5/05/2011

लादेनको मृत्युप्रति अझै आशंका

अमेरिकी सेनाले पाकिस्तानको राजधानी इस्लामावादनजिक अवस्थित अबोतावादमा अलकायदाका नेता ओसामा बिन लादेनलाई मारेको समाचार
सोमबार बिहानै संसार भरि सनसनि छाएपनि यसबारे पाकिस्तानमा चाहिँ अनेक किसिमका आशंका र अड्कवाजी हुन थालेका छन् ।
मुलत लादेनको शव जसरी गुपचुप बनाइयो र उनको मृत्यु जुन ठाँउमा भयो भनी प्रचार गरियो, त्यसले पनि पाकिस्तानी जनतामा बढ्ता आशंका जन्माएको हो । घटनामा पाकिस्तानी सरकारको रबैया देखेर यहाँका जनता झनै अन्योलमा परेका  छन् ।
लादेनको मृत्युसम्बन्धी समाचारलाई शंकास्पद बनाउन उनी बसेको भनिएको घर नै प्रयाप्त छ । त्यो घर त्यस्तो इलाकामा छ कि पाकिस्तानको प्रसिद्ध र ठुलोमध्येको सैन्य प्रशिक्षण केन्द्र ुकाकुल एकेडेमीु त्यहाँबाट पुग नपुग एक किमि दुरीमा अवस्थित छ । झ्यालमा पर्दासमेत नहालिएको र लादेनलाई चाहिने सामान्य सुबिधा पनि नभएको सो घर पाकिस्तानको सैन्य क्षेत्रभित्रै पर्ने घर हो र जहाँ पाकिस्तानी सेनाको अनुमतिविना मान्छे त के कुकुर पनि प्रवेश गर्न सक्दैन ।
सरकारी सैन्यको प्रभावक्षेत्रमा अवस्थित यस्तो घरमा लादेनको उपस्थित सम्भव थियो भन्ने कुरा पाकिस्तानीले पत्याउन सकेको छैनन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाको शब्दमा लादेन दोहोरो गोली हानाहानमा मारिएको भनिए पनि त्यहाँ दोहारो गोली हानाहान नभएको स्थानीयबासिन्दालाई कनै जानकारी छैन । भिडन्तको कुनै प्रमाण वा संकेतसम्म उनीहरुले नपाएको बताउँछन् ।

No comments:

Pages