5/04/2011

क्यान्सर अस्पताल खुल्यो

चितवनको भरतपुरमा रहेको क्यान्सर अस्पताल बुधबारदेखि सञ्चालनमा आएको छ । अस्पताललाई बुधबारदेखि सञ्चालनमा ल्याउनका लागि सर्वोच्च अदालतले अन्तरिम आदेशदिएपछि बन्द रहेका अस्पतालका सबै सेवाहरू सुचारु भएका छन् । नेपाल स्वास्थ्यकर्मी संघले अदालतको आदेशलाई सम्मान गर्दै ताला खोलेर काम सुचारु गरिएको जानकारी दिएको छ ।
संघका अनुसार बुधबारदेखिनै सबै सेवाहरू नियमित सुचारु हुने भएको छ । उपभोत्ता हित संरक्षण मञ्चले बन्द रहेको अस्पताल तत्काल सञ्चालनमा ल्याउन माग गर्दै दायर गरेको रिट उपर मंगलबार अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले २४ घन्टाभित्र बन्द अस्पताल खुलाउन आदेश दिएको थियो ।
सञ्चालक समितिले अस्पतालको कार्यकारी निर्देशकमा डा। लक्ष्मीनारायण सिंहलाई नियुक्त गरेपछि त्यसको विरोध गर्दै तत्कालीन कार्यकारी निर्देशक भक्तमान श्रेष्ठ समर्थित कर्मचारीले दुई महिनाअघि अस्पतालको प्रशासन कक्षमा तालाबन्दी गरेपछि विवाद बढेको थियो । अस्पतालको ताला नखोलिएको विरोधमा लक्ष्मीनारायण समर्थक चिकित्सक हड्तालमा उत्रिएपछि ६ दिन यता आकस्मिकबाहेक अस्पतालका सबै सेवा ठप्प थिए ।

No comments:

Pages