5/03/2011

सर्वोच्चको आदेश उल्लंघन, अस्पताल खुलेन

भरतपुरस्थित क्यान्सर अस्पताल आजदेखि सञ्चालनमा ल्याउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिए पनि अस्पताल अझै खुलेको छैन । उपभोत्ता हित संरक्षण मञ्चले तत्काल अस्पताल सञ्चालनमा ल्याउन माग गर्दै दायर गरेको रिट उपर मंगलबार अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले २४ घण्टाभित्र बन्द अस्पताल खुलाउन आदेश दिएको थियो ।

सञ्चालक समितिले अस्पतालको कार्यकारी निर्देशकमा डा. लक्ष्मीनारायण सिंहलाई नियुक्त गर्ने निर्णय गरेपछि त्यसको विरोधमा तत्कालिन कार्यकारी निर्देशक भक्तमान श्रेष्ठ समर्थक कर्मचारीले दुई महिना अघि अस्पतालको प्रशासन कक्षमा तालाबन्दी गरेपछि विवाद बढेको हो ।
अस्पतालको ताला नखोलिएको विरोधमा लक्ष्मीनाराणय समर्थक चिकित्सक हड्तालमा उत्रिएपछि ६ दिन यता आकस्मिक बाहेक अस्पतालका सबै सेवा ठप्प छन् । यसैबीच अस्पतालको सेवा सुचारु गर्न सर्वोच्चले दिएको आदेश कार्यान्वयन नगरेको विरोधमा आक्रोशित विरामी, आफन्त र स्थानीयले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।

No comments:

Pages