नेपाली कामदारको लागि आर्कषक गन्तव्य बनेको दक्षिण कोरियाले सन् २०१२ देखि कामदारको न्यूनतम पारिश्रमिक ६ प्रतिशतले बढाउने निर्णय गरेको छ ।
यसले नेपालीका साथै अन्य कामदारको न्यूनतम पारिश्रमिकमा झन्डै ४ हजार वृद्धि हुने छ । वृद्धिपछि कामदारले ६५ हजार रुपैयाँ पाउने छन् । इपिएस नेपालका महेश आचार्यका अनुसार हाल कोरियामा ९ हजार कामदार छन् । उनीहरू सबै फाइदा पुग्ने उनले बताए । न्यूनतम तलब परिषद् ९एमडब्लुपी० लाई उद्धृत गर्दै कोरिया टाइम्सले अनलाइन संस्करणमा सन् २०१२ बाट कोरियामा काम गर्ने कामदारको प्रतिघन्टा ४ हजार ३ सय २० वानमा २ सय ६० वान वृद्धि गरेको छ । त्यसपछि कामदारले प्रतिघन्टा ४ हजार ५ सय ८० वान ९करिब ३ सय रुपैयाँ० पाउने छन् । परिषद्को १३ औं बैठकले यस्तो निर्णय गरेको हो ।
सियोलमा बसिरहेका रमेश भट्टराईका अनुसार वृद्धिसँगै कोरियामा सातामा ४० ९महिनामा २ सय ९० घन्टा काम गर्नेले मासिक लगभग ६५ हजार रुपैयाँ ९९ लाख ५७ हजार २ सय २० वान० आम्दानी गर्ने छन् । कोरियामा अहिले ९० प्रतिशत भन्दा बढी विदेशी कामदारले सरकारले तोकेको भन्दा बढी पारिश्रमिक पाइरहेका छन् । निर्धारण गरिएको तलब सातामा ४० घन्टाभन्दा बढी काम गर्ने कामदारको हकमा मात्र लागू हुने छ । सरकार, श्रमिक र रोजगारदाताका प्रतिनिधिबीच धेरै महिनादेखि भएको छलफलपछि परिषद्ले नयाँ तलब निर्धारण गरेको हो । यद्यपि यो तलब वृद्धिलाई मुख्य रोजगार युनियनले मान्य नहुने बताएका छन् । उनीहरूले सरकारले अझै बढी तलब वृद्धि नगरे सामूहिक रूपमा न्यूनतम तलब वृद्धिका लागि आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् । तलब बढाउने विषयमा सर्वपक्षीय सहमति नभए पनि मतदानबाट यस्तो निर्णय भएको थियो । परिषद्का अध्यक्ष पार्क जोन सुङले मतदानबाट तलब वृद्धिको निर्णय हुनु दुर्भाग्य भए पनि श्रमिक र व्यवस्थापनको निर्णायक प्रयास पछि नयाँ पारिश्रमिक निर्धारण भएको बताएको कोरियाली सञ्चार माध्यमले जनाएका छन् । ुतलब निर्धारण गर्ने निर्णयमा ढिलाइ भए पनि चाँडै कार्यान्वयनको घोषणा हुन्छ, उनले भने, यसले निम्न आय भएका व्यक्तिलाई पक्कै पनि फाइदा पुर्याउने छ ।
बुधबार भएको मतदानमा परिषद्मा रहेका १९ सदस्यमध्ये १२ सदस्यले ६ प्रतिशतको वृद्धिलाई स्विकारे भने चार जनाले यसको विरोधमा मतदान गरे । मतदानमा तीन जना सहभागी थिएनन् । श्रम संगठनहरूले कामदारको तलब कम्तीमा पनि १० दशमलव ४ प्रतिशतले वृद्धि हुनुपर्ने बताए । तर रोजगारदाताले भने ३ दशमलव १ प्रतिशतले तलब बढाउनुपर्ने माग गर्दै आएका थिए ।
यो वृद्धिसँगै २३ लाख ४० हजार कामदारको तलब बढ्ने छ । कोरियामा इपिएसअन्तर्गत गएका ९ हजार नेपाली तलब वृद्धिबाट लाभान्वित हुने छन् । परिषद्ले निर्धारण गरेको न्यूनतम तलब श्रममन्त्री समक्ष पेस गरेपछि पारित हुने छ ।
No comments:
Post a Comment