5/05/2011

पूर्वमन्त्रीले ल्यापटप दम्पच पारे

 वाणिज्य तथा आपुर्ति मन्त्रालयले पुर्व राज्यमन्त्रीलाई ल्यापटपलगायतका सामान फिर्ता गर्न ताकेता गरेको छ ।
पुर्व वाणिज्य तथा आपुर्ति राज्यमन्त्री सरोजकुमार यादवले अहिलेसम्म सामान फिर्ता गरेको छैनन् ।
सभासद् समेत रहेका यादवले आफु राज्यमन्त्री हुँदा ल्यापटप, कर्डलेस, हेलोजिन हिटर र सामसोनाइटको ब्रिफकेसलगायतका सामान लिएका थिए । पुर्व राज्यमन्त्री यादबले मन्त्रालयका सानातिना सामानमै र्‍याल चुहाइदिएपछि कर्मभारीलाई अहिले आपत परेको छ । फिर्ता दिन मन्त्रालयका अधिकारीले पटक पटक मौखिक अनुरोध गरे पनि उनले टेर पुच्छर लगाएनन् ।
माघ २० मा नयाँ प्रधानमन्त्री निर्वाचित भएदेखि नै उनी पदमुक्त भएका थिए । पदबाट मुक्त भएदेखि नै मन्त्रालयका कर्मचारीहरुले सामान फिर्ता मागेका थिए । सुरुमा त उनले मन्त्री हुँदा चढेको गाडी समेत फिर्ता गर्न मानेका थिएनन् । गाडी माग्ने मन्त्रालयका कर्मचारीलाई गाडी त्रिशुलीमा फालिदिने धम्कीसमेत दिएका थिए ।
सरकारमा बसेका व्यक्तिहरु सरकारको सम्पत्तिप्रति हुरुक्क हुने गरेका छन् । सकेसम्म सरकारी सम्पत्तिमा दार्इं गर्ने मानसिकता सरकारमा बसेकाहरुमा देखिँदै आएको छ ।

No comments:

Pages