5/06/2011

कांग्रेसी पत्रकारहरु कारबाहीमा

नेपाल पत्रकार महासंघको सम्पन्न २३औ महाधिवेशनमा प्रजातन्त्रवादी समुहका बिरुद्धमा निर्वाचनमा खडा भएका सबै उमेदवारलाई एक बर्षका लागि साधारण सदस्य समेत नरहने गरी निलम्वन गरिएको छ ।

धार्मिक भेषमा नेपालबाट अमेरिकामा मानवतस्करी

उनी धर्मगुरुका नामबाट चिनिन्छिन् तर उनी मानवतस्करीमा संलग्न रहेको तथ्यहरुबाट पुष्टि भएको छ ।  अवतार लिने धार्मिक ग्रन्थका भगवान विष्णुलाई नै पछ्याउने गरी उनले अमेरिकामा मानवतस्करी गर्न र नेपालमै धन्दा चलाउनका लागि अनेकौं भेषमा काम गरे ।  न्युयोर्कबाट किशोर पन्थीले तयार पारेको विशेष रिपोर्ट ।

पासपोर्ट व्यापारी सभासद् छुटे

रातो पासपोर्ट दुरुपयोगको अभियोगमा पक्राउ परेका सभासदद्धय वीपी यादव र गायत्री साहलाई धरौटीमा रिहा भएका छन् ।

खनाल र दाहाललाई गल्हत्याउने तयारी

मन्त्री परिषद् विस्तार नभएकोमा चिन्तित पार्टीका कार्यकर्ताहरू मन्त्री परिषद् विस्तारपछि झनै चिन्तित भएका छन् ।

आयल निगमका भ्रष्टलाई फेरि दुई अर्ब

सरकारले नेपाल आयल निगमलाई दुई अरव रुपैयाँ दिने भएको छ ।

5/05/2011

हा...हा...हा...मुलुकका संविधान निर्माताहरू



पशुपति राणाको राजर्सी छाँट

हुनेखाने मान्छेको सोख पनि अचम्मको हुँदो रहेछ । हाम्रो देशका एकजना वयोवृद्ध नेताले आफ्नो जन्मदिन विदेशी भुमिमा मनाउन दुईवटा प्लेन चार्टर गरेको समाचारसँगै यो अनौठो सनक सार्वजनिक भएको हो ।

लादेनको मृत्युप्रति अझै आशंका

अमेरिकी सेनाले पाकिस्तानको राजधानी इस्लामावादनजिक अवस्थित अबोतावादमा अलकायदाका नेता ओसामा बिन लादेनलाई मारेको समाचार

पूर्वमन्त्रीले ल्यापटप दम्पच पारे

 वाणिज्य तथा आपुर्ति मन्त्रालयले पुर्व राज्यमन्त्रीलाई ल्यापटपलगायतका सामान फिर्ता गर्न ताकेता गरेको छ ।

लोडसेडिङ घटेजस्तो भयो

जनतालाई अध्याँरो उपहार दिदै आएको नेपाल विद्युत प्राधिकरणले बल्ल सातामा १८ घण्टा लोडसेडिङ घटाउने भएको छ । हाल सातामा ९८ घण्टा हुँदै आएको लोडसेडिङ भोलीबाट ८० घण्टामा झार्न लागिएको छ ।

परिर्वतित तालिका अनुसार अब सातामा चार दिन दिनमा दुई पटक गरी ११ घण्टा र तीन दिन १२ घण्टा लोडसेडिङ हुनेछ । यसअघि दैनिक १४ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।

प्रहरीले विरामीका आफन्त कुटे


सर्वोच्च अदालतको आदेश अनुसार भरतपुरस्थित क्यान्सर अस्पताल सुचारु गराउन माग गर्दै प्रदर्शनमा उत्रिएका विरामीका आफन्तलाई प्रहरीले कुटपिट गरेका छन् । 

जेठ १५ गते नेपाल टुक्रिने

काठमाडौ ।  थरुहट स्वायत्त राज्य परिषदले जेठ १४ गतेभित्र संविधान जारी नभए जेठ १५ गतेबाट थरुहट प्रदेशमा छुट्टै राज्य संचालन गर्ने घोषणा गरेको छ । लक्ष्मण थारुले नेतृत्व गरेको परिषदले कुनै पनि हालतमा जेठ १४ गते संविधान जारी गर्नपर्ने अन्यथा छुट्टै राज्य घोषणा गर्ने धम्की दिएका छन् ।
एमाले, माओवादी र फोरमबीच भएको राष्ट्रघाती सहमतिका कारण सविधान बन्ने स्थिति नदेखिएको र आदीवासी थारुहरुलाई मधेसी बनाउने सो सम्झौता खारेज गर्न आलटाल गरेकाले छुट्टै थरुहट राज्य घोषणा गर्न लागेको उनको कथन छ ।
परिषदले जेठ १४ गते अघिनै संविधान जारी गर्न दवाव सृजना गर्न  बैशाख २७ गतेबाट दुई दिने थरुहट बन्द सहितको तीन साता लामो आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

कसरी मारिएका थिए लादेन ?

झलनाथ खनाललाई साढे सात

सरकार गठन भएदेखि नै विवादमा रहेको गृह मन्त्रालय अन्ततः माओवादीले पाएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनाललाई आफ्नै पार्टीका नेताहरुले संकटमा पार्ने तयारीमा छन् ।

भविष्यका पत्रकारहरुद्वारा क्याम्पसमा तालबन्दी

त्रिभुवन विश्वविद्यालय अन्तर्गत आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागमा विद्यार्थीहरुले बुधबार गरेको तालाबन्दी अझै खुल्न सकेको छैन ।

नेपाली सेनालाई राष्ट्रसंघको सफाई

द्वन्दग्रस्त अफ्रिकी मुलुक हैटीमा शान्ति स्थापना कार्यमा खटिएको नेपाली सेनाको टुकडीका कारण गतवर्ष त्यहाँ झडापखालाको महामारी फैलिएको भन्ने आरोप लगाउने संयुक्त राष्ट्र संघले अहिले सो गलत भएको जनाएको छ ।

प्रचण्डसँग बैद्यको बिलौना

सहमति विपरित मन्त्रिहरुको कार्यविभाजन गरेको भन्दै एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्यले अध्यक्ष पुष्कपमल दाहालसँग भेटेर असन्तुष्टी व्यक्त गरेका छन् ।

5/04/2011

दूतावासको निणर्य मानवतस्करलाई सहकाल

कतारमा फ्रि भिसा र फ्रि टिकटमा ८ सय तलबको आकर्षक रोजगारीको अवसर विज्ञापन पत्रपत्रिकामा हेरेर मेनपावरमा कम्पनीमा पुग्ने सयौं युवाहरु खुलेआम ठगीको शिकार भएका छन् ।

५० हजार बेरोजगार दक्षिण कोरिया जान लालायीत

मोहन गुरुङ
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि भाषा परीक्षा आवेदन फारम भर्नेको संख्या अहिलेसम्मकै धेरै पुगेको छ।

२१ मे २०११ खतरापूर्ण

ज्योतिषाचार्य शालिग्राम ढकाल
२१ मे २०११ साँझ ६ बजे भित्र ९वि।सं। २०६८र२र७ गते शनिबार० को दिन नेपाल, भारत, चीन, पाकिस्तान र अमेरिकामा राजनीतिक तथा प्राकृतिक ठूला घटना तथा दुर्घटना हुन सक्ने ज्योतिषीय अध्ययन अनुसन्धान र गणितीय हिसाबले देखिएको छ।

पासपोर्ट व्यापारी सभासद्विरुद्ध मुद्दा दायर

काठमाडौ । कुटनीतिक राहदानी दुरुपयोग गरेको आरोपमा पक्राउ परेका दुई सभासद्विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

विदेश पठाएर यौन शोषण

भीमफेदी । मकवानपुर जिल्ला अदालतले नामटार गाविस–६ निवासी कमला रुम्वा लामालाई एक महिलालाई विदेश पठाई जबरजस्ती यौनशोषण गराएको आरोपमा पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ ।

तीन करोड तिरेर ठग उम्कियो

काठमाडौ । मुद्राको अवैध कारोबार मुद्दामा १५ महिनादेखि थुनामा रहेका सिन्धुपाल्चोक फुटिङ्गका नारायण पौडेलले जरिवाना बापतको तीन करोड रुपियाँ बुझाएर आज जेलमुक्त भएका छन् ।

अझै पुगेन भ्यागुताको धार्नी

 भ्यागुताको धार्नी पुर्याएर जम्बो सरकार बनाउन लागेका प्रधानमन्त्री झलनाथ खनालले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । खनालले  एकीकृत नेकपा माओवादी, मधेसी जनअधिकार फोरम, नेकपा संयुक्त, नेकपा माले र माले समाजवादीका मन्त्रीहरुलाई समेटेर मन्त्रिपरिद् विस्तार गर्नु भएको हो । यससँगै सरकार दुई तिहाई बहुमत नजिक पुगेको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा माओवादीका माओवादीका तर्फबाट आठ, फोरमका तीन तथा संयुक्त र मालेका एक(एक मन्त्रीले प्रधानमन्त्री खनाल समक्ष पद तथा गोपनियताको सपथ लिए ।

माओवादीका तर्फबाट अग्नी सापकोटा सञ्चार मन्त्री, शक्ति बस्नेत स्वास्थ्यमन्त्री, प्रभु साह कानुनमन्त्री, महेन्द्र पासवान उद्योगमन्त्री, जयपुरी घर्ती महिलामन्त्री, रामचरण चौधरी थारु भूमिसुधार मन्त्री, हितवहादुर तामाङ युवा तथा खेलकुदमन्त्री र विश्वनाथ साह शान्तिमन्त्रीमा नियुक्त हुनु भएको छ ।

यसैगरी हरिनारायण चौधरी कृषीमन्त्री र मोहम्मद इस्तियाक राई श्रममन्त्रीमा नियुक्त हुनु भएको छ । यस्तै संयुक्तका सुनिल मानन्धर वातावरणमन्त्री र मालेका खगेन्द्र प्रसाई संस्कृतिमन्त्रीमा नियुक्त हुनु भएको छ ।

प्रधानमन्त्री खनालले बुधबार नै पाँच राज्यमन्त्री नियुक्त गर्नु भएको छ । प्रधानमन्त्री खनालले माओवादीका धर्मशिला चापागाईलाई सञ्चार, देवी खड्कालाई भौतिक योजन तथा निर्माण, ध्रुवकुमार लिम्बु पर्यटन तथा नागरिक उड्ययन र हकिकुल्लाह खाँ भूमिसुधार तथा फोरमका नन्दनकुमार दत्त कृषी राज्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगतै खनालले सानो र छरितो आकारको मन्त्रिपरिषद् गठन गठन गर्ने बताउनु भएको थियो । तर, सरकारलाई दुई तिहाईको समर्थनको बनाउन खोज्दा खनाल नेतृत्वको मन्त्रिपरिषद् ठुलै भएको छ । चौथो पटकको विस्तारसँगै मन्त्रीहरुको सख्या २२ पुगेको छ र १० राज्यमन्त्री नियुक्त भइसकेका छन् । फोरम र नेकपा मालेले एक(एक मन्त्री पठाउनै बाँकी छ भने माओवादीले ६, एमालेले तीन र फोरमले तीन राज्यमन्त्री पठाउन बाँकी छ । उसो त सरकारमा सहभागी अन्य तीन साना दलले पनि कम्तिमा एक(एक राज्यमन्त्री माग्ने लगभग पक्का छ । अहिलेसम्मको सबैभन्दा ठुलो मन्त्रिपरिषद् कांग्रेस नेता शेरबहादुर देउवाको नेतृत्वको ४८ सदस्यीय थियो । त्यसपछि माधवकुमार नेपाल नेतृत्वको सरकार ४६ सदस्यीय थियो ।

बिस्तारै बिस्तार, सधैं विवाद

भरे भोलि भन्दाभन्दै आफू प्रधानमन्त्री भएको ठ्याक्कै तीन महिनापछि प्रधानमन्त्री खनालले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । निकै मेहनतपछि बल्लतल्ल गठन भएको नयाँ सरकारलाई पूर्णता पाउन पनि उस्तै हम्मेहम्मे पर्यो । शुरुमा खनाल एक्लैले शपथ लिनुभयो । आफ्नै पार्टीका मन्त्रीहरुलाई सरकारमा लैजान पनि दुई खेप गर्नुपर्यो । विष्णु पौडेललाई गृहमन्त्री बनाउने पार्टीको निर्णय र गृहमन्त्रालय आफूले पाउनुपर्ने माओवादी दबाबले उहाँ निकै झमेलामा पर्नुभयो । पार्टीबाट सिफारिस भएका विष्णु पौडेल र गंगालाल तुलाधर झण्डै महिना दिन विना विभागीयको रुपमा रहे ।

विवादकै बीच प्रधानमन्त्री खनालले पौडेललाई रक्षामा सार्नुभयो, गृह आफैंले राख्नुभयो । त्यसपछि फेरि पार्टीका अर्को पक्षधरलाई चिढ्याएर उहाँले दोस्रोपटक मन्त्रिपरिषद विस्तार गर्नुभयो । आफ्नै पार्टीका मान्छे सहभागी दोस्रो पटकको विस्तारमा राधा ज्ञवालीले शपथै नलिई विदा लिनुभयो । ल्हारकाल लामा प्रकरणले फेरि विवाद बल्झायो । विवादकै बीच अर्थराज्यमन्त्री लामाले राजीनामा दिनुभयो । यसरी सुरुवातदेखि नै विवाद र झमेला थपिँदै आएको मन्त्रिपरिषदमा तेस्रो विस्तार हुने क्रमसम्म आईपुग्दा यो झन् बढेर गएको छ दुवै सत्ताधारी एमाले र माओवादीमा ।

लादेनलाई निःशस्त्र अवस्थामा मारेको खुलासा

अलकायदाका संस्थापक नेता ओसामा विन लादेनलाई अमेरिकाले निःशस्त्र अवस्थामा हत्या गरेको खुलासा भएको छ । आफ्ना सेनाले निशस्त्र अवस्थामा रहेका लादेनलाई नियन्त्रणमा लिएर मारेको अमेरिकाले स्वीकार गरेको छ । लादेन विरुद्धको कारबाही भाँडिनसक्ने आशंकामा त्यसको सूचना पाकिस्तानका अधिकारीहरुलाई नदिइएको अमेरिकी गुप्तचर संस्था सी आई एले जनाएको छ । लादेनलाई गत सोमबार पाकिस्तानको राजधानी इस्लामावादस्थित एक घरमा बसिरहेको बेला अमेरिकी सेनाले नियन्त्रणमा लिएर हत्या गरेका थिए । लादेन मारिएको तस्वीर उपयुक्त समयमा सार्बजनिक गर्ने अमेरिकाले जनाएको छ ।
 

आजका भाग्यमानीहरू

मधेसी जनअधिकार फोरमले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्री झलनाथ खनाल समक्ष सिफारिस गरेको छ । फोरमले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीमा पार्टी अध्यक्ष उपेन्द्र यादव, कृषीमन्त्रीमा हरिनारायण चौधरी र श्रममन्त्रीमा मोहम्मद इस्तियाक राइलाई सिफारिस गरिएको छ ।
यसैगरी नन्दनकुमार दत्तलाई कृषी राज्यमन्त्रीमा सिफारिस गरिएको फोरम महासचिव रामसहाय यादवले जानकारी दिनुभयो । उहाँका अनुसार एक मन्त्री र तीन राज्यमन्त्री भने पछि पठाइनेछ ।

क्यान्सर अस्पताल खुल्यो

चितवनको भरतपुरमा रहेको क्यान्सर अस्पताल बुधबारदेखि सञ्चालनमा आएको छ । अस्पताललाई बुधबारदेखि सञ्चालनमा ल्याउनका लागि सर्वोच्च अदालतले अन्तरिम आदेशदिएपछि बन्द रहेका अस्पतालका सबै सेवाहरू सुचारु भएका छन् । नेपाल स्वास्थ्यकर्मी संघले अदालतको आदेशलाई सम्मान गर्दै ताला खोलेर काम सुचारु गरिएको जानकारी दिएको छ ।
संघका अनुसार बुधबारदेखिनै सबै सेवाहरू नियमित सुचारु हुने भएको छ । उपभोत्ता हित संरक्षण मञ्चले बन्द रहेको अस्पताल तत्काल सञ्चालनमा ल्याउन माग गर्दै दायर गरेको रिट उपर मंगलबार अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले २४ घन्टाभित्र बन्द अस्पताल खुलाउन आदेश दिएको थियो ।
सञ्चालक समितिले अस्पतालको कार्यकारी निर्देशकमा डा। लक्ष्मीनारायण सिंहलाई नियुक्त गरेपछि त्यसको विरोध गर्दै तत्कालीन कार्यकारी निर्देशक भक्तमान श्रेष्ठ समर्थित कर्मचारीले दुई महिनाअघि अस्पतालको प्रशासन कक्षमा तालाबन्दी गरेपछि विवाद बढेको थियो । अस्पतालको ताला नखोलिएको विरोधमा लक्ष्मीनारायण समर्थक चिकित्सक हड्तालमा उत्रिएपछि ६ दिन यता आकस्मिकबाहेक अस्पतालका सबै सेवा ठप्प थिए ।

5/03/2011

‘झ’ हरू होसियार !

झलनाथले झापड खाए, झक्कुले झापड खाए । अब बिस्तारै धेरैले झापड खाने भएका छन् । सत्ताको खेलमा लागेर जनतासँग झेल गर्नेहरूलाई झापडको झारफुक नगरि हुन्न भन्ने अब जनताले बुझिसकेका छन् ।



पत्रकारहरू नेता छान्न व्यस्त

काठमाडौँ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सुरु  भएको छ । बिहान ९ बजेदेखि कमलादीस्थित प्रज्ञा भवनमा मतदान सुरु भएको महासंघका उपाध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।

सर्वोच्चको आदेश उल्लंघन, अस्पताल खुलेन

भरतपुरस्थित क्यान्सर अस्पताल आजदेखि सञ्चालनमा ल्याउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिए पनि अस्पताल अझै खुलेको छैन । उपभोत्ता हित संरक्षण मञ्चले तत्काल अस्पताल सञ्चालनमा ल्याउन माग गर्दै दायर गरेको रिट उपर मंगलबार अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले २४ घण्टाभित्र बन्द अस्पताल खुलाउन आदेश दिएको थियो ।

घरेलुहिंसाको ज्वलन्त उदाहरण आमाजु र भतिजबाट कुटिईन् गीता

धरान । स्कुलमार्ग लाइनकी गीता राईलाई आमाजु र भतिजा मिलेर मरणासन्न हुनेगरि कुटपिट गरेका छन् । आमाजु मैया राई र भतिजा प्रदिप राईको कुटपिटबाट ३१ बर्षीय गीताको शरीरभरी निलडाम छ भने तीघ्रामा गहिरो चोट लागेको छ । पीडित र छिमेकीहरुको भनाईमा शुक्रबार राती आमाजु र भतिजा मिलेर गीतालाई भाटा र दाबिलोले जथाभावी चरम यातना दिदै कुटपिट गरेका थिए । कुटपिट हुदै गर्दा गीताले गुहार मागेपछि छिमेकी पुगेर उनको ज्यान जोगाइदिएका थिए । छिमेकीहरुले नै उनलाई उद्दार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका थिए । अहिले उपचार पछि उनी घरमै छिन् ।
छिमेकी बचाउन नआएको भए आफुलाई मारिसक्ने पीडित गीताले बताइन् । पीडित गीताले शनिबार दिउसो आमाजु र भतिजाको विरुद्धमा ज्यान मार्ने उद्योगमा उजुरी दिएका छन् । दुवैलाई शनिबार बिहान नै छिमेकीहरुको पहलमा प्रहरीले पक्राउ गरिसकेको छ ।
पीडित गीताका अनसार करिब ५ महिनाअघि देखि आमाजु मैयाले हङकङमा रहेका पतिलाई विभिन्न नचाहिदो कुरा लगाएको र त्यही बेलादेखि पतिले पनि फोन गर्न र घर खर्च पठाउन छाडेका थिए । आमाजुले नै आरोप लगाउदै तथानाम गालीगलौज गर्ने र कुटपिट गर्ने गरेको पनि उनले बताइन् । आमाजुले कोठामा सुत्न नदिएपछि हाल भर्यांग मुनिको खाली ठाउमा गुन्द्री ओछ्याएर रातमा सुत्नुपरेको गीताको भनाई छ । ‘बिष खाएर मर कि झुण्डिएर मर भन्दै गाली गर्छन्’—उनले भनिन् ।
घरमा खाना खान नदिने गरेकोले छिमेकीहरुकहाा पुगेर छाक टार्ने गरेको उनले बताइन् । गीताको ११ बर्षअघि सुर्दशन राईसाग विवाह भएको थियो । दुवैको १० र ६ बर्षीय छोरा छन् । बिवाह गरेको २ बर्षमै सुर्दशनले हङकङमा अर्को विवाह गरेको पीडित गीताले बताइन् । उनले आफु र आफ्ना छोराको भविष्यको लागि अधिकार पाउनुपर्ने माग गरेकीछिन् ।

माधवसँग झलनाथको बिलौना

प्रधानमन्त्री झलनाथ खनालले सरकार सञ्चालनमा सहयोग गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् । पार्टीभित्रको विवाद र सम्बन्ध सुधारका विषयमा छलफल गर्न प्रधानन्त्री एवं एमाले अध्यक्ष खनाल वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा पुगेका थिए ।

६ सय १ सभासदलाई सुनाइदिनु

सुनसरीका देवीप्रसाद रेग्मीले एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हानेको चर्चा सेलाएको छैन । झापड हान्ने रेग्मी प्रहरीकहाँ तरेख धाइरहेका छन् । देश विगारेको भन्दै खनाललाई झापड हानेको केही महिनामै संविधान नबनाएको भन्दै एक सभासदले फेरि झापड खाएका छन् । सभासद झक्कुप्रसाद सुवेदी ९जो माधव नेपाललाई काठमाडौंबाटै हराएर चर्चामा आएका थिए० लाई सोमबार काठमाडौंमा कफी पसल चलाएर बसेका गोर्खाका प्रेमराज देवकोटाले झापड हानेका छन् ।

सभासदलाई किन झपड हानेको?
२ वर्षमा बन्ने भनेको संविधान तीन वर्ष हुँदा पनि बनेन । खाली काटाकाट मारामार मात्र गर्छन्, मिल्नु छैन । नेपाल आमाका छोरा छोरीको भविश्य के छ यहाँ रु मलाई साह्रै आत्मा दुख्यो । त्यै भएर उनीहरुले राष्ट्रलाई घात गर्न पाउँदैनन भनेर झापड हाने ।
अब तपाईलाई कारवाही हुन्छ नि?
मलाई यहाँ घाटी समाउँदै गोली हान्ने हो भने पनि म मर्न तत्पर छु । देश जोगिन्छ भने, नेपाल आमाको राम्रो हुन्छ भने म गोली खान तयार छु । नेपाल आमाको छोरा हुँ ।
संधै आइरहनु हुन्थ्यो उहाँ?
आउनु हुन्नथ्यो । मैले नै बोलाएको हुँ । उहाँ मेरो आफ्नै सभासद हो । मैले बोलाएर चिसो तातो के खानु हुन्छ भनेर सोधे, उहाँले खान्न भन्नुयो । त्यसपछि मैले कापी ल्याएर म जेठ १४ गते संविधान बनाउछु भनेर लेख्नुस कि बनाउन्न भनेर लेख्नुस भने । उनी उहाँले बन्दैछ भनेपछि मलाई पारो चढ्यो । त्यसपछि मैले प्रश्नहरु राखे, तपाई हाम्रो क्षेत्रबाट जितेको सभासद, शान्ति र संविधान हुँदैछ, हुँदैछ मात्र भन्नुहुन्छ । हली हो पनि भन्नुहुन्छ । अब ढुङ्गोमा हलो अड्केपछि के हुन्छ रु खाल्टोमा पर्न लागेपछि के गर्नु हुन्छ रु भनेर सोधे । त्यसपछि उहाँले जसरी पनि गोरु फर्कन्छ भन्नु भो । त्यसपछि मेरो पालो गोरु फर्कने होइन तपाईले गोरुको पुच्छर निमोठ्नु हुन्छ, अनि गोरुले यसरी हान्छ भनेर दुर्इ झापड दिए ।
तपाईको झपडले शान्ति र संविधान बन्न छ त?
शान्ति र संविधान नबनोस, मेरो आत्माले शान्ति त पायो । मानव जातिमा चेतना हुनुपर्छ ।
चर्चा पाउन झपड हान्नु भएको हो?
मलाई चर्चाको कुनै शोख छैन ।
तपाईले झापड हानेपछि उहाँले के भन्नुभो?
उहाँले केही गर्नु भएन, केही गर्न मानस पटलले दिएन, अनि मैले यो झपड ६ सय १ सभासदलाई सुनाइदिन भने । जेठ १४ पछि संविधान बनेन भने तिमीहरु नेपाल आमाका प्यारासाईट हुन भने ।
अरुलाई छाडेर किन उहाँलाई नै झपड हानेको?
उहाँ मेरो आफ्नै सभासद हो । पसल बन्द गरिगरि गएर भोट हालेको छु । हामीले जिताएको सभासद हो ।
तपाई कुनै पार्टीमा हुनुहुन्छ?
म कुनै पार्टीमा छैन । म नेपाल आमाको सन्तान हुँ ।

मतदाता नामावली संकलक लखेटिए

मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ताले मोरङमा फोटोसहितका मतदाता नामावली संकलन गर्न गरेका निर्वाचन आयोगका कर्मचारीहरुलाई गाउँ–गाउँवाट लखेटेका छन् । नागरिकता वितरण गरेर मात्रै फोटो सहितको मतदाता नामावली संकलन गर्न माग गर्दै फोरम नेपालका केन्द्रीय सदस्य मृत्युजन्य कुमार झा लगायतका नेता कार्यकर्ताले मोरङको सुस्वनी जाहदा, मौदारी लगायतका एक दर्जन गाउँवाट निर्वाचन आयोगका कर्मचारीहरुलाई लखेटेका हुन् । मधेसवादी दलहरूले फोटो सहितको मतदाता नामावली संकलनका लागी नागरिकता अनिवार्य रहेको प्रावधान हटाउन माग गर्दै आएका छन् । उनीहअरुले कर्मचारीको कागजपत्र र सरसामान समेत नियन्त्रणमा लिएका छन् । उनीहरुले केन्द्रमा सरकार र दलहरुबीच सहमति नभई गाउँ नआउने सर्तमा मेसिन भने फिर्ता गरेका छन् ।

दुर्घटनामा ११ जनाको मृत्यु

सिन्धुलीमा मंगलबार भएको यात्रु बस दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ । १० जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रचण्डले मन्त्री छान्न सक्लान्?

एकीकृत नेकपा माओवादीले शान्ति र संविधानका लागी दबाबमुलक कार्यक्रम गर्ने भएको छ । प्रचण्ड निवास नयाँ बजारमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले शान्ति र संविधानविरुद्ध षड्यन्त्र भइरहेको निष्कर्ष निकाल्दै दबाबमुलक कार्यक्रम सार्वजनिक गरेको हो । 

किर्ते कागज बनाउने पक्राउ

विभिन्न सरकारी संस्थाको शैक्षिक प्रमाणपत्रदेखि सवारी चालक अनुमतिपत्र समेतका कागजात किर्ते गरी बिक्री बितरण गर्ने काभ्रेका हेमकुमार राईलाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ । राईलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाबाट खटिएको प्रहरी टोलीले किर्ते कागजात गरिरहेका बेला काठमडौँको केशरमहलबाट पक्राउ गरेको हो ।
उपत्यकामा नक्कली कागजात बनाएर सवारी चालक अनुमतिपत्र बनाउने गिरोह सक्रिय रहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरीले त्यस्ता गिरोह एवम् समूहलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउने विशेष योजना बनाएर छापा मारिरहेका बेला राईलाई पक्राउ गरिएको हो ।
राईले सर्वसाधारणलाई सस्तो र सर्वसुलभरुपमा सवारी चालक अनुमतिपत्र बनाइदिन्छु भनी प्रलोभन पारी पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार राईको साथबाट तीन थान नक्कली सवारी चालक अनुमतिपत्र बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
यसैबीच अवैध लागुऔषध चरेससहित इचङ्गुनारायण गाविस–३ बस्ने पूर्ख नगरकोटी र मकवानपुर जिल्ला आग्रा गाविस–३ बस्ने राजु ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । नगरकोटीको घरमा लागुऔषध चरेस बिक्रीवितरण हुने गरेको भन्ने खबर प्राप्त हुनासाथ यही वैशाख १८ गते दिउँसो महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा तीन केजी सात सय ५० ग्राम चरेस बरामद भएको थियो ।  यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अस्पतालमा राजनीति गर्ने विरुद्ध मुद्दा

नयाँ कार्यकारी निर्देशक नियुक्त भएपछि उत्पन्न विवादका कारण सबै सेवा ठप्प भएको भरतपुरको विपी मेमोरियल क्यान्सर अस्पताल अझै खुल्ने संकेत देखिएको छैन । फागुन १६ गतेदेखि अस्पतालको प्रशासनमा ताला लागेको थियो भने गत विहीबारदेखि सबै सेवा ठप्प भएको थियो ।

5/02/2011

सभासद् विजुली चोर

एकीकृत नेकपा माओवादीको समानुपातिक तर्फकी सभासद् इन्द्रमती यादव बिद्युत चोरी गर्दा ( गर्दै पक्राउ परेकी छिन्। मुलुकले चर्को लोडसेडिङको मार खेपिरहेको अवस्थामा बिद्युत चोरीमा संलग्न सभासद्लाई प्रहरीले ३ हजार रुपैयाँ जरिवाना गराएर छाडेको छ।

सभासद् झक्कु सुवेदीलाई झापड

माओवादी सभासद् झक्कुप्रसाद सुवेदीलाई सोमबार साँझ एक चिया पसलेले दुई झापड हानेका छन् । कोटेश्वर पेरिडडाँडाबाट फर्किदै गरेका सुवेदीलाई तीनकुने कफी सपका सञ्चालकले झापड हानेका हुन् ।

अस्पतालको क्यान्सर ठिक पार्न समिति गठन

चार बिरामीको मृत्यु उपचार नपाएर हजारौंको बिचल्ली भएपछि चितवनको भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशक नियुक्तिको बिबाद मिलाउन स्वास्थ्य मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।

क्षत्रीहरुले अनिश्चितकालीन काठमाडौँ बन्द गर्ने

निर्धारित मितिमै संविधान जारी गर्न दबाब दिने उद्देश्यले क्षेत्री समाज नेपालले जनचेतना र दबाबमूलक कार्यक्रम गर्ने भएको छ। आन्दोलनको पहिलो चरणमा प्रमुख जिल्ला अधिकारी र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ। मागहरू सम्बोधन नभए जिल्ला, क्षेत्र हुँदै अनिश्चितकालीन काठमाडौँ बन्द गर्ने कार्यक्रम रहेको महासचिव खड्काले बताउनुभयो।

विन लादेनको अन्त्येष्टि पनि भइसक्यो

विन लादेनको अन्त्येष्टि गरिसकएको दाबीगएराति पाकिस्तानको राजधानी इस्लामावाद नजिकैको अब्बोत्ताबादस्थित घरमा भएको अमेरिकी आक्रमणमा मारिएका ओसामा बिन लादेनको समुद्रमा अन्त्येष्टि गरिसकिएको एक अमेरिकी अधिकारीले सीएनएनलाई बताएका छन्। ती अधिकारीले उनको शवलाई इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको बताए पनि थप विवरण भने दिन चाहेनन् सीएनएनले भनेको छ।


 टाउकोमा गोली लागेको थियो बिन लादेनको

5/01/2011

कोरिया जान हजारौंको भीड

काठमाडौं । ईपिएस प्रणाली अन्र्तगत रोजगारीका लागि दक्षिण कोरिया जानेहरूका लागि कोरियाली भाषा परीक्षाको आवेदन खुला भएको छ । आजदेखि वैशाख २२ गतेसम्म बिहान ९ देखि साँझ ६ बजेसम्म आवेदकहरूले फारम भर्न सक्नेछन् ।

विन लादेनको मृत्यु

काठमाडौं । अलकायदाका संस्थापक एवं प्रमुख ओसामा विन लादेनको मृत्यु भएको अमेरिकी समाचार संस्थाहरूले जनाएका छन् ।

अब कुटाइ खाने पालो भरतमोहनको

माधव नेपाल नेतृत्वको सरकारका पालामा अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट पेस गर्न लाग्दा माओवादी सभासद्हरूको कुटाइ खाए थे अब भरतमोहन अधिकारीले कांग्रेसको हातबाट पिटाइ खाने स्थिति देखिएको छ । किनकि कांग्रेसले पनि माओवादीको सिको गर्दै बजेट ल्याउन नदिने भन्दै अधिवेसन नै हुन नदिने तयारी गरेको छ ।
कांग्रेस सहितका प्रतिपक्षी ११ दलले सोमबारबाट सुरु हुने व्यवस्थापिका संसदको बजेट अधिवेशन चल्न नदिने भएका छन् । आइतबार सिंहदरवारमा बसेको ११ दलको बैठकले सरकारलाई बजेट ल्याउन नदिनअधिवेशन नै चल्न नदिने निर्णय गरेका हुन् । सरकारले शान्ति र संविधान निर्माणलाई ओझेलमा पार्ने गरी बजेट ल्याउन खोजेको भन्दै ११ दलले अधिवेशन नै चल्न नदिने निर्णय गरेका हुन् ।
सरकारले शान्ति र संविधान निर्माणलाई ओझेलमा पार्ने गरी बजेट ल्याउन खाजेकोले त्यसलाई रोक्न भोलीदेखि नै अधिवेशन चल्न नदिने निर्णय भएको बताइएको छ ।  ११ दलले शान्ति प्रक्रियालाई निष्र्कषमा पुर्‍याउने र संविधान निर्माण गर्नेबारे सहमति नभएसम्म बजेट ल्याउन नदिने निर्णय गरेका छन् । प्रतिपक्षी ११ दलले यसअघि नै जेठ १४ अघि बजेट नल्याउन आग्रह गर्दै प्रधानमन्त्री र सभामुखलाई ज्ञापन पत्र बुझइसकेका छन् । बजेट अधिवेशनका रुपमा चिनिने संसदको बर्खे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ ।

खुच्चिङ खुर्सानी माइलो

पूवमन्त्री चिरञ्जीवी वाग्लेले अवैध रूपमा कमाएको सम्पत्तिबाट प्राप्त भएको ब्याज पनि राज्यकोषमा जाने भएको छ।

गाइ काट्ने कारखाना बन्द गर

बाँके जिल्लामा गाई काटेर सुकुटी बनाउने दुईवटा भट्टी ९कारखाना० फेला परेका छन् । जिल्लाको सोनपुर–८ बर्गदही गाउँमा गाईको सुकुटी बनाउने भट्टी फेला परेका हुन् । भट्टीमा गाईको करिब १५ क्विन्टल आलो र सुकेको मासुसमेत भेटिएको छ ।

Pages