8/02/2011

हङकङमा रोजगारी भिसा फुकुवा गर्न अभियान

हङकङमा नेपाली कामदारका लागि प्रतिबन्धित रोजगारी भिसा फुकुवा गराउन दवाबमूलक अभियान थालिएको छ । ‘भिसा प्रतिबन्ध नीति विरुद्धको अभियान’ भनिएको कार्यक्रमको अगुवाई नेपाली घरेलु कामदार युनियन तथा सूदुर पूर्वी प्रवासी नेपाली संघ (फियोना) ले सयुंक्त रूपमा गरेका छन् ।

अवैध विदेशी मुद्राको कारोबार रोक्न एनआरएनको आग्रह

गैर आवासीय नेपाली संघ, साउदी अरबले प्रधानमन्त्री झलनाथ खनाललाई एक पत्र लेखी विदेशी मुद्राको अवैध कारोबारमा रोक लगाउन ध्यानाकर्षण गराएको छ । मेनपावर व्यवसायीहरूलाई भिसा खरिद गर्न आवश्यक पर्ने विदेशी मुद्रा उनीहरूले पेश गर्ने कागजातका आधारमा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंकिङ च्यानलहरूबाटै स्वदेशमा प्राप्त गर्ने गरी वाह्य विप्रेशन सेवा सञ्चालन गर्नसमेत आग्रह गरिएको छ ।

एनआरएन अध्यक्ष उम्मेदवारको प्रेस विज्ञप्ति

चर्चित ढुङ्गेल
विश्वका कुनाकुनामा बसेर टपरा र दुनामा खाने नेपालीको संख्यामा दिन दुगुना र रात चौगुना बढेर गएकाले कसैले यो गैर आवासीय नेपालीको हिरो हुने सोच बनाएको हो र नेपालका खोँचखोँचबाट आएका सोझासिधा तपाईँहामीजस्ता साधु नेपालीलाई काबुमा पारेर केटाकेटीमा अलि ठूलाहरुले हावुको डर देखाएजस्तै गरी डस्ने, उपल्लो कोटीको नेपाली भएँ भनेर स्वनामधन्य

8/01/2011

रमज़ान आजदेखी शुरु

धर्मालम्बीहरुको महान पर्व रमज़ान आजबाट शुरु भएको छ। एक महिनासम्म अल्लाहको लागि सुर्योदय भन्दा अगाडि देखी सुर्यअस्त सम्म दिनको समयमा पानी सेमत नखाइ गरिने रोजालाई रमजान भनिन्छ।

कुवेतमा मृत्यु भनिएकी जीवितै

वैदेशिक रोजगारीका क्रममा कुवेतमा दुर्घटनामा मृत्यु भएको भनिएकी एक महिला गाउँमा जीवितै छन् ।
२०६६ माघ २७ गते कुवेतमा मृत्यु भएको भनिएकी बाबियाचौर–५ की ४५ वर्षीया शान्ति दर्जीले आफू जीवितै रहेको बताएकी हुन् ।

कुवेतमा मृत्यु भनिएकी जीवितै

वैदेशिक रोजगारीका क्रममा कुवेतमा दुर्घटनामा मृत्यु भएको भनिएकी एक महिला गाउँमा जीवितै छन् ।
२०६६ माघ २७ गते कुवेतमा मृत्यु भएको भनिएकी बाबियाचौर–५ की ४५ वर्षीया शान्ति दर्जीले आफू जीवितै रहेको बताएकी हुन् ।

कोरियामा तलब बढ्यो

नेपाली कामदारको लागि आर्कषक गन्तव्य बनेको दक्षिण कोरियाले सन् २०१२ देखि कामदारको न्यूनतम पारिश्रमिक ६ प्रतिशतले बढाउने निर्णय गरेको छ ।


कोमामा रहेकी दोङलाई नेपाल पठाउने तयारी

आरबि बुढाथोकी
कुबेतको फर्वानिया अस्पताल बिगत लामो समयदेखी कोमामा रहेकी शान्ती माया दोङलाई दुताबासले छिट्टै नेपाल लैजाने तयारी गरी रहेको छ । शान्ती माया दोङलाई भरसक छिटो भन्दा छिटो हामीले जिबितै नेपाल पुर्याउने तयार गरी रहेका छौ राजदुत मधुबन पौडेलले भेटमा खुलस्त पार्नु भयो । एक नेपाली चेलीको उद्दारका लागि अन्तरास्टिय रुपमै चर्चा चल्न थाले पछी दुताबासलाई पनि बेला बेलामा दबाब आउने कारणले गर्दा राजदुतले पनि यस बिषयलाई गम्भिर रुपमा नेपालका अस्पातलहरुसँग अन्तरकृया गरी संपर्क गरी रहनु भएको थियो ।
दुई महिना अगाडि नेपालको पुरानो सरकारी अस्पातल वीर अस्पातलले हचुवाको भरमा शान्ती माया दोङको सम्पूर्ण जिम्मेवारी लिने भनी दुताबासलाई पत्र पठाएकोमा अन्तत कार्यन्वयन गर्न नसके पछी हामीले अन्य अस्पातलहरुसँग सहकार्यका लागि नियमित रुपमा पत्र पठायौ, अस्पातलको खोजी गर्दै गयौ अन्तमा पाटन अस्पातलले शान्ती मायालाई लिने निर्णय गर्‍यो राजदुत पौडेलले थप्नु भयो । पाटन अस्पातलले उनलाई लिने स्वीक्रिती पत्र त पठाइ सकेको छ अब उनलाई कुबेतको फर्वानिय अस्पातलमा जुन सुबिधा दिएर बचाइ राखेको छ् त्यो दिएर जिबित राख्न सक्ने सपूर्ण ग्यारेन्टी लिएर पत्र पठाउना साथ दुई पक्षिय सल्लाह मिल्नासाथ हामीले दुताबासका कर्मचारीको साथमा उनलाई नेपाल पुर्याउने छौ उहाले प्रस्ट पार्नु भयो ।
शान्ती माया दोङलाई जातिय हिसाबले भेद भाब गरी लामो समय देखी उद्दार नगरिएको भन्ने कुरा एनआरएनएको केन्द्रले यस बिषयलाई इस्सु बनाएर संसारभरका नेपालीहरुलाई सहयोग गर्न उर्दी गरेको केही समय बित्दा नबित्दै एकाएक दुताबासबाट यो निर्णय आएको हो ।
घरेलु कामदारको रुपमा पाच बर्ष अगाडि कुबेत छिरेकी शान्ती माया अवस्थाका बारेमा सुनेर अबिभाबकहरु उनलाई हेर्न ब्याकुल छन। कुबेतबाट बिभिन्न ब्यक्तित्वहरु उनको घर हेटौंडा गएर छोरीको अवस्थाका बारेमा बेला(बेलामा अबगत गराइ आर्थिक सहयोग सहित छिट्टै नेपाल ल्याइदिने आस्वसन दिएर आएका छन । उनको अबस्था निकै नाजुक छ अस्पातलमा कुनै नेपाली भेट्न जादा उनी लजाएर आफ्नो अनुहारलाई गम्साले छोप्ने प्रयास गर्छिन । कुनै पनि ठोस पदार्थ खान सक्दिन उनलाई पाइपको माध्यमबाट तरल बस्तु खुवाएर बचाइ राखिएको छ । नियमित रुपमा चिकीत्सकको निगरानीमा राखिएका कारण नेपाल लैजाने बखत पनि डाक्टर वा उनको समस्याको बारेमा पूर्ण ज्ञान भएको नर्स साथमा जानु पर्ने अनिबार्य छ ।
कुबेतको चिकीत्सक टोली गएर उनको अबस्थाको बारेमा नेपाली चिकीत्सकलाई पूर्ण रुपमा अबगत गराइ फाहिलहरु हस्तान्तरण गर्नु पर्ने हुन्छ साथमा उनलाई कुबेतको अस्पातलले सुबिधा दिएर जुन रुपमा बचाइ राखेको थियो त्यो पुगेको छ या छैन सो पनि चेक जाच हुने जानकारहरु बताउछन ।
शान्ती माया दोङलाई उद्दार गर्ने भनी कुबेतका बिभिन्न संघ सस्थाहरुले लाखौं रुपैया उठाएर त्यतिकै थाती राखेका छन । शान्ती माया दोङलाई उद्दार गर्न पैसाले मात्र हुँदैन कुटनैतीक पहल पनि हुनु जरुरी छ उनको अवस्था अरुको अवस्थासँग दाज्न मील्दैन अर्का जानकार आक्रोशित तबरमा भन्छन । यदी दुताबासले शान्ती माया दोङलाई उद्दार गर्ने काममा सफल हुन्छ भने हामीले उसको सरहना गर्नु पर्छ उसको कुटनैतीक पक्षलाई मान्नु पर्छ उनले थपे ।

कोमामा रहेकी दोङलाई नेपाल पठाउने तयारी

कुबेतको फर्वानिया अस्पताल बिगत लामो समयदेखी कोमामा रहेकी शान्ती माया दोङलाई दुताबासले छिट्टै नेपाल लैजाने तयारी गरी रहेको छ ।

7/31/2011

विदेश जान दलाल खोज्दै हुनुहुन्छ ? पासर्पोट झ्याप पार्देला !

आफूलाई मेनपावरको एजेन्ट भन्दै सोझा बेरोजगार युवाहरुलाई ठग्दै हिड्ने गिरोह राजधानी लगायत मुलुकका विभिन्न भागमा अहिले पनि उतिकै सक्रिय छ । वैदेशिक रोजगार विभाग, प्रहरी प्रशासन र मेनपावर व्यवसायीले ठगी नियन्त्रण गर्न जतिसुकै तदारुकता देखाए भने पनि यस्ता गिरोहहरुको बिगबिगी बढेको बढ्यै छ ।

Pages