5/01/2011

अब कुटाइ खाने पालो भरतमोहनको

माधव नेपाल नेतृत्वको सरकारका पालामा अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट पेस गर्न लाग्दा माओवादी सभासद्हरूको कुटाइ खाए थे अब भरतमोहन अधिकारीले कांग्रेसको हातबाट पिटाइ खाने स्थिति देखिएको छ । किनकि कांग्रेसले पनि माओवादीको सिको गर्दै बजेट ल्याउन नदिने भन्दै अधिवेसन नै हुन नदिने तयारी गरेको छ ।
कांग्रेस सहितका प्रतिपक्षी ११ दलले सोमबारबाट सुरु हुने व्यवस्थापिका संसदको बजेट अधिवेशन चल्न नदिने भएका छन् । आइतबार सिंहदरवारमा बसेको ११ दलको बैठकले सरकारलाई बजेट ल्याउन नदिनअधिवेशन नै चल्न नदिने निर्णय गरेका हुन् । सरकारले शान्ति र संविधान निर्माणलाई ओझेलमा पार्ने गरी बजेट ल्याउन खोजेको भन्दै ११ दलले अधिवेशन नै चल्न नदिने निर्णय गरेका हुन् ।
सरकारले शान्ति र संविधान निर्माणलाई ओझेलमा पार्ने गरी बजेट ल्याउन खाजेकोले त्यसलाई रोक्न भोलीदेखि नै अधिवेशन चल्न नदिने निर्णय भएको बताइएको छ ।  ११ दलले शान्ति प्रक्रियालाई निष्र्कषमा पुर्‍याउने र संविधान निर्माण गर्नेबारे सहमति नभएसम्म बजेट ल्याउन नदिने निर्णय गरेका छन् । प्रतिपक्षी ११ दलले यसअघि नै जेठ १४ अघि बजेट नल्याउन आग्रह गर्दै प्रधानमन्त्री र सभामुखलाई ज्ञापन पत्र बुझइसकेका छन् । बजेट अधिवेशनका रुपमा चिनिने संसदको बर्खे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ ।

No comments:

Pages