5/03/2011

पत्रकारहरू नेता छान्न व्यस्त

काठमाडौँ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सुरु  भएको छ । बिहान ९ बजेदेखि कमलादीस्थित प्रज्ञा भवनमा मतदान सुरु भएको महासंघका उपाध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।

मतदान प्रक्रिया अपरान्ह ३ बजेसम्म जारी रहने बताइएको छ । महासंघका ७३ जिल्ला शाखा, ४० प्रतिष्ठान र ८ एसोसिएटबाट आएका १ हजार ३ सय २० ले मतदानमा भाग लिनेछन् । पदाधिकारीसहित ३१ सदस्यीय कार्यसमितिका लागि ९८ जना चुनावी मैदानमा छन् । एमाले निकट प्रेस चौतरी नेपाल र माओवादी निकट क्रान्तिकारी पत्रकार संघले शिव गाउँलेको नेतृत्वमा प्रगतिशील प्यानल र कांग्रेस निकट प्रेस युनियनले पोषण केसीको नेतृत्वमा अघि सारेको प्रजातान्त्रिक प्यानलबीच निर्वाचनमा मुख्य प्रतिस्पर्धा हुने बताइएको छ ।
अध्यक्ष पदका लागि केदार कोइराला, डम्बर गिरी र चन्द्रदेव कामति पनि चुनावी मैदानमा छन् । यस्तै उपाध्यक्षमा यशोदा तिम्सिना, रमेश विष्ट र विजयकुमार वर्माबीच प्रतिस्पर्धा हुँदैछ । महासचिवमा ओम शर्मा, रामजी दाहाल र दीपक पाठक भिड्दै छन् । यस्तै सचिवमा चन्द्रमान श्रेष्ठ, जगत नेपाल, रामप्रसाद दाहाल, तिलक कोइराला र दिनेश्वर गुप्ताले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा शीतल शाह, वृजकुमार यादव, उजिर मगर र गजेन्द्र बुढाथोकी मैदानमा छन् ।

No comments:

Pages