7/02/2011

दोहामा ‘चितवन धमाका’

दोहा– कतारवासी दर्शकको मनोरञ्जनका लागि चितवन यूवा समूह (चियुस) दोहा कतारले आउँदो इदको पहिलो र दोश्रो दिन आफ्नो पाँचौँ प्रस्तुती ‘चितवन धमाका’ आयोजना गर्ने भएको छ ।
इस्लाम धर्मावलम्बीहरूको महान पर्व इदको अवसर पारेर दोहा जु को ड्रिम पार्क परिसरमा आयोजना गर्न लागिएको ‘चितवन धमाका’ बालकृष्ण पौडेलको अध्यक्षता र गणेश ढकालको संयोजकत्वमा आयोजना हुने चियूसले जनाएको छ ।
सो अयोजनाका लागि पौडेलको अध्यक्षतामा र ढकालको संयोजकत्वमा होमनाथ सुवेदी, कविराज सुवेदी र समीर खत्रीको ३ सदस्यीय विशेष समिती चयन भइसकेको छ भने बालकृष्ण थापाको संयोजकत्वमा प्रेम परियार, रवि पुन, कुलदीप थपलिया र प्रेम बि.क.को पाँच सदस्यीय प्रचार प्रसार समिती तय भईसकेको सो कार्यक्रमका संयोजक गणेश ढकालले जानकारी गराए । दर्शकहरूको चापलाई ध्यानमा राखी ८ हजार दर्शकले एकैपटक हेर्नसक्ने स्थान चयन भइसकेको र सनैयाको अलअतियाबाट तथा अन्य ठाउँबाट पनि दर्शकहरूलाई आवतजावतको लागि बसको सुविधा रहने संयोजक ढकालले जानकारी गराए । विगतका समयमा पनि चियूसले यस्तै विविध मनोरञ्जनात्मक कार्यक्रम तथा देउसी भैलो र चिट्ठा कार्यक्रमको आयोजना गरी जम्मा भएको संकलित रकमबाट चितवनमा २ वटा एम्बुलेन्स प्रदान गरिसकिएको साथै शिक्षा स्वास्थ्य तथा खानेपानी जस्ता अन्य थुप्रै शीर्षकमा महत्वपुर्ण सहयोग पु¥याएको अध्यक्ष पौडेलले बताए ।

No comments:

Pages