6/28/2011

सहमतिपछि कामदारहरूको आन्दोलन स्थगित

रामचन्द्र नेपाल
मलेसिया । कम्पनीको लापरवाहीका कारण सहकर्मीको मृत्यु भएको भन्दै कामकाज ठप्प गरी आन्दोलनमा उत्रिएका नेपाली श्रमिकहरू आफ्ना अधिकांश माग पूरा हुने भएपछि काममा फर्किएका छन् ।
कापरको वातुलिमामा रहेका स्मार्टग्लोव कम्पनीमा कार्यरत सुनसरी देवानगञ्ज–२ का २१ वर्षीय महेशकुमार उदाउको मृत्यु भएपछि सोमवारदेखि नेपाली श्रमिकहरूले कामकाज ठप्प पारेका थिए ।
नेपाली दूतावास मलेसियाको पहलमा कम्पनीसँग वार्तामा नेपाली श्रमिकहरूका मागप्रति कम्पनी व्यवस्थापनले सहमति जनाएपछि श्रमिकहरू काममा फर्किएका हुन् । वार्तामा मृतकको शवलाई तत्काल घर पठाउनुपर्ने, मृतकको परिवारलाई आर्थिक सहयोग गर्नुपर्ने, कुनै पनि श्रमिक बिरामी भएमा तत्काल अस्पताल लैजानुपर्ने, बिरामी भएर घर जानुपर्ने भएमा डाक्टरको सिफारिसमा कम्पनीले घर पठाउनुपर्ने, होस्टलको सुधार गर्नुपर्ने, घर फर्कन चाहने श्रमिकलाई अन्तिम महिनाको तलव एयरपोर्टमा गएर दिन्छु भनेर कतिले नपाईरहेको अवस्थामा कम्पनीमै उपलब्ध गराउनुपर्ने जस्ता विषयमा सहमति भएको छ ।
हाल कम्पनीले साढे १५ रिगेटमा काम गराईरहेकोमा नेपाल सरकारले तोकेको २१ रिगेट  वेसिक तलवमा काम गराउनुपर्ने भन्ने मागमा भने तत्काल सम्भव नभएपछि त्यसको प्रक्रियामा जाने सहमति भएको नेपाली दूतावासले जानकारी दिएको छ । यसअघि कम्पनीले विरामी परेका श्रमिकहरूको उपचारमा वेवास्ता गर्दै आईरेहेका कम्पनीमा कार्यरत विरेन्द्र मेहताले बताए । समयमै उपचार नभएको कारण उदाउको मृत्यु भएको कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूले बताएका छन् । करीव १२ सय नेपाली श्रमिक रहेको उक्त कम्पनीमा उदाउ १६ महिना अगाडि हाईट एक्सप्रेस मार्फत रोजगारीको सिलसिलामा मलेसिया आएका थिए ।

No comments:

Pages