विभिन्न सरकारी संस्थाको शैक्षिक प्रमाणपत्रदेखि सवारी चालक अनुमतिपत्र समेतका कागजात किर्ते गरी बिक्री बितरण गर्ने काभ्रेका हेमकुमार राईलाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ । राईलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाबाट खटिएको प्रहरी टोलीले किर्ते कागजात गरिरहेका बेला काठमडौँको केशरमहलबाट पक्राउ गरेको हो ।
उपत्यकामा नक्कली कागजात बनाएर सवारी चालक अनुमतिपत्र बनाउने गिरोह सक्रिय रहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरीले त्यस्ता गिरोह एवम् समूहलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउने विशेष योजना बनाएर छापा मारिरहेका बेला राईलाई पक्राउ गरिएको हो ।

राईले सर्वसाधारणलाई सस्तो र सर्वसुलभरुपमा सवारी चालक अनुमतिपत्र बनाइदिन्छु भनी प्रलोभन पारी पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राईको साथबाट तीन थान नक्कली सवारी चालक अनुमतिपत्र बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
यसैबीच अवैध लागुऔषध चरेससहित इचङ्गुनारायण गाविस–३ बस्ने पूर्ख नगरकोटी र मकवानपुर जिल्ला आग्रा गाविस–३ बस्ने राजु ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । नगरकोटीको घरमा लागुऔषध चरेस बिक्रीवितरण हुने गरेको भन्ने खबर प्राप्त हुनासाथ यही वैशाख १८ गते दिउँसो महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा तीन केजी सात सय ५० ग्राम चरेस बरामद भएको थियो । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment