काठमाडौ । थरुहट स्वायत्त राज्य परिषदले जेठ १४ गतेभित्र संविधान जारी नभए जेठ १५ गतेबाट थरुहट प्रदेशमा छुट्टै राज्य संचालन गर्ने घोषणा गरेको छ । लक्ष्मण थारुले नेतृत्व गरेको परिषदले कुनै पनि हालतमा जेठ १४ गते संविधान जारी गर्नपर्ने अन्यथा छुट्टै राज्य घोषणा गर्ने धम्की दिएका छन् ।
एमाले, माओवादी र फोरमबीच भएको राष्ट्रघाती सहमतिका कारण सविधान बन्ने स्थिति नदेखिएको र आदीवासी थारुहरुलाई मधेसी बनाउने सो सम्झौता खारेज गर्न आलटाल गरेकाले छुट्टै थरुहट राज्य घोषणा गर्न लागेको उनको कथन छ ।
परिषदले जेठ १४ गते अघिनै संविधान जारी गर्न दवाव सृजना गर्न बैशाख २७ गतेबाट दुई दिने थरुहट बन्द सहितको तीन साता लामो आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

No comments:
Post a Comment