सरकार गठन भएदेखि नै विवादमा रहेको गृह मन्त्रालय अन्ततः माओवादीले पाएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनाललाई आफ्नै पार्टीका नेताहरुले संकटमा पार्ने तयारीमा छन् ।
पटक पटक माओवादीलाई गृहमन्त्रालय नदिन आग्रह गरिरहेका केपी ओली र माधवकुमार नेपालले खनाललाई महासंकटको घण्टी बजाईदिने निश्चित छ ।
गृहमन्त्रालयको विवादका कारण सत्ता गठबन्धन नै संकटमा परिरहेका बेला एकाएक प्रधानमन्त्री झलनाथ खनालले खतरा मोलेरै भएपनि माओवादीलाई गृहमन्त्रालयको जिम्मा लगाएका छन् । एमाले भित्र गृहमन्त्रालय माओवादीलाई दिन नहुने खेमा बलियो छ । तर खनालले यस्तो अवस्थामा पनि आफ्नो सत्ता गठबन्धनलाई बचाउन जोखिमपूर्ण निर्णय गरेका छन् ।
आफूले गृहमन्त्रालय पाएपछि माओवादी अध्यक्ष प्रचण्डले आफ्ना विश्वासपात्र कृष्णबहादुर महरालाई संचारबाट टिपेर गृहको जिम्मा लगाएका छन् । तर महरा गृहमन्त्री बनेपछि सत्ता गठबन्धन बाहिरबाट बलियो त देखिएको छ तर यहि काण्डले माओवादी र एमालेमा ठूलो पहिरो जाने सम्भावना पनि बढेको छ ।
एकातिर आफूले गृहमन्त्रालय नपाएको भन्दै प्रचण्डकै विश्वास पात्र वर्षमान पुनले शानित मन्त्रीबाट राजिनामा दिएका छन् भने अर्कोतिर एमालेभित्रका केपी ओली र माधव नेपाल प्रधानमन्त्री खनाललाई कारवाही गर्ने योजना बनाउन थालिसकेका छन् ।
कुनै हालतमा गृहमन्त्रालय माओवादीलाई दिन हुँदैन भन्ने नेपाल(ओली पक्षधरको अडान विपरीत काम भएपछि खनालले अब पार्टीभित्र चर्को बिरोध सहनुपर्ने पक्का छ । यति मात्र होइन गृह मन्त्रालयको ललिपपमा सरकारमा गएर रक्षामा थन्किएका ओली पक्षधर विष्णु पौडेल राजिनामा दिने मनस्थितिमा छन् ।
गृह मन्त्रालयको हानथापले माओवादीभित्रको विवाद पनि एमालेकै हाराहारीमा पुगेको छ । उपाध्यक्ष मोहन वैद्य आफ्ना विश्वास पात्र देव गुरुङलाई गृहमन्त्री बनाउन पहिलेदेखि नै कम्मर कसेर लागेका थिए । धेरै ठाउँमा गुरुङको कारण अप्ठेरो परेको भन्दै अध्यक्ष प्रचण्ड आफ्ना दाहिने हात वर्षमान पुनलाई शान्तिमन्त्रीबाट गृहमा सार्न खोजेका थिए । आफूले भनेअनुसार नहुने भएपछि प्रचण्डले वैद्यले सोचे अनुसार पनि हुन दिएनन । अनि महरालाई गृहमन्त्रीमा सिफारिस गरे ।
खनालका कट्टर आलोचक केपी ओली देश बाहिर भएको मौकामा विस्तार भएको सरकार र माओवादीले पाएको गृहमन्त्रालय नै सत्ता गठबन्धन समाप्तीको सूचक देखिन थालेको छ । यस अघि पनि पार्टीबाट मन्त्री चयन गर्दामै खनालले आफुखुशी गरेको भन्दै पार्टी नेताहरु असन्तुष्ट छन् । माओवादीको पुच्छर भयो भन्ने आरोप त यसअघिदेखि नै लाग्दै आएको हो । माओवादी गृहमन्त्रालय दिन नभ्याउँदै एमाले भित्र खनालको राजिनमा माग्ने तयारी भएको छ ।

No comments:
Post a Comment