नेपाली क्लब बहराइनका संस्थापक अध्यक्ष दिप बहादुर खड्काले अर्को ब्यक्तिको राहदानी किर्ते गरी बहराइनबाट फरार भएको थाहा भएको छ।
भरत पोखरी –३ कास्कीका राहदानी नं. ५२६४२७० बाहक ऋषिराज आचार्यको राहदानीमा किर्ते गरि फरार भएका हुन्। लामो समय देखी बहराइनमा बसोबास गर्दै आएका खड्काले बहराइनमा बिभिन्न ब्यक्तिहरुको रकम हिनामिना गर्नुका साथै थुप्रै बिदेशी नेपालीहरुलाई भिसा दिलाउछु भनी रकम अशुली गरेको कारण बहराइन सरकारले स्थानिय अदालतले मुद्दाको छिनोफानो नभए सम्मका लागि स्वदेश फिर्न बन्देज गरेको थियो। सन्२०००मा क्लबको स्थापना भए देखी नै समाज सेवीको रुपमा चिनिदै आएका खड्का स्थानिय अदालतमा मुद्दा परेर बहिर्गमन बन्देज भए पछि पनि नेपाली क्लबको संस्थापक लगायत भवन ब्यवस्थापकका रुपमा थिए। सन् २०१० नोभेम्बरमा क्लबको भवन सम्बन्धी बिबाद भए पछि क्लबले त्यो भवन छोडेर अन्तै अस्थाई रुपमा क्लब संचालन गर्न थाले पछि भने क्लब संस्थापकसँग कुनै सम्पर्क नभएको क्लबका अध्यक्ष दुर्गाबहादुर गिरीले बताउनु भएको छ। धेरै पहिल्यैबाट भिसाको कारोवार गर्दै आएका खड्काले पिडीत आचार्यलाई भिजिट भिसा पठाए पछि आचार्य सन् २०१० डिसेम्बर ११ का दिन बहराइन आईपुगेका हुन्। भिजिट भिसामा बहराइन आइपुगेका आचार्यलाई कामदारको भिसा परिबर्तन गराई आफै ब्यवस्थापक रहेको कम्पनी रोबोध कन्ट्य्राक्टीङ्ग ईस्टमा काम लगाई दिने आश्वासन दिएर काम गर्दै गर्न भनेका खड्का सन् २०११ जनवरी १४ बाट अचानक सम्पर्क बिहिन भए। ३÷४ दिन सम्म प्रतिक्षा गर्दा पनि सम्पर्क हुन नसकेपछि घर फर्कनको लागि पहल गरिदिनु पर्यो भनेर नेपाली क्लबको शरणमा पुगेका आचार्य अहिले सम्म पनि नेपाली क्लबकै शरणमा बसेका छन्। घर फर्कनको लागि क्लबका अध्यक्ष दुर्गा गिरीले पहल गर्ने क्रममा सँस्थापक खड्काले आचार्यको राहदानी किर्ते गरी बहराइनबाट बाहिरी सकेको तथ्य पत्ता लागेको हो। आचार्यको नं. र हुलिया मिल्ने गरी राहदानी कसरी जारी गरियो भन्ने बारेमा क्लबका अध्यक्षले बुझ्दा खड्काले आचार्यको राहदानी हरायो भनेर मालीक सँग नया राहदानीको लागि सिफारीस पनि लिएको बुझिएको छ। यो भन्दा अगाडी राहदानी कसरी जारी भयो भन्नेबारे नेपाली कुटनितीक नियोग साउदी अरबले पनि केही बोलेको छैन।क्लबका अध्यक्षको सहयोग लिएर बैदेशिक रोजगार बिभागमा जानकारी गराए पछि ,बैदेशिक रोजगार बिभागले पत्र सँख्या २०६७र६८ चलानी नं.२००४ मार्फत परराष्ट्र मन्त्रालय र नेपाली राजदुताबास रियाद, साउदी अरेबियालाई आदेश पनि गरेको छ। तर दुताबास साउदीअरबबाट यस सम्बन्धी कुनै छानबिन गर्ने र पिडीतलाई उद्धार गर्ने पहल भएको छैन। पिडीत आचार्यले दुताबासमा सम्पर्क गर्दा नेपाली राजदुताबासका का.वा. राजदुतले मलाई बहराइनको बहिर्गमन शाखाको फोन नं. दिनुस भन्ने पातलो कुरा गरेको पिडीतले बताए। यदी पिडीतले बहिर्गमन शाखाको फोन नं. बताउने भए कुटनितिक नियोग के को लागी? यसरी भिसा निकाल्दै आफु खुसी राहदानी किर्ते गर्नमा क–कसको सँलग्नता छ। त्यो सम्बन्धी छान बिन गर्नु त परकै कुरा पिडीतको उद्धार गर्नमा पनि कुटनितिक नियोगले चासो नदिए पछि पिडीतले राहत पाउन सकेका छैनन्। यो भन्दा अघी बहराइनमा रहेका साना तिना मुद्दा मामीलाहरु हेर्नको लागि कुटनितिक नियोग साउदी अरबले नेपाली क्लब बहराइनलाई अधिकार समेत दिएको थियो। दुताबासबाट अधिकार पाएको क्लबका सँस्थापकलेनै यसरी किर्ते गरे पछि अरु समाज सेवीहरु र क्लबबाट बहराइनका नेपालीहरुले के आशा राख्ने भन्ने प्रश्न खडा भएको छ। यसै गरि पत्रकार सँघ बहराइनका अध्यक्ष , नेपाली क्लब बहराइनका सचिव र गैरआवासिय नेपाली सँघका महासचिव समेत रहेका सन्तोष दाहाल सँग आफ्नो बारेमा बताउन खोज्दा कुरै सुन्न नचाहे झैँ गरेको पीडितले बताएका छन्। यस्ता समस्याहरुमा पत्रकार सँघका अध्यक्षले पनि चासो नदिदा सञ्चार माध्यमहरुमा पनि बिस्वास गर्न नसकिने अवस्था भएको छ।
No comments:
Post a Comment