5/03/2011

मतदाता नामावली संकलक लखेटिए

मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ताले मोरङमा फोटोसहितका मतदाता नामावली संकलन गर्न गरेका निर्वाचन आयोगका कर्मचारीहरुलाई गाउँ–गाउँवाट लखेटेका छन् । नागरिकता वितरण गरेर मात्रै फोटो सहितको मतदाता नामावली संकलन गर्न माग गर्दै फोरम नेपालका केन्द्रीय सदस्य मृत्युजन्य कुमार झा लगायतका नेता कार्यकर्ताले मोरङको सुस्वनी जाहदा, मौदारी लगायतका एक दर्जन गाउँवाट निर्वाचन आयोगका कर्मचारीहरुलाई लखेटेका हुन् । मधेसवादी दलहरूले फोटो सहितको मतदाता नामावली संकलनका लागी नागरिकता अनिवार्य रहेको प्रावधान हटाउन माग गर्दै आएका छन् । उनीहअरुले कर्मचारीको कागजपत्र र सरसामान समेत नियन्त्रणमा लिएका छन् । उनीहरुले केन्द्रमा सरकार र दलहरुबीच सहमति नभई गाउँ नआउने सर्तमा मेसिन भने फिर्ता गरेका छन् ।

No comments:

Pages