5/06/2011

आयल निगमका भ्रष्टलाई फेरि दुई अर्ब

सरकारले नेपाल आयल निगमलाई दुई अरव रुपैयाँ दिने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले निगम घाटामा गएको भन्दै ऋण उपलव्ध गराउने निर्णय गरेको हो ।
बिना विभागीय मन्त्री घनश्याम भुसालले सरकार जमानत बसेर निगमलाई कर्मचारी सञ्चयकोषबाट दुई अरव दिने निर्यण भएको बताउनु भयो । भारतीय आयल कर्पोरेसनलाई आयल निगमले तिर्नबाँकी रकम नतिरेको भन्दै भारतीय आयल कर्पोरेसनले तेल आयातमा भारी कटौति गरेपछि मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार छ ।
यसैगरी मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक चयन खुल्ला प्रतिस्पर्धाका आधारमा गर्ने निर्णय पनि गरेको छ । यसअघि मन्त्रीस्तरको निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रचलन थियो । बैठकले प्रधानमन्त्री झलनाथ खनालको टर्की भ्रमण स्वीकृत गर्दै उहाँको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उप(प्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई तोकेको छ ।
प्रधानमन्त्री खनाल राष्ट्रसंघ सम्वद्ध विश्वका अतिकम विकसित मुलुकहरुको संगठन एलडिसि  को आइतबार टर्कीमा सुरु हुने चौथो सम्मेलनमा भाग लिन आजराति त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

No comments:

Pages