5/05/2011

पशुपति राणाको राजर्सी छाँट

हुनेखाने मान्छेको सोख पनि अचम्मको हुँदो रहेछ । हाम्रो देशका एकजना वयोवृद्ध नेताले आफ्नो जन्मदिन विदेशी भुमिमा मनाउन दुईवटा प्लेन चार्टर गरेको समाचारसँगै यो अनौठो सनक सार्वजनिक भएको हो ।

नेपालमा दैनिक १४ घण्टा लोडसेडिङ हुने गरेकाले घर र होटलमा झिलिमिली बत्ती बाल्न नपाईने हुँदा बुढेसकालको बर्थडे पार्टी मनाउन उनले विदेशी भुमि रोज्नुपरेको स्रोतले जानकारी दिएको छ ।
शक्तिशाली राणा प्रधानमन्त्री चन्द्रशसेरका नाति तथा राप्रपा अध्यक्ष पशुपति शमसेर जबराको हो । उनको ७० औं जन्मदिन मनाउनका लागि आज एउटा ठुलो टोली भुटानको थिम्पु जादैंछ । त्यसका लागि डुक र बुद्ध एयरका दुईवटा प्लेन चार्टर गरिएका छन् । जन्मदिन मनाउनका लागि थिम्पुमा सबैभन्दा ठुलामध्येमा गनिने पारो र आमान रिसोर्टसहितका तीन होटल रिजर्भ गरिएको छ । तीन दिनसम्म मनाइने जन्मदिनमा नेपालबाट प्रभाकरशमसेर, राजीवविक्रम शाह, जयाराज्यलक्ष्मी, गौतम राणा, प्रकाश शाहसहित १ सय ९० जना भुटान जादैछन् ।

No comments:

Pages