4/09/2011

हामीलाई न्याय कसले देला ?

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरू कम्पनी नभेटेर अलपत्र पर्ने, तलब नपाएर संकटमा पर्ने र सम्झौता अनुसारको सेवा सुविधाबाट बञ्चित हुने समस्या अब नौलो रहेन यसै क्रममा मस्कटको अन्तराष्ट्रिय एरपोर्ट देखि करिव १३६ की।मि। पर्ने सोएकमा रहेको मोर्डन फर्मेसन कम्पनीमा कार्यरत ७ जना नेपालीहरुलाई कम्पनीले बिगत १० महिनादेखि मासिक तलब रोकी नदिएकोलेउनीहरू बिचल्लीमा परेका छन् ।

नेपालको पाराडाइस मेनपावर मार्फत २००९ जनवरीमा ओमानको बिल्डिंग कन्ट्रक्सनको कम्पनीमा आएका ती नेपालीहरुलाई पहिलो ३ महिनाको तलब राखी चौथो महिनादेखि मेहनतको मजदुरी मिल्न थालेपछि उनीहरु खुशी थिए तर १४औ महिनादेखि फेरी तलब रोकिएरउनीहरु अप्ठयारोमा परेका हुन् । कम्पनीले ‘पैसा छैन तिमीहरु जे गरे पनि गर’ भनेर धम्क्याएको पीडितहरूको गुनासो छ । ती नेपालीहरु अहिले नेपाली सामाजिक संस्थाहरुमा आश्रय लिइ वसेका छन् ।

No comments:

Pages