5/03/2011

६ सय १ सभासदलाई सुनाइदिनु

सुनसरीका देवीप्रसाद रेग्मीले एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हानेको चर्चा सेलाएको छैन । झापड हान्ने रेग्मी प्रहरीकहाँ तरेख धाइरहेका छन् । देश विगारेको भन्दै खनाललाई झापड हानेको केही महिनामै संविधान नबनाएको भन्दै एक सभासदले फेरि झापड खाएका छन् । सभासद झक्कुप्रसाद सुवेदी ९जो माधव नेपाललाई काठमाडौंबाटै हराएर चर्चामा आएका थिए० लाई सोमबार काठमाडौंमा कफी पसल चलाएर बसेका गोर्खाका प्रेमराज देवकोटाले झापड हानेका छन् ।

सभासदलाई किन झपड हानेको?
२ वर्षमा बन्ने भनेको संविधान तीन वर्ष हुँदा पनि बनेन । खाली काटाकाट मारामार मात्र गर्छन्, मिल्नु छैन । नेपाल आमाका छोरा छोरीको भविश्य के छ यहाँ रु मलाई साह्रै आत्मा दुख्यो । त्यै भएर उनीहरुले राष्ट्रलाई घात गर्न पाउँदैनन भनेर झापड हाने ।
अब तपाईलाई कारवाही हुन्छ नि?
मलाई यहाँ घाटी समाउँदै गोली हान्ने हो भने पनि म मर्न तत्पर छु । देश जोगिन्छ भने, नेपाल आमाको राम्रो हुन्छ भने म गोली खान तयार छु । नेपाल आमाको छोरा हुँ ।
संधै आइरहनु हुन्थ्यो उहाँ?
आउनु हुन्नथ्यो । मैले नै बोलाएको हुँ । उहाँ मेरो आफ्नै सभासद हो । मैले बोलाएर चिसो तातो के खानु हुन्छ भनेर सोधे, उहाँले खान्न भन्नुयो । त्यसपछि मैले कापी ल्याएर म जेठ १४ गते संविधान बनाउछु भनेर लेख्नुस कि बनाउन्न भनेर लेख्नुस भने । उनी उहाँले बन्दैछ भनेपछि मलाई पारो चढ्यो । त्यसपछि मैले प्रश्नहरु राखे, तपाई हाम्रो क्षेत्रबाट जितेको सभासद, शान्ति र संविधान हुँदैछ, हुँदैछ मात्र भन्नुहुन्छ । हली हो पनि भन्नुहुन्छ । अब ढुङ्गोमा हलो अड्केपछि के हुन्छ रु खाल्टोमा पर्न लागेपछि के गर्नु हुन्छ रु भनेर सोधे । त्यसपछि उहाँले जसरी पनि गोरु फर्कन्छ भन्नु भो । त्यसपछि मेरो पालो गोरु फर्कने होइन तपाईले गोरुको पुच्छर निमोठ्नु हुन्छ, अनि गोरुले यसरी हान्छ भनेर दुर्इ झापड दिए ।
तपाईको झपडले शान्ति र संविधान बन्न छ त?
शान्ति र संविधान नबनोस, मेरो आत्माले शान्ति त पायो । मानव जातिमा चेतना हुनुपर्छ ।
चर्चा पाउन झपड हान्नु भएको हो?
मलाई चर्चाको कुनै शोख छैन ।
तपाईले झापड हानेपछि उहाँले के भन्नुभो?
उहाँले केही गर्नु भएन, केही गर्न मानस पटलले दिएन, अनि मैले यो झपड ६ सय १ सभासदलाई सुनाइदिन भने । जेठ १४ पछि संविधान बनेन भने तिमीहरु नेपाल आमाका प्यारासाईट हुन भने ।
अरुलाई छाडेर किन उहाँलाई नै झपड हानेको?
उहाँ मेरो आफ्नै सभासद हो । पसल बन्द गरिगरि गएर भोट हालेको छु । हामीले जिताएको सभासद हो ।
तपाई कुनै पार्टीमा हुनुहुन्छ?
म कुनै पार्टीमा छैन । म नेपाल आमाको सन्तान हुँ ।

No comments:

Pages