मोहन गुरुङ
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि भाषा परीक्षा आवेदन फारम भर्नेको संख्या अहिलेसम्मकै धेरै पुगेको छ।
तेस्रो दिनसम्म ५० हजार १ सय २४ युवायुवतीले फारम भरेका छन्। अघिल्लो वर्ष ४२ हजार आवेदकले फारम भरेका थिए।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि भाषा परीक्षा आवेदन फारम भर्नेको संख्या अहिलेसम्मकै धेरै पुगेको छ।
तेस्रो दिनसम्म ५० हजार १ सय २४ युवायुवतीले फारम भरेका छन्। अघिल्लो वर्ष ४२ हजार आवेदकले फारम भरेका थिए।
फारम वितरणको अन्तिम दिन आज बिहीबार करिब १२ हजारले आवेदन दिने अनुमान श्रम तथा यातायात व्यवस्था मन्त्रालयको छ। फारम वितरणको अनुपात पहिलो दिनको तुलनामा भने घट्दै गएको छ। पहिलो दिन १८ हजारभन्दा बढीले भरेका थिए भने दोस्रो यो संख्या १७ हजारको हाराहारीमा थियो। तेस्रो दिन १४ हजार ७ सयले मात्रै आवेदन बुझाएका छन्।
नेपालमा रोजगारीको पर्याप्त अवसर नहुनु, उद्योग फस्टाउनुभन्दा बन्द हुने क्रम बढ्नु, खाडी मुलुक र मलेसियामा रोजगार सीमित हुनु, जापान, युरोप र अमेरिकालगायत मुलुकमा लाखौं खर्च गर्नुपर्ने अवस्थाले नेपाली कामदार रोजगारीका लागि दक्षिण कोरियातिर आकर्षित भएका हुन्।
“आकर्षक तलब तथा भत्ता, उच्च प्राविधिक, उद्यमशीलताको विकास, मानव संसाधनको विकास र रोजगारीको राम्रो अवसरले दक्षिण कोरियामा युवायुवतीहरू आकर्षित भएका हुन्,” मन्त्रालयका सहप्रवक्ता कृष्णहरि पुष्करले भने। नेपालका गन्तव्य मुलुकमध्ये जापान, अमेरिका तथा युरोपमा अधिक लागत लाग्ने हुँदा अधिकांश युवायुवतीले कोरिया रोज्ने गरेको उनले बताए।
उपत्यकाका तीन जिल्ला र बुटवलमा हजारौं युवायुवतीले लाइन बसी फारम भरेका छन्। अहिले फारम भरेका आवेदकको परीक्षा साउन ६ र ७ गते हुनेछ। परीक्षामा उत्तीर्ण भएकाले मेडिकल र पुलिस रिपोर्ट बुझाउनुपर्छ। त्यसपछि मात्र कोरिया जान योग्यसूची रोस्टरमा राखिनेछ। यो वर्ष कोरियाले ७ हजार १ सय नेपाली कामदारलाई रोस्टरमा राख्ने घोषणा गरेको छ तर रोस्टरमा रहेका सबै कामदार कोरिया जान पाउने ग्यारेन्टी भने हँुदैन । रोस्टरको म्याद दुई वर्षको हुनेछ । दुई वर्षसम्म जान नसके कामदार स्वतः रोस्टरबाट हट्नेछन्। २००८ को रोस्टरबाट १ सय २ नाम हटाइएको थियो।
सन् २००७ मा ईपीएसअन्तर्गत दक्षिण कोरिया र नेपालबीच मन्त्रीस्तरबाट श्रम सम्झौता भएको थियो । सन् २००८ देखि कोरियाले ईपीएसअन्तर्गत नेपाली कामदार लिँदै आएको छ। २००८ को भाषा परीक्षामा ३३ हजार युवायुवतीले आवेदन फारम भरेका थिए । त्यसबेला ६ हजार ५ सय युवायुवतीलाई रोस्टरमा राखिएको थियो । दुई महिनाअघिमात्र रोस्टरमा रहेका कामदार कोरिया गइसकेका छन्। २०१० मा भाषा परीक्षा दिएका ४२ हजारमध्ये ४ हजार ८० युवायुवतीलाई मात्र रोस्टरमा राखिएको थियो। रोस्टरमा रहेका कामदारमध्ये ३ हजारको श्रम सम्झौता आइसकेको छ। तीमध्ये २ हजार जना कोरिया गइसकेका छन्। अहिलेसम्म ईपीएसअनुसार ८ हजार ५ सय कामदार कोरिया गइसकेका छन्।
No comments:
Post a Comment