महेश्वर नेपाल
मेरो पुस्ताका युवाहरु दिनानु दिन बिदेशीरहेको अबस्था छ । कोहि बिदेशिने तर्खरमा छन तर यति बेला म भने स्वदेसिने तर्खर गर्दै छु । आम नेपालीहरु जस्तै थोरै रहर अनि धेरै बाध्यता थियो म मा पनि तर बाध्यतालाई बाध्यतामै सिमीत राखेर मुलुक फिर्दैछु अबको केहि दिन भीत्रमा नै ।
मेरो पुस्ताका युवाहरु दिनानु दिन बिदेशीरहेको अबस्था छ । कोहि बिदेशिने तर्खरमा छन तर यति बेला म भने स्वदेसिने तर्खर गर्दै छु । आम नेपालीहरु जस्तै थोरै रहर अनि धेरै बाध्यता थियो म मा पनि तर बाध्यतालाई बाध्यतामै सिमीत राखेर मुलुक फिर्दैछु अबको केहि दिन भीत्रमा नै ।
हिम्मत भए कारबाहि गरेर देखा भनेर लागिपर्ने अपराधीहरु कारबाहि गर्न अगाडि सरेको प्रशासन बिरुद्ध लागिपरेर अपराध गर्नलाई छुट पाउनु पर्छ भने झैं गरिलागीपरेका छन राजनिती संरक्षणका ‘ल्यापडग’हरु उफ्रिरहेका छन ।
हत्या हिंसा र लुटपाटले जर्जरीएको देशमा मैले कस्तो किसीमको संर्घष गर्नु पर्ने हो रु महंगि र अभाब जस्ताकुराहरु संग मित्रता गास्दै मैले अगाडि बढनु पर्ने हुन्छ उता ९नेपाल० गएर । त्यो भने नेपाल गएपछि नै भोग्ने छु मैले । यहा“को जस्तै निष्चित समयका कार्यहरु त्यहा“ सरल र सहज भने पक्कै नहुन सक्छ उता ।
वास्तबमै कतार आएका नेपालीहरु भन्ने गर्छन कतार एउटा पाठशाला हो भनेर । त्यहि हक म मा समेत लागु भएको अबस्था छ । गाउ“ समाज, स्कुल अनि कलेजहुदै कतार सम्म आईपुग्दा धेरै कुराको अनुभब बटुल्न सफल भए । यस मानेमा कतार मेरोलागी पनि एक पाठशाला भएको हो । धेरै कुराहरुको अनुभब सहित साहित्य प्रति उजागरहुने अबसर प्रदान यहि कतार अनि यहा“को नेपाली समुदायले नै ग¥यो । समाजसेवाको खोल आढनेहरुले युवाहरुलाई अलपत्रपारेको समयमै तलब भत्ता दिन नसकेको कुराहरु पढन र सुन्नमा आइ रह्यो । देश प्रतिको अगाध माया बिदेशिने नेपालीहरुलाई हु“दो रहेछ भन्ने चेतना यहिं आएपछि जागृत भएर आयो । यहा“ हुने प्राय हरेक कार्यहरुमा सहभागी हुदै कतारमा नेपाली समुदायहरुको बारेमा जान्ने र बुझ्ने मैका पाइयो । थोरै तिने सहयोगले भएपनि आफु जन्मेको गाउ“ समाजलाई बिकास गर्न उत्प्रेरित भइरहेका छन यस्ता कार्यहरुलाई भने सलाम गर्नु नै पर्छ । यहा“ आुशासन र सिस्टममा बस्न बानि परेका हामीहरु जस्तै नेपालमा रहेकाहरु पनि यस्तै अनुशासन र एउटा सिस्टममा बसिदीए देशले छिटै नै मुहार फेर्ने थियो यसमा कुनै संकै थिएन ।
यति खेर मेरोमन थिरमा नै छैन अनेक किसीमका तरंगहरुले छिन छिनमा मन भा“डिन खोज्दछ । हिजो रमाएर बिदेशिने म आज स्वदेश प्रस्थान गर्ने तरखरमा लाग्दा मेरा पाईलाहरु हडबडाइरहेछन नहडबडाउन पनि किन देशको हालत नै त्यस्तै छ । तै पनि मनलाई एकोहो¥याएर एउटा गम्भीर निर्णय लिन पुगे जस्तो भान भइरहेछ क्यान्सील जाने निर्णयले । यतिबेला मुलुकमा असारे ब्यस्तताले छोपेजस्तै छोपेको छ मलाई पनि दोहामा नेपाल फर्कने निर्णय संगै ।
म नेपाल जाने कुरा जव मैले एउटा सामाजिक संजालमा लेखे तब धेरै किसीमका कमेन्टहरु आए । कतार एरवएजमा कार्यरत बिनोद खडकाले लेख्नु भएको थियो ‘किन यति छिटै नेपाल जानलागेको भाई अरु केहि बर्ष बसेको भए हुने थियो’ भनेर लेख्न नभ्याउदै त्यस कमेन्टको जवाफ लगत्तै आत्मिय मित्र राजेश्वर ढकालले म नेपाल जानलागेको कुरा सुनेर बिछोडिनु पर्दै छ भनेर आफुलाई कन्ट्रोलमा राख्न नसकेरै रिसाएर लेखेका थिए ‘बैंश चढेर होला सर’ भनेर अलि बढि नै स्याटर हानेका थिए मलाई ढकालले । साउदिअरेबियामा ६बर्ष भन्दा बढि समय बस्न नपाउने नियम लागु भएपछि त्यस तर्फ इंगित गर्दै साउदिअरेबियाका एनआरएनए अध्यक्ष धरम केसीले लेख्नु भएकोथियो ‘ साउदिमा जस्तै कतारमा पनि ६ बर्ष भन्दा बढि बस्न नपाउने नियम कतारमा पनि लागु भयोकि क्या हो महेश्वरजी’ भनेर । ‘किन यति छिटो नेपाल फिर्नलागेको’ भनेर श्रमसहचारि धुर्ब कोइरालाले लेख्नु भएको थियो । ओखलढुङ्गाका चेतनारायण श्रेष्ठले ‘किन दोहा छाडदै हुनुहुनछ रु क्यान्सील जान लाग्नु भएको हो रु’ भनेर प्रश्न राख्नु भएको थियो । यि माथीका भावहरुको आशय देशको अबस्थाले गर्दा आफनो देश फर्कन समेत डराउनु पर्ने अबस्था छ हामी नेपालीहरुलाई भन्ने दर्शाइ हो । काठमाण्डौं स्थीत न्युरोडमा मोबाइल रिपेयर गरेर बस्ने बर्दियाका सन्दिप आर्चायले भने नेपालमा संबिधान नबनेकाले म गएपछि चैं बन्छ झैं गरि लेख्दै थिए ‘के हो संबिधान बनाउन आउन लागेको हो कि क्या हो नेपाल’ रु भनेर ।
समय बदलिदै गएकाले मानिसको ‘ट्रेन्ज’ समेत बदलिदै गएको यो परिबेशमा मैले अझै केहि समय कतार बस्नु पर्ने थियो । नेपाल गएर के गर्दै हुनुहुन्छ भनेर धेरैले प्रश्नको खात ते¥स्याउने गर्छन । के गर्ने के नगर्ने केहि सोच्नै सकिरहेको छैन अहिले । खास कुनै योजना नवनाई फिर्दै छु म नेपाल । हामी जस्ता मध्यम बर्गीय मानिसहरुले योजना बनाउने तर्फ होइन सम्भावना खोज्नु पर्ने देखिन्छ । दुई चार बर्ष बस्ने योजना लिएर आएकाहरु १५÷ १६ बर्ष यहि कतारमा बिताईरहेका छन अरु कति बर्ष बित्ने हुन । प्राय सबैको मुखमा झण्डिने गर्छ नेपाल गएर के गर्नु मुलुकको हालत खराब छ भनेर । यहि पारा हो भने देश अबको ५ दशक पछि पनि सप्रदैन । बिहान ३ बजे देखी काममा जोतिन रुचाउने हामीहरु आफनो देशमा काम गर्न भने लाजमानेर बस्ने गर्छौं । बिदेश भनेपछि पैसा सजिलै सित कमाउन सकिन्छ भन्ने मानसिकतामा बसेका युवाहरु जव बिदेश आइपुग्छन । अनि त्यतिबेला महसुस गर्न पुग्छन एजेन्ट र म्यानपावरका फोस्रा कुरा सुनेर फसिएको । न्युनतम मासिक २०हजार कमाई हुन्छ ओभर टाईम हुन्छ भनेर आएकाहरु यहा“ आएर मासिक १२हजार देखि १६हजार सम्ममा ८देखी १२ घण्टा सम्म कामगर्नु पर्ने बाध्यतामा पर्दछन । अझ कतिपय कम्पनीहरुले आएको तिन महिना सम्मको पारिश्रमीक नदिने भिषाको पैसा काटने लगायत गर्ने गर्छन । नगरु सयकडम २४ प्रतिशत देखि माथीको ब्याजमा साहुको ऋण काढेर आएको छ गरुं २ बर्ष सम्ममा पनि सावा“ ब्याज भुक्तानी गर्न नसकिने अबस्था आइपर्छ । यो अबधिमा यस्तै गुनासोहरु लिएर दुताबासमा धेरै नेपालीहरु धाउन पुगेको खबर पढनु प¥यो । दुई बर्ष सम्म कतार बसाईमा त्यस्ता प्रकृतिका म्यानपावर र तिनका एजेन्टको नाउमा नेपाली नियोगले समबन्धीत निकायमा कारवाहिको माग गर्दै कयौं पत्रहरु पठाएको खबर यहा“ बाट प्रकाशीतहुने साप्ताहिक पत्रिकाहरुले प्रकाशित गरे तर म्यानपावरहरु कारवाहिमा परे भनेर समाचारहरु कहिल्यौ पढन पाइएन । किन की नेपाल सरकारले एउटा पनि म्यानपावर या त्यसका एजेन्टलाई कारवाहि गर्ने कुनै हिम्मत नै देखाउन सकेन । यस्तो अबस्था छ राज्यको, यो अबस्था सुधार हुन धेरै समय लाग्छ, भने मैले के योजना बनाउ म यो गर्छु भनेर रु त्यसैले सम्भावना खोजि गरौं \
–हाल दोहा
No comments:
Post a Comment