5/02/2011

अस्पतालको क्यान्सर ठिक पार्न समिति गठन

चार बिरामीको मृत्यु उपचार नपाएर हजारौंको बिचल्ली भएपछि चितवनको भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशक नियुक्तिको बिबाद मिलाउन स्वास्थ्य मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।
स्वास्थ्य मन्त्रालयको चिकीत्सा महाशाखाका निर्देशक सेनेन्द्र उप्रेतिको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो । टोलीले अस्पताल सन्चालक समितिका पदाधिकारी, चिकित्सक तथा बिभिन्न दलका प्रतिनिधिहरुसँग छलफल गरी विवाद टुङ्गयाउने जिम्मा पाएको छ । यसैबीच विवाद समाधानका लागि भन्दै काठमाडौं आएको कर्मचारी र चिकीत्सकहरुको टोलीले आइतबार स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका सूचना तथा सन्चारमन्त्री कृष्णबहादुर महरालाई भेटेर समस्या छिटो समाधान गर्न आग्रह गरेको छ । उपप्रधानमन्त्रीसमेत रहनु भएका महराले दलहरुसँग छलफल गरी विवाद छिटो टुङ्गयाउने आश्वासन दिनुभएको अस्पतालका अध्यक्ष रामेश्वरमान श्रेष्ठले जानकारी दिनुभएको छ । कार्यकारी निर्देशक नियुक्तिको विवाद चर्किएपछि क्यान्सर अस्पतालको आकस्मीक बाहेकका सबै उपचार सेवा ठप्प भएका छन् ।दुई महिनामा पनि अस्पतालमा नयाँ कार्यकारी निर्देशक नियुक्तिको विवाद साम्य नभएको भन्दै कर्मचारीहरुले हिजोदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका हुन् । अस्पतालका अत्यावश्यक मानिने सेवाहरु ठप्प भएपछि बिरामीहरु बिचल्लिमा परेका छन् ।

No comments:

Pages