6/30/2011

काम नथाल्दै एनआरएनको छानबिन समिति भङ्ग

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारले आफ्नै संस्था भित्र ठगी, दलालीको आरोप लागेका पदाधिकारी तथा सदस्यहरुको छानबिन गर्न गठन गरेको स्वतन्त्र छानबिन समिति काम सुरु नगर्दै भङ्ग भएको छ ।
तीन सदस्यीय समिति गठन भएको भोलिपल्ट समिति सदस्यहरुले कार्य व्यस्तताको कारण छानबिन समितिमा बस्न नसक्ने जनाएपछि समिति भङ्ग भएको हो ।  कतारमा कार्यरत एक संस्था नेपाली जनप्रगतिशील मञ्चले एनआरएन पदाधिकारीहरुमाथि ठगी दलाली लगायत थुप्रै आरोपहरु लगाएपछि एनआरएन, कतारमा पेशारत एक साहित्यकर्मी र दुई सञ्चारकर्मी सम्मिलित छानबिन समिति गठन गरेको थियो ।
एनआरएन कतार सचिवालयले अढाई सातामा प्रतिवेदन बुझाउने समय दिएर अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष दीपक भेटवालको संयोजकत्वमा सञ्चारकर्मीद्वय राजधानीका दीपक पौडेल र अनलाइन पत्रिकाका रवि भट्ट ुरोषीु सदस्य भएको समिति गठन गरेको हो ।
एनआरएन कतारले विदेशमा बस्ने नेपालीहरुको विशुद्ध सामाजिक संस्था भएकोले यसका पदाधिकारीरसदस्यहरु स्वच्छ छविको हुनुपर्छ भन्दै नेपाल र कतारको कानुन अनुसार जनप्रगतिशिल मञ्चबाट गम्भीर आरोपहरु लागेको जनाउँदै गत वुधवार छानबिन समिति बनाउने निर्णय गरेको थियो ।
छानबिन समितिलाई एनआरएनए कतारका भुपू तथा वर्तमान र कतारमै भएका आईसीसीका भुपू तथा बर्तमान सदस्य तथा पदाधिकारीको असार ९ देखि २६ गतेसम्म छानबिन गरी प्रतिवेदन बुझाउन समय दिइएको थियो । समिति सदस्य पौडेलले व्यक्तिगत तथा व्यवसायिक कारणले बस्न असमर्थता र  रोषीले जुनै बेला स्वदेश जान सक्ने जनाएपछि संयोजक भेटवालले शुक्रबार एनआरएनलाई छानबिन समिति भङ्ग भएको जानकारी दिएको बताए ।
ुसाथीहरु कार्य व्यस्तताको कारण बस्न असमर्थ भएकोले अर्को समिति बनाउन आवश्यक भए गहन छलफल गरी बनाउनुपर्छ भनेर यो समिति भङ्ग भएको जानकारी दिएको छुु भेटवालले भने(ुसमितिको काम गंभिर भएकोले अब सर्वदलीय, सर्बपक्षीय र समावेशी समिति बनोस् भन्ने मेरो सुझाव छ ।ु
पौडेलले आफूले संस्थालाई सहयोग गर्ने भए पनि व्यक्तिगत तथा व्यवसायिक कारणले र परिस्थिति अनुसार बस्न उपयुक्त नभएकोले असमर्थता जनाएको बताए । रोषीले आफू यहाँ रहुन्जेल संस्थालाई सहयोग गर्न तत्पर भए पनि कुनै पनि बेला नेपाल जान पर्ने भएकोले बस्न नसकेको जनाएका छन् ।
एनआरएन, कतारको आसन्न महाधिवेशनको लागि पार्षद सदस्यता एनआरएनले नयाँ सदस्यता लिन तथा नविकरण गर्न आह्वान गरेको बेला जनप्रगतिशिल मंचले संस्थाभित्र अनियमित तथा ठगी दलालीलाई गर्नेलाई कारवाही नभएसम्म सदस्यता नलिने जनाएपछि एनआरएनले छानवीन समिति गठन गरेको थियो । एनआरएनले कतारले दुई वर्षे कार्यकालको लागि भदौं १६ मा चौथो राष्ट्रिय महाधिवेशनको मिति तय गरी जेठ २० देखि असार ३१ सम्म पार्षद सदस्यताको फाराम वितरण थालेको छ ।
छानबिन समितिलाई संस्था भित्रकै सदस्यले सचिवालयले नमिल्ने काम गरेको आरोप लगाएका छन् । सदस्य करिव बक्स मियाले अन्तिम परिषद भेलाले कार्य समितिलाई अधिवेशन गर्नेमात्र जिम्मा दिएको भन्दै छानवीन समिति गठन गर्ने अधिकार नभएको बताए ।
एनआरएन कतार अध्यक्ष नरेन्द्र भाटले भने छानवीन समिति गठन नभएर प्रकृयामात्र थालेको दावी गरेको छन् । भाटले समितिमा सदस्यहरुले बस्न असमर्थता देखाएको स्वीकार्दै अब के गर्ने भन्नेबारे सचिवालयले निर्णय गर्ने बताए । ुविभिन्न कारणले यो छानवीन समिति सफल हुन सकेन र कार्यान्वय भएन, अब के गर्ने हामी बसेर निर्णय गछौुं भाटले भने ।
उनले समाधान भई सकेका विषयलाई ननिकाल्न आग्रह गर्दै काम गर्ने क्रममा गल्ती भए आफुहरु बसेर छलफल गर्न र गल्तीको सजायँ भोग्न समेत तयार रहेको औल्याए । ुकाम गर्दा गल्ती हुन सक्छ, स्वीकार गरीसकेपछि च्याप्टर बन्द हुनुपर्छु उनले भने ।
माओवादी सम्बद्ध जनप्रगतिशिल मञ्चले एनआरएनको आवरणमा संस्थाका एनआरएनका केही पदाधिकारीहरुले भीसाको कारोवार गरेको, अर्कैको राहदानीमा कामदार ल्याई विचल्ली बनाएको, कामदारलाई भीसा नलगाई काममा लगाउने गरेको, तलब नदिई घर पठाउन खोजेको, पासपोर्ट लुकाउने, विभिन्न संघसंस्था तथा व्यक्तिलाई गरेको सहयोग पारदर्शी नगर्ने गरेको आरोप लगाएको छ ।
मञ्चले व्यक्तिको नाम किटान नगरी एनआरएनले वास्तविक मजदुरका पक्षमा नभएर सिमित व्यक्तिको हितका काम गरेको, कंपनीका मजदुरलाई एकमुष्ट सदस्य बनाएर षडयन्त्र पुर्ण तरिकाले चुनाव जितेको, संस्थाभित्र नै पदाधिकारीहरुले ठगी,दलाली गरेको,  एनआरएन स्वतन्त्र सामाजिक संस्था भनेर अरुलाई राजनिती गर्न हुँदैन भन्दै आफै विभिन्न दलमा लाग्ने गरेको आरोप लगाउँदै मञ्चका अध्यक्ष अध्यक्ष होमनाथ शर्माले एनआरएन कतारले शुद्धिकरणको प्रतिवद्धता नजनाएसम्म यथास्थितीमा पार्षद सदस्यता नलिने बताए ।

No comments:

Pages