4/09/2011

घर फोन गर्दा घर !

दोहा– भोडाफोन कतारले घरमा फोन गर्दा घर नै जित्ने अवसर प्रदान गरेको छ । ‘वल्र्ड कलिङ क्लव’ अन्तर्गतका प्रतिस्पर्धाको पछिल्लो संस्करणमा भोडाफोनले ‘घर फोन गर्दा घर जित्नुहोस्’ (विन अ होम ह्विन यु कल ब्याक होम) को घोषणा गत मंगलवार, ५ अप्रिलमा गरेको छ ।
यो प्रतिस्पर्धामा भोडाफोनका उपभोक्ताले कतारी रियाल २ लाख ५० हजार जित्नेछन् जसबाट उनीहरूले मुलुकमा आफ्नै घर बनाउन सक्छन् । वल्र्ड कलिङ क्लव अन्तर्गत हरेक अन्तर्राष्ट्रिय कलको हरेक मिनेट र हरेक अन्तर्राष्ट्रिय एसएमएस स्वतहः प्रतिस्पर्धामा सहभागी हुने भोडाफोनले जनाएको छ ।
यो प्रतिस्पर्धा ३० जुनसम्म जारी रहनेछ । विजेताको घोषणा जुलाईमा हुनेछ । यसका साथै भोडाफोनले हरेक साता गर्ने लक्कि ड्र मा १० जना उपभोक्ताले हेन्डसेट र १ हजार रियालसम्मका सपिङ भौचरहरू जित्नेछन् । हरेक साता १ सयजनाले २० रियालको रिचार्ज र ४ सय जनाले १० रियालको रिचार्ज प्राप्त गर्नेछन् ।

No comments:

Pages