5/05/2011

भविष्यका पत्रकारहरुद्वारा क्याम्पसमा तालबन्दी

त्रिभुवन विश्वविद्यालय अन्तर्गत आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागमा विद्यार्थीहरुले बुधबार गरेको तालाबन्दी अझै खुल्न सकेको छैन ।

क्याम्पस प्रशासनले विद्यार्थीबाट जथाभावी शुल्क लिएको विरोधमा स्नात्तकोत्तर पहिलो वर्षका विद्यार्थीले ताला लगाएका हुन् । उनीहरुले पत्रकारिता विभाग र क्याम्पस प्रशासनले अनावश्यक शुल्क लिएर परीक्षा फाराम भर्न अवरोध गरेको भन्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा रहेको पत्रकारिता केन्द्रीय विभाग र क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।
४५ दिन भित्र विद्यार्थीलाई प्रयोगात्मक परीक्षाका लागि आवश्यक कम्प्युटर रेकर्डर क्यामेरालगायतका सामाग्री ल्याउने शर्तमा विद्यार्थीबाट पाँच हजार चार सय रुपैंया शूल्क लिने सहमति भए पनि १० महिना वित्दा पनि शैक्षिक सामाग्री खरीद नगरिएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

No comments:

Pages