एअरलाइन्सको लुटले कामदार मारमा
अझै ३ सय महिला दूतावासमा आश्रित
कुवेत । कुवेत सरकारले गैरकानुनी आप्रवासी कामदारलाई दिएको आममाफीलाई सदुपयोग गर्दै ३ हजार नेपालीले घर फर्कने अनुमति पाएका छन् ।
गैरकानुनी रूपमा कार्यरत त्यस्ता कामदारले बिनासजाय घर फर्कने अवसर पाएका हुन् । चार महिनाको म्याद दिँदै मार्च १ देखि लागू हुने गरी कुवेत सरकारले आममाफी घोषणा गरेको थियो ।कुवेत । कुवेत सरकारले गैरकानुनी आप्रवासी कामदारलाई दिएको आममाफीलाई सदुपयोग गर्दै ३ हजार नेपालीले घर फर्कने अनुमति पाएका छन् ।
कानुन विपरीत बस्दै आएका तीन हजार नेपाली कामदारलाई घर फर्कन नेपाली दूतावास कुवेतले ट्राभल डकुमेन्ट जारी गरिसकेको छ । दूतावासबाट ट्राभल डकुमेन्ट लिएर फर्किएका कामदारहरूको संख्या भने दूतावासको जानकारीमा आउन बाँकी रहेको राजदूत मधुवन पौडेलले बताएका छन् । आममाफीको समय जुलाई १ देखि सकिन लागेकाले दूतावासमा ट्राभल डकुमेन्ट बनाउनेहरूको भीड लागेको छ । ‘गैरकानुनी कामदारले आममाफी पाएर स्वदेश गएमा पुनः कुवेत आउन पाउने छन्, हामी यो अवसर सदुपयोग गर्न कामदारहरूलाई अनुरोध गरिरहेका छौं,’ राजदूत पौडेलले भने, ‘ट्राभल डकुमेन्ट लिनेहरू अधिकांश घरेलु महिला कामदार रहेका छन् ।’
आममाफीमा फौजदारी अभियोग लागेका, भिषा अवधि नसकिएका र अदालतमा मुद्दा रहेका कामदारहरू बाहेक अन्य सबै फर्कन पाउने छन् । यो अवसरको सदुपयोग नगरि अझै लुकेर काम गर्ने या लुकेर बस्ने गैरकानुनी कामदार पछि भेटिएमा कडा सजाय भोग्नुपर्ने, सजाय समाप्तिपछि डिपोर्ट गर्न र पुनः कुवेत आउन नपाउने नियम बनाएको छ । जुलाई एकसम्म कुवेत नछोडेका गैर कानुनी कामदारहरूले यो सजाय भोग्नुपर्ने छ । बढ्दो गैरकानुनी कामदारलाई कानुनी दायराभित्र ल्याउन कुवेतका सरकारले तीन वर्षपछि यो सुविधा दिएको हो ।
त्यस्तै, ट्राभल डकुमेन्ट बनाइ प्रक्रिया पुरा गरे पनि हवाई टिकटका कारण नेपाल फर्कन नपाएका कामदारहरू पनि धेरै छन् । अनुसार नेपाल आउने कुनै हावाईजहाजमा सिट नभएको र कुनैमा टिकटको मूल्य चर्को भएका कारण उनीहरू समस्यामा परेका छन् । मौकाको फाइदा उठाउँदै कतिपय एअरलाइन्सले टिकटको मूल्य १ सय ३० दिनार भन्दा बढी असुलिरहेका छन् । सोही टिकट केही दिन अघिसम्म ४२ दिनारमा उपलब्ध थियो ।
उता, आममाफीपछि पनि दूतावासमा आश्रय लिन आउने महिला कामदारहरूको संख्यामा भने कमी भएको छैन । विभिन्न अभियोगको छानबिन भइरहेका ३ सय भन्दा बढी नेपाली महिला दूतावासको सेल्टरमा आश्रित छन् । यसैहप्ता मात्र सेल्टरमा रहेका ५० महिलालाई दूतावासले नेपाल पठाएको छ तर पनि दिनदिनै चार÷पाँच जना महिला दूतवासमा शरणमा लिन आएकोले अहिले ३ सय महिला आश्रित छन् ।
No comments:
Post a Comment