काठमाडौं । अलकायदाका संस्थापक एवं प्रमुख ओसामा विन लादेनको मृत्यु भएको अमेरिकी समाचार संस्थाहरूले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले लादेनको मृत्यु भएकोबारे जानकारी दिनु भएको छ । अमेरिकी सेनाले पाकिस्तानको इस्लामावाद स्थित रवोताबादमा गरिएको कारवाहीमा उनको मृत्यु भएको जनाइएको छ । लादेनको मृत्युको अलजजिरा टेलिभिजनले पनि पुष्टि गरिएको छ । ‘बिन लादेनको शव अमेरिकाको कब्जामा छ,’ समाचारमा भनिएको छ । लादेन अमेरिकाको सर्वाधिक खोजीका व्यक्ति थिए । विन लादेन सेप्टेम्बर ११ मा अमेरिकाको न्यूयोर्क र वासिङ्टनमा भएको हमलाका प्रमुख योजनाकार थिए । बिन लादेनको मृत्यु भएको खबरपछि अमेरिकी नागरिकहरू खुशीका साथ सडकमा उत्रिएका छन् ।

No comments:
Post a Comment