6/27/2011

नेपाली कामदारको मृत्यू , विरोध प्रदशन

मधुसुदन महत द कोरियाको थेगु छेथन्दोङघ एक कपडामा कार्यरत लम्जुङ वाहुन डांडा गा वि स निवासी श्री धन राज गुरुङको आत्मा हत्याको विषयलाई लिएर स्थानिय मानब अधिकारबादी र श्रमिक संगठनहरुले विगत दुइ दिन देखी थेगु पुलिस स्टेशन अगाडी विरोध प्रदशन गरि रहेका छन् । 
गुरुङले मृत्यू अगाडी लेखेको चिठिको आधारमानेर स्थानिय पुलिसले उक्त घटनालाई अत्महत्या हो भने पनि कानुनि प्रक्रिया अनुसार लासको मोष्टर्माटम गर्नु पर्नेमा हाल सम्म पनि उक्त लासको मोष्टर्माटम भएको छैन । स्थानिय मानब अधिकारबादी र श्रमिक संगठनहरुले उक्त कामदारले किन आत्माहत्या गर्यो कारण पत्ता लगाउन दवाब उक्त प्रदशन गरेको बुझिन आएको छ । बैदेसीक भुमिमा आफ्नो मृत्यूवरण गरेका स्वगीय धनराज गुरुङको वारेमा द कोरियामा च्याउ उम्ररीए झै स्थापना भएका पचास साठिका हारा हारीमा रहेका नेपाली संघ स्थाहरुले एक नेपालीको अस्वभाविक निधनमा कुनै चासो नदेखाएको बेलामा प्रवासी मजदुरको मृत्यूलाई लिएर स्वदेशी मानबअधिकारवादी तथा श्रमिक संगठनको यो प्रदशनलाई नेपाली संघ संगठनहरुले शिक्षा लिनु पर्ने देखिन्छ ।

No comments:

Pages