6/29/2011

नगेन्द्र लिम्बु निलम्बित

प्रेस बिज्ञप्ति
बिभिन्न ६१ जात जातिहरुको साझा संस्थाको रुपमा स्थापित नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेबिया गत १४ जनवरी २०१० मा पुनर्स्थापित भएको थियो ।
महासंघ पुनर्स्थापना भएको एक बर्ष नबित्दै यसले गत बर्ष हेल्प नेपाल साउदी च्याप्टर तथा नेपाली सेवा समिति जेद्दा सँगको सहकार्यमा साउदी अरेबियाको इतिहांसमा नै पहिलो पल्ट साउदी ब्यापी नेपाली साँस्कृतिक कार्यक्रम गर्न सफल भएको थियो । बिडम्बना नै भन्नु पर्छ, उक्त कार्यक्रम सकिएको आज सात महिना पुरा भैसक्दा पनि जेद्दाहमा भएको कार्यक्रम बाहेक रियाद र दमाम क्षेत्रमा भएको कार्यक्रमको आर्थिक प्रतिबेदन आयोजक कमिटीले सार्वजनिक गर्न नसक्नुमा नेपाली समाजमा साथै बिभिन्न संघ संस्थाहरुमा आयोजक प्रति शंका उपशंका उब्जिनु स्वभाबिकै हो । कार्यक्रम सकिएको लगत्तै उक्त कार्यक्रमको आर्थिक प्रतिबेदन सार्वजनिक नगर्दा आयोजक कमिटीलाई ९मुख्यतस् कार्यक्रमका संयोजक श्री हुम सुनारी मगरलाई० प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बिभिन्न आरोप प्रत्यारोप नलागेका होइनन । तर आन्तरिक मनमुटावहरु र केही प्राबिधिक कारणहरुले गर्दा उक्त कार्यक्रमको अन्तिम आर्थिक प्रतिबेदन सार्वजनिक गर्न असर्मथ भएकै हो ।
उक्त सांगितिक कार्यक्रम २०१० का प्रमुख आयोजक संस्थाहरु, जनजाति महासंघ र हेल्प नेपालको सहमतीमा दमाम क्षेत्रको कार्यक्रमको लागि श्री नगेन्द्र लिम्बुलाई क्षेत्रिय संयोजकमा नियुक्ती गरि कार्यक्रमको तय गरिएको थियो । दमाम क्षेत्रको कार्यक्रमको हिसाब किताब देखि लिएर सम्पुर्ण जिम्मा श्री नगेन्द्र लिम्बुलाई दिइएको थियो । कार्यक्रम सकिएको आज सात महिना सम्ममा पनि उक्त कार्यक्रमको दर्शकहरुबाट उठेको रकम महासंघको कोषमा नबुझाएकोले महासंघको ९औ बिस्तारित बैठकको माइन्युटिङ गरिएको अनुसार वहाँले गत नोवेम्बर २०१० मा दमाम क्षेत्रमा भएको साँस्कृतिक कार्यक्रमको दर्शकहरुबाट उठेको सा। रि। १७,८७६ ९अक्षरमा सत्र हजार आठ सय छहत्तर साउदी रियाल० अथवा नेपाली रुपैंया सालाखाला ने रु ३,५७,५२०र( ९तिन लाख सन्ताउन्न हजार पाच सय बिस नेपाली रुपैंया० पटक पटकको लिखित सहमती भए पनि महासंघको कोषमा जम्मा नगराएको जस्तै उक्त साँस्कृतिक कार्यक्रम सकिय लगत्तै कार्यक्रमको हिसाब किताब गर्न आयोजक टोली रियादबाट दम्माम सम्म आइ पुग्दा रात भरी दिन भरि कुराएर अन्तमा मोबाईल अफ गरि भेट्नै नआउनु, फेब्रुअरी २०११ मा १५ दिन भित्रमा महासंघका अध्यक्षलाई उक्त रकम बुझाउने छु भनि जनजाति महासंघ तथा हेल्प नेपालका पदाधिकारीहरुलाई ईमेल मार्फत जानकारी गराउनु तर आफैले कबुल गरेको मिती भित्रमा रकम नबुझाउनु, महासंघको ७औ बैठक १८ अप्रिल २०११ मा एक महिनाको समय मागि बैठकमा उपस्थित सम्पुर्ण पदाधिकारीहरुको रोहबरमा पुन एक महिनाको समय दिएको उक्त बैठकमा माइन्युटिङ गरि हस्ताक्षर गरेको तर पुन थपिएको मिती भित्र पनि रकम नबुझाएको, ८ मे २०११ मा महासंघको ८औ बैठकमा पनि उपस्थित नभएको र ८औ बैठकले सर्बसहमतीबाट निर्णय गरि उक्त रकम बुझाउने समय एक हप्ताको दिएको र उक्त दिन देखि एक हप्ता भित्रमा रकम महासंघको कोषाध्यक्षलाई नबुझाएमा महासघको बिधी र बिधान अनुरुप कारबाही गरिने छ भनि सम्पुर्ण पदाधिकारीहरुको हस्ताक्षर सहित पत्र पठाएको तर त्यसको पनि बेवास्ता गरेकोले महासंघको २४ जुन २०११, शुक्रबार नेपाली दूताबास, रियादमा बसेको बिस्तारित बैठकले श्री नगेन्द्र लिम्बुलाई महासघको उपाध्य्क्ष पदबाट ६ महिनाको लागि निलम्बन गरिएको छ ।
उक्त साँस्कृतिक कार्यक्रम सकिएको आज सात महिना पछि कार्यक्रमका प्रमुख साझेदार संस्था, नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेबियाले कार्यक्रमको आर्थिक प्रतिबेदन सार्बजनिक गर्न नसक्नुको सत्य तथ्य कुरा सार्वजनिक गर्न वाध्य भएको छ । नेपाल आदिवासी जनजाति महासंघको गत २४ जुन २०११, शुक्रबार नेपाली दुताबास, रियादमा बसेको ९औ बिस्तारित बैठक सम्म आइपुग्दा महासंघको बैठकमा उपस्थित सम्पुर्ण पदाधिकारीहरुको सर्ब सहमतीमा महासंघको बिधानको परिच्छेद ४ को दफा न। १ को ९घ० अनुसार सपथ खाएको पदाधिकारीले पदिय दायित्वको दुरुपयोग गरि लापर्बाही गरेको र यसबाट पर्न गएको प्रत्यक्ष वा अप्रत्यक्ष असर सिंगो महासंघमा पर्न गएकोले महासंघका उपाध्यक्ष श्री नगेन्द्र लिम्बुलाई आफ्नो पदको अधिकारबाट बन्चित गराई गत २४ जुन २०११ देखि लागु हुने गरि ६ महिनाको लागि निलम्बन गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ
राष्ट्रिय समन्वय समिति,
साउदी अरेबिया

No comments:

Pages