नेपाल पत्रकार महासंघको सम्पन्न २३औ महाधिवेशनमा प्रजातन्त्रवादी समुहका बिरुद्धमा निर्वाचनमा खडा भएका सबै उमेदवारलाई एक बर्षका लागि साधारण सदस्य समेत नरहने गरी निलम्वन गरिएको छ ।
निर्वाचनको क्रममा युनियनले संगठनको मुल्य मान्यता र निर्देशन बिपरित कार्य गर्ने गराउने उपर छानविन गर्न अनुशासन समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा ५ सदस्यीय छानविन समितिसमेत गठन गरेको छ ।
उक्त समितिका सदस्यमा उपाध्यक्ष हेमन्त काफ्ले, महासचिव शिव लम्साल,मध्यमाञ्चल संयोजक दिपक आचार्य र केन्द्रिय सदस्य अजय बम रहनुभएको छ । समितिले आजैबाट कार्य प्रारम्भ गरेको जनाएको छ ।
No comments:
Post a Comment