बाँके जिल्लामा गाई काटेर सुकुटी बनाउने दुईवटा भट्टी ९कारखाना० फेला परेका छन् । जिल्लाको सोनपुर–८ बर्गदही गाउँमा गाईको सुकुटी बनाउने भट्टी फेला परेका हुन् । भट्टीमा गाईको करिब १५ क्विन्टल आलो र सुकेको मासुसमेत भेटिएको छ ।
नेपालगन्जदेखि करिब १३ किलोमिटर पश्चिम खजुरास्थित बर्गदहीमा महिनौदेखि गाई काटेर सुकुटी बनाई नेपालगन्जलगायत ठूला सहरमा पठाउने गरेको तथ्य खुलेको छ ।गाउँदेखि टाढा बाँझो खेत र नजिकै नालासमेत रहेकाले गाई काटेर छाला र मासु निकालेर अस्थिपञ्जर फाल्नसमेत उनीहरुलाई सजिलो भएको हो । नालामा २०० भन्दा बढी गाईका अस्थिपञ्जर यत्रतत्र छरिएका छन् । त्यहाँ गन्हाएर जान सकिने अवस्था पनि छैन । गाउँ प्रवेशद्वारमा सेन्ट्री राखी उनीहरुले दिनरात गाई काटेर सुकुटी बनाउने गरेको भेटिएको छ । गाई काट्न राखिएका कामदारलाई त्यहीँ बस्ने र खाने व्यवस्था मिलाइएको थियो । दुई हप्ता लामो अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय बाँकेले बर्गदहीमा गरेको कारबाहीबाट पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीले गाई काट्ने मानिसलाई भने फेला पार्न सकेको छैन ।
प्रहरीका अनुसार एकीकृत नेकपा ९माओवादी०का स्थानीय नेता मुक्ति कुरैसी र जमिल कुरैसीले गाई काटेर सुकुटी बनाउने भट्टी सञ्चालन गरेको विशेष सूचनाका आधारमा कारबाही चलाइएको र उनीहरु दुवैलाई पक्राउ गर्न टोलीसमेत खटाइएको छ । जिल्लामा यसअघि पनि चार क्विन्टल मासुसहित एक दर्जन मानिस पक्राउ परेका थिए ।
नेपालको राष्ट्रिय जनावर गाईलाई हिन्दु धर्मावलम्बीले माताका रुपमा पुज्ने हुनाले मुलुकी ऐनमा गोवध गर्नेलाई कडा सजाय छ । यसैबीच, श्री १०८ राष्ट्र कल्याण अनुष्ठान व्यवस्थापन समिति २०६७ ले आज विज्ञप्ति प्रकाशित गरी गोवध हत्याको विरोध गर्दै गौमाताको वध गर्न नपाइने कडा कानुन बनाउन सरकारसँग माग गरेको छ ।
No comments:
Post a Comment