4/09/2011

वैदेशिक रोजगार रहर होइन बाध्यता

सि. एन. ज्ञवाली
कुनै बेला नेपाली समाजमा सात समुद्रपारि गयो भने त जात जाने मात्र होइन समाजबाट बहिष्कृत भएर बस्नुपर्ने र आफ्नै गाउँघरमा आउन नपाउने नियम थियो । मुलुकी ऐन बन्नुअघि त्यस्ता रूढीवादी ऐन–नियमले देश र नागरिकलाई त्यसरी जबरजस्त बाँधेको थियो । संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार २००७ सालको जनक्रान्तिपछि मात्र विदेशीहरूका लागि निषेध गरिएको मुलुकको नामले परिचित नेपाल सबैका लागि खुला हुन गएको हो । त्यस्तै, नेपालीहरूका लागि लादिएका जात जाने, समाजबाट बहिष्कृत हुनुपर्ने जस्ता रूढीवादी थोत्रा ऐन नियमहरू सबै तोडिए ।

वैदेशिक रोजगारीमा नयाँ प्रविधि

यो सूचना प्रविधिको युग हो । सूचना प्रविधिमा पहुँच नहुनु भनेको सामाजिक, आर्थिक, बौद्धिक र अन्य धेरै कुरामा पछि पर्नु हो भन्नेहरू बढेका छन् । यतिबेला हरेक क्षेत्र सूचना प्रविधिमा पहुँच पु¥याउन कुनै न कुनै रुपमा लागिपरेको छ ।
यही मेसोमा देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको वैदेशिक रोजगारलाई पनि सूचना प्रविधिको पहुँचमा पु¥याउन लागिपरेका छन् एक युवा व्यवसायी सञ्जय गुरुङ । अमेरिकाबाट सूचना प्रविधिमा उच्च शिक्षा हासिल गरेर नेपाल फर्केका गुरुङ नेपाली क्यान्डिडेट डट कम (धधध।लभउबष्अिबलमष्मबतभ।अयm) नामक अनलाइनमार्फत दक्ष, अर्धदक्ष र अदक्ष नेपाली श्रमिकका लागि विश्वका विभिन्न मुलुकमा रोजगारीको खोजीमा लागेका हुन् ।

विवादको घेरामा राजदूत

युएईस्थित गोर्खा कन्स्ट्रक्सन प्रा. लि. तथा गोर्खा फुडस्टफका प्रवन्ध निर्देशक चुडामणि ढकाल र उनकै कम्पनीमा कार्यरत इन्जिनियर राधेश्याम भगतबीचको विवाद चुलिएको छ । अहिले यो विवादमा नेपाली दूतावास युएईका राजदूत अर्जुनबहादुर थापा समेत मुछिएका छन् । एनआरएन युएईका अध्यक्षसमेत रहेका ढकालले राजदूत थापाले श्रमसम्बन्धी मुद्दामा सहयोग गर्ने एक व्यक्ति विशेषलाई अख्तियारी पत्र प्रदान गरेको आरोप लगाएका छन् । ढकालले उक्त पत्रलाई माध्यम बनाएर आफ्नो व्यक्तिगत टेलिफोन कल, साझेदारी हिस्साजस्ता नितान्त निजी मामिलामा राजदूत थापाले हस्तक्षेप गरेको आरोप लगाए ।

युएईमा नेपाली रक्सी र वेश्यावृत्ति

हरिकृष्ण पन्थी
खुल्ला रूपमा मादक पदार्थ सेवन गर्न र त्यसको कारोबार गर्न प्रतिबन्ध छ युएईमा । रक्सी पिउन र बेच्न कानूनी लाइसेन्स चाहिन्छ । न्युन आय भएकाहरूले लाइसेन्स नपाउने व्यवस्था भए पनि लुकीछिपी रक्सी खाने नेपालीहरूको संख्या भने कम छैन । त्यस्तो अवस्थामा पुलिसले भेट्टाए पनि एक रात लगेर थुन्छ अनि जरिवाना गरेर छाडिदिन्छ । कानूनी रूपमा जति प्रतिबन्ध भए पनि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने जस्तो पैसा कमाउन भन्दै युएई पुगेका सबैलाई त भन्न मिल्दैन तर कैयन नेपाली युवा पीडा बिर्साउन भन्दै रक्सीमा लठ्ठ हुने गरेका छन् ।

कतारमा नेपालीहरु अवैध व्यवसायमा संलग्न

प्रेम लामा
वैदेशिक रोजगारीको सिलसिलमा दोहा आएका केही नेपालीहरुले यहाँको कानूनले बर्जित गरेका व्यापार व्यवसाय गर्दै आएको देखिएको छ । नेपालमा एजेन्टलाई लाखौ तिरेर आएका नेपालीहरु यहि कारणले स्वदेश फर्कन बाध्य हुनुपरेको थुप्रै घटनाहरु देख्न सकिन्छ । कतिपयले जेलको सजाय भोग्नुपरेको छ भने कतिले जरीवाना तिर्ने गरेका छन् । सानोतिनो भाषाको समस्याले गर्दा कतिपय नेपालीहरुलाई जेल जानु पर्नाका साथै नेपाल फिर्ता समेत पठाइएका छन् । केही नेपाली युवाले विभिन्न प्रकारका नेपाली तथा हिन्दी फिल्मको सिडि, सूर्ति, चनाचटपटे, पेप्सी, चिया, पानीपुरी, पानपराग, विभिन्न प्रकारका नेपाली पत्रपत्रिकाहरु सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्दै आएका छन् ।

घर फोन गर्दा घर !

दोहा– भोडाफोन कतारले घरमा फोन गर्दा घर नै जित्ने अवसर प्रदान गरेको छ । ‘वल्र्ड कलिङ क्लव’ अन्तर्गतका प्रतिस्पर्धाको पछिल्लो संस्करणमा भोडाफोनले ‘घर फोन गर्दा घर जित्नुहोस्’ (विन अ होम ह्विन यु कल ब्याक होम) को घोषणा गत मंगलवार, ५ अप्रिलमा गरेको छ ।
यो प्रतिस्पर्धामा भोडाफोनका उपभोक्ताले कतारी रियाल २ लाख ५० हजार जित्नेछन् जसबाट उनीहरूले मुलुकमा आफ्नै घर बनाउन सक्छन् । वल्र्ड कलिङ क्लव अन्तर्गत हरेक अन्तर्राष्ट्रिय कलको हरेक मिनेट र हरेक अन्तर्राष्ट्रिय एसएमएस स्वतहः प्रतिस्पर्धामा सहभागी हुने भोडाफोनले जनाएको छ ।

तनुवा भिषाको आतंक

दीपक पौडेल
कतार । गत बर्षको साउनबाट कतार भित्रिएकाहरूको तथ्यांक हेर्ने हो भने संस्थागतरुपमा कतार आउनेहरूको संख्या भन्दा व्यक्तिगतरुपमा पठाइएका भिसामा श्रम स्विकृति लिएर (यहाँ आएपछि तनुवा भिसा, हथौडे भिसा लगायतका शब्दले चिनिने) कतार आउनेको संख्या अत्यन्तै बढी छ । कतारमा आएपछि विभिन्न समस्यामा परेर नेपाली दूतावासको शरण खोज्दै आउनेहरूमा पनि अधिकांंश यसरी आएका कामदार नै हुने गरेका छन् ।
नेपाल–कतार श्रम सम्झौता बमोजिम ३ वटा तरिकाबाट यहाँ कामदार ल्याउन सकिन्छ । श्रम सम्झौताको दफा ३ को सेक्सन ३ मा भनिए बमोजिम कम्पनी स्वयं कम्पनीको आधिकारिक प्रतिनिधि वा इजाजत प्राप्त म्यानपावर कम्पनीबाट कामदार मगाउन सक्ने उल्लेख छ । तर, ब्यवहारमा जो कोहिले पनि व्यक्तिगतरुपमा भिसा बटुल्ने र कामदार झिकाउने गरेको पाइन्छ जुन श्रम सम्झौताको भावना विपरित छ र समस्याको प्रमुख कारक पनि बनेको छ ।

Japan bans rice planting in contaminated soil


Japan's government has announced it will ban farmers from planting rice in soil contaminated by radiation from the tsunami-flooded nuclear power plant, adding another food central to Japanese culture to the list of items raising concerns.

The ban will apply to any soil found to contain high levels of radioactive cesium, and farmers who cannot grow rice will be compensated.

So far, soil that exceeds the new limit has been found in only two places in Iitate, a village about 25 miles (40 kilometers) from Fukushima Dai-ichi, the nuclear plant crippled by the March 11 tsunami.

कमाउनु त परै जाओस् गुमाएर फिर्ता

कुवेत । करिब सात महिना अगाडि कुवेत आएका शरनामती ६ झापाका ३७ वर्षीय हरिभक्त दर्नाल मानसिक सन्तुलन गुमाएर स्वदेश फर्किएका छन् । नेपालबाट सकुशल आएका दर्नालले कुवेत आएको केहीदिनमै आफ्नो मानशिक सन्तुलन गुमाएका थिए । उनलाई गत डिसेम्बर २४मा कुवेतको जाब्रिया अस्पातलमा आइसियुमा भर्ना गराईएको थियो भने उनलाई अत्यन्तै गम्भीर अवस्थामा अस्पताल लगिएको थियो ।

ग्यासको हाहाकार, मारुती ग्यासको ठगीधन्दा

बजारमा खाना पकाउने एलपी ग्याँसको हाहाकार भएपछि उपभोक्ता मर्कामा परेका छन् । आयात कम भएकाले दुई महिनादेखि ग्याँस अभाव भएको हो । भारतीय आयल निगमलाई बक्यौता रकम तिर्न नसकेको कारण देखाउदै नेपाल आयल निगमले ग्याँस आयात कम गरेपछि उपभोक्ता मर्कामा परेका छन् ।भारतीय आयल निगमलाई तिर्न अर्थ मन्त्रालयले डेढ अर्ब रुपैया नेपाल आयल निगमलाई दिने निर्णय गरेपनि अर्थमन्त्रालयले अनुमोदन गरेको छैन । रकम निकासा हुनासाथ खाना पकाउने ग्याँसको आयात बढाउने र उपभोक्ताले सहजरुपमा ग्याँस पाउने निगमले जनाएको छ ।
उता, पूर्वाञ्चलमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेको बेला कम तौलको ग्यास बिक्री गर्ने एक ग्यास कम्पनीलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरले कारबाही गरेको छ । ग्यास सिलिन्डर प्राप्तिका लागि एकएक हप्ता कुर्नुपर्ने, बेलामा मापदण्ड विपरित कम तौल भएका ग्यास बजारमा बिक्री गर्ने मारुती ग्यास कम्पनी कारबाहीमा परेको छ । मारुती ग्यास कम्पनीबाट उत्पादित सुविधा ग्यासको सिलिन्डरमा चार किलो लेदो भेटिएको उजुरीपछि कारबाही गरिने कार्यालय प्रमुख शशीभूषण यादवले बताउनुभएको छ ।

विराटनगर(४ कञ्चनबारीकी गृहिणी उपमा खनालको सिलिन्डरसहित उजुरीको आधारमा कारबाही भएको हो ।

निज गृहिणीलाई कम्पनीले क्षतिपूर्तिबापत नयाा ग्यास सिलिन्डर प्रदान गर्नुका साथै कानुन बमोजिम कारबाही तथा अनुगमन प्रक्रिया बढाइएको सो कार्यालयबाट थाहा भएको छ ।

पूर्वाञ्चलमा ग्यास अभावको मौका छोपी मेची, कोसी, प्रिज्मा, सुविधा तथा मनोजले तोकिएकोभन्दा कम ग्यास वितरण गरेको उपभोक्ताको गुनासो छ । जिल्ला प्रशासन, वाणिज्य कार्यालय र घरेलु कार्यालयले अनुगमन नगर्दा यसमा ठगी भइरहेको सर्वसाधारण जनताको आरोप छ ।

नापतौलका प्रमुख यादवले आफूले अनुगमनमा कर्मचारी पठाएको तर ग्यास पसल सााझ मात्र खुल्ने गरेकाले समस्या परेको बताउनुभयो ।

पर्यटन मन्त्रीलाई जिउँदो शान्ति खोजिदिने कसले ?

पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क बहादुर विश्वकर्माले आफुहरुले मुर्दा शान्ति नचाहेको बताएका छन् । सेना समायोजन भैहाले र माओवादीले आफ्नो सेना त्यागे शान्ति स्थापना हुने अन्य दलहरुको बुझाई प्रति आपत्ती जनाउदै विश्वकर्माले सेना समायोजन हुदैमा शान्ति नआउने स्पष्ट पारे ।

हामीलाई न्याय कसले देला ?

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरू कम्पनी नभेटेर अलपत्र पर्ने, तलब नपाएर संकटमा पर्ने र सम्झौता अनुसारको सेवा सुविधाबाट बञ्चित हुने समस्या अब नौलो रहेन यसै क्रममा मस्कटको अन्तराष्ट्रिय एरपोर्ट देखि करिव १३६ की।मि। पर्ने सोएकमा रहेको मोर्डन फर्मेसन कम्पनीमा कार्यरत ७ जना नेपालीहरुलाई कम्पनीले बिगत १० महिनादेखि मासिक तलब रोकी नदिएकोलेउनीहरू बिचल्लीमा परेका छन् ।

भ्यागुताको धार्नी कहिले पुग्छ झलनाथ ?

भ्यागुताको धार्नी पुर्याएर सरकार गठन गर्ने मनशाय बोकी प्रधानमन्त्री बनेका झलनाथ खनालले अहिलेसम्म धार्नी पुर्याउन सकेका छैनन् । हिँउदमा प्रधानमन्त्री बनेका खनालले वर्षा लाग्न आँटिसक्दा र भ्यागुता ट्वारट्वार गर्ने बेला भइसक्दा पनि सरकारलाई पूर्णता दिन नसक्नुले उनको निकम्मापन छर्लंग देखाउँछ ।

यो देश जनताको कि बन्दकर्ताको ?

नेपालमा बन्द संस्कृति मौलाउँदो छ । बाटामा हिँड्दा ठेस लागेर लडे बाटो बन्द गर्नुपर्ने माग राख्दै बन्द, श्रीमतीले तिउनमा नुन बढी हाले पनि बन्द र प्रेमिका पोइल गए पनि बन्द । यही परम्पराले गर्दा अहिले हाम्रो मुलुक बन्दकर्ताहरूको मुलुकमा रुपान्तरित भएको छ । यसै क्रममा थरुहट स्वायत्त राज्य परिषद्ले गरेको अनिश्चितकालिन बन्दका कारण पश्चिम तथा पूवी तराईको जनजीवन प्रभावित भएको छ । थरुहट स्वायत्त राज्य परिषद्ले सत्तारुढ माओवादी र एमाले तथा मधेसी जनाधिकार फोरमबीच गत चैत ९ गते भएको चारबुँदे सहमतिको विरोधमा शुक्रबारबाट अनिश्चितकालीन थरुहट बन्द गरेको हो ।

महादेव ! धन कमाउन मन्त्रीसँग सिक

हाम्रो देशका मन्त्ररू महिनाकै १लाखभन्दा बढी कामै नगरी कमाउछन् तर हिन्दुहरूको आराद्यदेबको ५० वर्षको कमाई सुन्न पनि लाजमर्दो छ । हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथको ढुकुटीमा एक हजार तीन सय ७५ तोला सुन र ८७ लाख ५० हजार पाँच सय ६३ किलो चाँदी रहेको तथ्य सार्वजनिक भएको छ । पशुपति अध्ययन व्यवस्थापन स्वतन्त्र अधिकार सम्पन्न समितिले ५० वर्षमा पशुपतिनाथको कुल सम्पत्ति एक हजार तीन सय ७५ तोला सुन र ८७ लाख ५० हजार पाँच सय ६३ किलो चाँदी र ११ करोड ५० लाख नगद रहेको तथ्य बाहिर ल्याएको हो ।

स्लेटढुङ्गामा अडेको थामी समुदायको जीवन


काठमाडौँ । दोलखाको उत्तरी गाविस आलाम्पुका अल्पसङ्ख्यक थामी समुदाय गाग्रोफुटे ढुङ्गा खानीमा काम गरेर पुस्तौदेखि जीविका चलाउँदै आएका छन् । हातमा हथौडा, गल आदि औजार लिएर बिहानदेखि बेलुकासम्म  खानीबाट स्लेटढुङ्गा निकाल्ने काम गरी कमाएको पैसा नै उनीहरूको गुजाराको एक मात्र आधार हो । 

Pages