग समिति गठन गरिएको छ ।

6/30/2011

साउदीले इन्डोनिसियाली र फिलिपिनो कामदार रोक्ने

काठमाडौँ । साउदी अरबले इन्डोनेसियाली र फिलिपिनो कामदारलाई आफ्नो मुलुक आउन रोक्ने भएको छ ।

काम नथाल्दै एनआरएनको छानबिन समिति भङ्ग

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारले आफ्नै संस्था भित्र ठगी, दलालीको आरोप लागेका पदाधिकारी तथा सदस्यहरुको छानबिन गर्न गठन गरेको स्वतन्त्र छानबिन समिति काम सुरु नगर्दै भङ्ग भएको छ ।

एनआरएन जापान अधिवेशनमय

एनआरएन जापानको अधिवेशन नजिकिंदै गर्दा नेतृत्वका लागि उम्मेदवार बन्नेहरुको चर्चा, परिचर्चाले यहाँको माहौल तात्न थालेको छ ।

कोरियामा ४ नेपाली महिला पक्राउ

अशोक मैनाली
कोरिया । कोरियाको आन्सानस्थित वानवल औद्योगिक क्षेत्रमा धरपकड गरि ४ जना नेपाली महिलाहरूलाई कोरियन अध्यागमनले पक्राउ गरेको छ ।

मलेसियामा आठ युवक अलपत्र

वैदेशिक रोजगारका लागि मलेसिया पुगेका सप्तरीको बैरबा गाविसका आठ युवक अलपत्र परेका छन् ।

कुवेतमा खुलेको एम्नेस्टी सकियो

हरिकृष्ण न्यौपाने
कुवेत । सन २००८ पछि लामो पर्खाइमा खुलेको एम्नेस्टीको चार महिने समय अबधि जुन३० बाट सकिएको छ ।

एनआरएनमा अर्को नौटंकी

हालै सम्पन्न एनआरएन बेल्जियमको अध्यक्षमा निर्वाचित जानकि गुरुगलाई पहिलो महिला राष्ट्यि अध्यक्ष भनेर प्रचार भए पछि गैर आवासीय नेपाली सघं अष्टेलियाले पहिलो अध्यक्ष शुभ राना भएको दावी गरेको छ ।

6/29/2011

कोरियामा नेपाली विद्यार्थीको मृत्यु

मधु पाण्डे
दक्षिण कोरिया । दक्षिण कोरियाको बुसान शहरस्थित थ्योङ्याङ देहाक्योमा बिगत २ बर्षदेखि टुरिजम म्यानेजमेन्ट बिषय लिएर अध्ययन गर्दै आएका उदयपुर गाइघाटका उज्ज्वल अधिकारीको मृत्यु भएको छ ।

रेमिट्यान्सले दिएको दुःख

धेरै वर्ष भयो रेमिट्यान्सले नेपाललाई गरिबी घटाउन र आर्थिक स्थिरताका लागि सहयोग गरेको। तर यसको अर्को पाटो पनि छ, यही रेमिट्यान्स कै कारण सरकार निस्क्रिय बनेको छ।

लाखौं ठगेर ढकाल फरार

बैदेशिक रोजगारको सिलसिलामा विगत ३ वर्षअघिदेखि कतारको दोहास्थित अल मजली टेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनी तथा सोही स्थानको नासिर अल अली इन्टरप्राइजेज कम्पनीमा काम गर्ने भोजपुर, याकुका महेन्द्रबहादुर राई, म्याग्दी, अर्मनका थमबहादुर रोकामगर, भोजपुर, देउरालीका बालकृष्ण राई र पदमपोखरी, मकवानपुरका बुद्धप्रकाश लामाबाट करिब ३ लाख भन्दा माथि ठगी गोकर्ण ढकाल फरार भएका छन् ।

विद्यार्थीलाई एनआरएनको सहयोग

शैक्षिक अवसरबाट वञ्चित विभिन्न क्षेत्रका विद्यार्थीलाई  गैरआवासीय नेपाली संघले छात्रवृत्ति दिएको छ ।

साइकलयात्रीले भिषा पाएनन्

विश्व साइकलयात्री सौरभ दाहाललाई जापानले भिषा दिन नमानेपछि अहिले उनी कोरियामै रोकिएका छन् ।

गैर आवासीय नेपाली तारा कतार २०११ आयोजना हुने

बिल गुरुङ
तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारले आफनो तेश्रो प्रस्तुतिको रुपमा गैर आवासीय नेपाली तारा कतार २०११ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनको तयारी

कृष्णप्रकाश श्रेष्ठ
रुसको राजधानीमा सम्पन्न हुन गइरहेको छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन २३(२५ जुलाई को तिथि अव एक महीना पनि बाँकी छैन ।

अधिकारको खोजी गर्दै स्ट्रासवर्गसम्म

मानिस तब सम्म चुप लागेर बस्दछ जब सम्म उसले आफ्नो अधिकारबारे जानकारी पाउन सकिरहेको हुँदैन र त्यो अधिकार प्राप्ती गर्ने कर्तव्य बोध हुदैन ।

छैटौं एनआरएन सम्मेलनको तयारी अन्तिम चरणमा

रूसको राजधानीमा सम्पन्न हुन गइरहेको छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन (२३–२५ जुलाई) को  तिथि अव एक महीना

जनजाति महासंघ जापानको आपत्ति

नेपाल जनजाति महासंघ जापानले महासंघका केन्द्रीय महासचिव आङकाजी शेर्पालाई गाई काटेको आरोपमा थुनामा राखिएकोमा आपत्ति प्रकट गरेको छ ।

साउदीमा मोक्तानको मृत्यु

बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव पुगेका मोरंग शनिश्चरे ३ कुशेका २८ वर्षीय बिजय मोक्तानको उच्च रक्तचापको कारण ज्यान गएको छ ।

क्याम्पबाट भागेर ५ युवती दूतावासको शरणमा

दिनेश रेग्मी
दोहा सफाइ कामदार आपूर्ति गर्ने एक कम्पनीले सुविधा कम दिएर बढी काम लगाएपछि ५ युवती बसेको क्याम्पबाट भागेर नेपाली दूतावासको शरणमा पुगेका छन् ।

बेलायतमा नेपालीमाथि सांघातिक हमला बढ्यो

नवीन पोखरेल
लन्डन । ४ जुन साँझ टोटल्यान्डमा हतियारै प्रयोग गरी नेपाली र गोरा युवाबीच आक्रमण भएर तीन नेपाली युवा घाइते भए ।

नगेन्द्र लिम्बु निलम्बित

प्रेस बिज्ञप्ति
बिभिन्न ६१ जात जातिहरुको साझा संस्थाको रुपमा स्थापित नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेबिया गत १४ जनवरी २०१० मा पुनर्स्थापित भएको थियो ।

6/28/2011

इजरायल रोजगारी खुल्ने सम्भावना न्यून

नेपाली महिला कामदारहरुका लागि आकर्षक गन्तव्य मानिदै आएको मध्यपूर्वी मुलुक इजरायलले केयरगिभर कामदारकोलागि नेपाली कामदारलाई लामो समयदेखि इजरायल प्रवेशमा रोक लगाएपछि

छन्त्यालको रहस्यमय मृत्यु

वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका एक नेपाली युवकको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दी मल्कवाङ–१ का २८ वर्षीय फरक छन्त्याल छन् ।

सहमतिपछि कामदारहरूको आन्दोलन स्थगित

रामचन्द्र नेपाल
मलेसिया । कम्पनीको लापरवाहीका कारण सहकर्मीको मृत्यु भएको भन्दै कामकाज ठप्प गरी आन्दोलनमा उत्रिएका नेपाली श्रमिकहरू आफ्ना अधिकांश माग पूरा हुने भएपछि काममा फर्किएका छन् ।

सर्वदा यूएईले भानु जयन्ती मनाउने

उमाकान्त पाण्डे   
आदिकवि भानुभक्त आचार्यको एक सय सन्तानब्बे औं जन्मजयन्ती यूएई प्रवासमा मनाइने भएको छ । सर्वदा वाङगमय यूएई प्रतिस्ठानको आयोजनामा जुलाई १५ तारिक शुक्रबार एक कार्यक्रमका बीच भानु जयन्ती मनाउन लागिएको हो ।

जापानमा व्यवसायीको मृत्यु

एक नेपाली रेष्टुरेन्ट व्यवसायीको जापानमा  निधन भएको छ । यामागाताकेनको साकातामा रेष्टुरेन्ट व्यवसाय

अधुरो मापदण्डका कारण घरेलु कामदार जोखिममा

असंगठित क्षेत्र अर्थात् घरेलु कामदारका लागि वैदेशिक रोजगार जोखिमपूर्ण भयो भन्दै सरकारले खाडी मुलुकमा कामका लागि जान रोक लगाएकामा अहिले फुकुवा गरेको छ ।

उदित नारायण झाको छोरोलाइ चड्कन

उदित नारायण झाको छोरो आदित्य नारायण झाले मुंबईको एक रेस्टुरामा एउटा केटीलाइ जिस्काएपछी चड्कन खाएका छन्।

मलेसियामा सरदारको मृत्यु

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सप्तरीको रामपुर जमुवा–१ का रामकुमार सरदारको मृत्यु भएको छ ।

6/27/2011

नेपाली कामदारको मृत्यू , विरोध प्रदशन

मधुसुदन महत द कोरियाको थेगु छेथन्दोङघ एक कपडामा कार्यरत लम्जुङ वाहुन डांडा गा वि स निवासी श्री धन राज गुरुङको आत्मा हत्याको विषयलाई लिएर स्थानिय मानब अधिकारबादी र श्रमिक संगठनहरुले विगत दुइ दिन देखी थेगु पुलिस स्टेशन अगाडी विरोध प्रदशन गरि रहेका छन् । 

हडबडाएका पाइलाहरु

महेश्वर नेपाल
मेरो पुस्ताका युवाहरु दिनानु दिन बिदेशीरहेको अबस्था छ । कोहि बिदेशिने तर्खरमा छन तर यति बेला म भने स्वदेसिने तर्खर गर्दै छु । आम नेपालीहरु जस्तै थोरै रहर अनि धेरै बाध्यता थियो म मा पनि तर बाध्यतालाई बाध्यतामै सिमीत राखेर  मुलुक फिर्दैछु अबको केहि दिन भीत्रमा नै ।

तीन हजार नेपालीलाई घर फर्कन अनुमति

एअरलाइन्सको लुटले कामदार मारमा
अझै ३ सय महिला दूतावासमा आश्रित
कुवेत । कुवेत सरकारले गैरकानुनी आप्रवासी कामदारलाई दिएको आममाफीलाई सदुपयोग गर्दै ३ हजार नेपालीले घर फर्कने अनुमति पाएका छन् ।

क्लबको संस्थापक नै राहदानी चोर

नेपाली क्लब बहराइनका संस्थापक अध्यक्ष दिप बहादुर खड्काले अर्को ब्यक्तिको राहदानी किर्ते गरी बहराइनबाट फरार भएको थाहा भएको छ।

मलेसियामा नेपाली

दिनेश कार्की
नेपाली युवाहरु कामका लागि देश बाहिर जाने क्रम शुरु भएको शताब्दीऔं भईसक्यो। अरनिको र उनको साथमा केही युवाहरु तिब्बत गएको इतिहासले शताब्दी औं अगाडि देखि युवाहरु रोजगारीका लागि देश बाहिर जाने क्रम शुरु भएको प्रमाणित हुन्छ।

संघ सस्था र एनसिसी बिवाद आपसी एकताको अभाव

रघु त्रिपाठी
दक्षिण कोरियाको पुरानो र नेपालीहरुको छाता सस्थाको रुपमा स्थापित नेपाली सम्पर्क समिति र कोरियामा कृयासिल रहेका अन्य संघ सस्था बीच सदेमुन स्थित एमटियूको सभाहलमा भएको ४ घण्टा लामो छलफल एक आपसमा आरोप, प्रत्यारोप र बिवादै बिवादमा सकिएको छ ।

साउदी सरकारको नीतिले नेपाली कामदारको मागमा प्रभाव !

वैदेशिक रोजगारको मुख्य गन्तव्य साउदी अरबले रोजगारदाता कम्पनीलाई तीन भागमा वर्गीकरण गरी सोही आधारमा विदेशी कामदारलाई  भिसा जारी गर्ने नीति लिएको छ ।

एनआरएनप्रति बढ्दो विरोध

नेपाली जनप्रगतिशील मञ्च कतारले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएन एनसिसी) कतारको नेतृत्व र गतिविधिप्रति ब्यापक असन्तुष्टि ब्यक्त गरेको छ ।

कतारमा नेपाली ३ लाख

कतारमा नेपालीको संख्या ३ लाख ८ हजार २ सय ४९ रहेको जानकारी प्राप्त भएको छ । कतारका लागि नेपाली राजदूत सुर्यनाथ मिश्र र कतारका सामाजिक मामिला तथा कार्यवाहक श्रममन्त्री अल हमेदीबीचको भेटघाटमा उक्त जानकारी गराइएको हो ।

Pages