4/16/2011

मानवतस्करको फन्दामा परेर दूतावासको शरणमा

प्रेम लामा÷दोहा– वैदेशिक रोजगारीको सिलसिलमा दोहा आइपुगेका युवाहरू ठगिएको थाहा पाएपछि दुतावासको शरणमा आएका छन् । बाग्लुङको विहु– ७ का ३६ वर्षिय भीम के.सी र सोही जिल्लाको तारा–७ का राजकुमार दर्जी दुवै जना दोहास्थित एक कम्पनीसँग भएको श्रम सम्झौता अनुसार कम्पनीको श्रीलंकन मालिकले तलव घटाएर काम गर्न भनेपछि सहमत नभएर नेपाली नियोगको शरणमा आएका छन् ।

२ बर्षसम्म बेतलव

२ बर्षअघि बैदेशिक रोजगारयात्रामा निस्केका सिराहा लाहानका राम टहल शाहले यता आएदेखि तलव पाएका छैनन् । रोजगारीका लागि कतार आएका दुई वर्षसम्म पनि तलव नपाएर उनी दूतावासको शरणमा आएका छन् । गाउँकै एजेन्ट अतरहुलले उनलाई दोहा ल्याएका हुन् । एक स्थानीय कम्पनीका श्रीलंकन मालिकले भिषा लगाइदिन्छु भनेर उल्टै पैसा मागेर कम्पनीको परिचय पत्र तथा भिषा नलागई दिएको दुखेसो पनि उनले पोखेका छन् । साथीहरूसँग सापटी गरेर पैंत्तिस सय रियाल दिएको तर भिषा नलगाइदिनुका साथै आईडी पनि नदिएको उनले वताए । पिडीत शाहको पासर्पोट भने कम्पनीको मालिकले नै  राखेको छ । पिडीत शाहलाई नियोगले कागजपत्रहरू तयार पारिदिएर लेवर कोर्ट पठाएको छ ।

नेपाल जाने पर्यटकहरूको संख्या घट्दो

ईश्वर दाहाल÷दोहा– कतारबाट नेपाल भित्रिने पर्यटकहरूको संख्यामा कमी आएको छ । नेपाल पर्यटन वर्षको शुरुवाती तीन महिनाको तथ्याङ्क त्यति सन्तोषजनक देखिदैन । पछिल्लो महिना मार्चमा नेपाल भित्रिने पर्यटकहरूको संख्या घटेर २९ आईपुगेको छ ।

कतारबाट जलविद्युतलाई सहयोग

दोहा– कतारमा उद्योग व्यवसाय सन्चालन गरिरहेका खोटाङको टेम्मा– ९ का ध्यान बहादुर राईले आङ्खनी ममतामयी आमाको नाममा सोही गाउँको ज्यामिरेमा ९ किलो वाट क्षमताको ‘सन्चमाया जलविद्युत आयोजना’ सन्चालन गर्नलाई कतारी रियाल ३० हजार अर्थात ६ लाख नेपाली रुपैया बराबरको आर्थिक सहयोग गरेका छन् ।

डिजिटल नम्बर हटाउने अभियान

चितवन । सवारीसाधनमा डिजिटल नम्बर प्लेट हटाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । टल्किने र स्पष्ट नदेखिने भएका कारण आपराधिक क्रियाकलाप बढेको भन्दै कार्यालयले डिजिटल नम्बर प्लेट हटाउन लागेको हो । डिजिटल नम्बर प्लेट नभएका र मोटरसाइकल परिवर्तन नगरिएका मोटरसाइकल चालकलाई विशेष पास दिने गरेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नेपाल भ्रमण उपलव्धीमूलक ः थिन्ले

काठमाडौ । भुटानका प्रधानमन्त्री जिग्मे वाई थिन्लेले आफ्नो नेपाल भ्रमण दुई देशबीचको सम्बन्ध विस्तार र आपसी हितका लागि ज्यादै उपलब्धिमूलक र फलदायी भएको बताउनुभएको छ । तीन दिने नेपाल भ्रमणको अन्तिम दिन पत्रकार सम्मेलन गरी भुटानी प्रधानमन्त्री थिन्लेले नेपालका प्रधानमन्त्री झलनाथ खनालसँग भुटानी शराणर्थी समस्या समाधानका लागि वार्ता पुनः सुरु गर्न तथा दुवै देशको पर्यटन प्रबद्र्धनका लागि भुटानबाट सीधा हवाइसेवा सञ्चालन गर्नेबारेमा छलफल भएको उल्लेख गर्नुभयो ।

माओवादीको स्थायी समिति बैठक अनिश्चित

काठमाडौ। वर्तमान सरकारमा गृहमन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको सत्तारुढ दल एकीकृत नेकपा (माओवादी)को स्थायी समितिको आज बैठक अनिश्चित भएको छ । पार्टीका शीर्ष नेताहरुले गृहमन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने बारेमा आन्तरिक गृहकार्यमा जुटेकाले बैठक अनिश्चित भएको बताइएको छ ।

घाँसको बीउ बेचेर लखपति

\कञ्चनपुर । वनको बाँझो जग्गामा घाँस रोपेर कञ्चनपुरको झलारी–९ कलुवापुरका समूहमा आबद्ध महिला लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । सामुदायिक पशु विकास आयोजनाको सहयोगमा चार वर्षदेखि यहाँका ३५ महिलाले ज्वाइन्ट भेज नामको घाँस रोपेर घाँसको उत्पादित बीउ बेचेर मनग्य आम्दानी गर्न थालेका हुन् ।

अग्निपीडितलाई राहत वितरण

म्याग्दी । म्याग्दीको दाना गाविसमा गत चैत १ गते भएको आगलागीबाट पीडित बनेकालाई विदेशमा रहेका विभिन्न संस्थाले रातह उपलब्ध गराएका छन् । फ्रेन्डली ब्रदर्स युके, फ्रेन्डली ब्रदर्स पोर्चुगल, मोना युके र मोना पोर्चुगलले दाना ३ र ४ नं वडाका आगलागी पीडितलाई एकमुष्टरुपमा उपलब्ध गराएको राहत रकम शुक्रबार मोना युकेका प्रतिनिधि योगेन्द्र केसीले वितरण गर्नुभयो ।

4/15/2011

रूखलाई साक्षी मानेर एक दर्जन जोडी प्रणय सूत्रमा

सिरहा जिल्लाको सिसवनी गाविसमा प्रत्येक वर्ष वैशाख संक्रान्तिको दिन लाग्ने फूलबारी मेलामा बिहीबार एक दर्जन युवायुवती प्रेमविवाह गरी प्रणय सूत्रमा बाँधिएका छन् । 

इन्धनको संकटकाल

केही दिनदेखि राजधानी तथा देशभरका पेट्रोल पम्पमा इन्धन नभएको सूचना टाँसिएका छन् । जसबाट सार्वजनिक तथा नीजि सवारी साधनका चालकहरु सरकारी पेट्रोल पम्पहरुमा घण्टौं लाइनमा बसन बाध्य भएका छन् । अब सरकारी पेट्रोल पम्पहरुमा पनि इन्धन नपाइने बताइएको छ र देशभर इन्धनको संकटकाल घोषणमा सरकार अगाडी बढ्दैछ भन्ने समाचार सिार्वजनिक भएकोछ ।

4/14/2011

अस्ट्रेलियामा चम्किएका नेपाली नर्स

नारायण खड्का 
सिड्नी/दुई वर्षअघि काठमाडौ कपनबाट अध्ययनका लागि अस्टे्रलिया आएकी ममता श्रेष्ठ अहिले यहाँको एक नर्सिङहोममा काम गरिरहेकी छन् । यहाँ पनि नर्सिङकी विद्यार्थी ममताले आफ्नो क्याम्पसको शुल्कमात्र एक सेमेस्टर (६ महिना) को करिब ५ लाख ५० हजार बुझाउनुपर्छ । त्यतिमात्र नभएर आफ्नो दैनिक खर्च र महँगो घरभाडा तिरेर पनि मासिक मासिक १ लाखको हाराहारीमा बचत गर्छिन् । नेपालमा स्टाफ नर्सको अध्ययन सकेर काठमाडौंको ओम नर्सिङ होममा काम गरिरहेकी उनी यहाँ आएर नर्सिङ विषय र पेसालाई नै निरन्तरता दिन पाएकोमा आफू सन्तुष्ट रहेको बताउँछिन् ।

नेताको चाकडी गर्दै एआईजी



नेपाल प्रहरीका भ्रष्ट अधिकृतहरु शान्ति सुरक्षाभन्दा राजनैतिक दलहरुका नेताहरुको घरमा चाकडी गर्न पुगेका छन। प्रहरी प्रशासन शान्तिसुरक्षा मजवुत पार्नुको प्रहरी चेन अफ कमाण्डका हाकिमहरुका नेताको चाकडी गर्दै आईजिपीका खिलापमा उत्रिएको समाचार प्राप्त भएको छ।

खाडी हिंडेका दुई सय सात महिला हराए

श्रृजना आचार्य
नेपालगन्ज,–आफ्नो छोरीको खोजि गरीदिन भन्दै साथमा लिएर गएका दलालसंग गुहार्न जांदा बर्दिया सानो श्री बाह्र नम्बर गाउंकी तुलसी बाठाले दलालकै हातवाट कुटाई खान पर्यो । कुबेत लैजान भन्दै छोरीलाई घरवाट लिएर गएका दलालले बेपत्ता पारेपछि तुलसी छोरीको खोजिमा चार वर्ष देखि भौतारीएकी छन् ।

4/13/2011

दूतावासका कर्मचारीमाथि गोली प्रहार

पाकिस्तानी दूतावासका एक कर्मचारी मेहबुब आसिसमाथि काठमाडौँको महाराजगञ्जस्थित बसुन्धारा पुलमा गोली प्रहार भएको छ ।  दूतावासको भिसा शाखामा काम गर्ने आसिसमाथि अज्ञात  बन्दूकधारीले आज बिहान चार राउन्ड गोली प्रहार गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता  डीएसपी केदार ढकालले जानकारी दिए।  आसिसको अहिले शिक्षण अस्पताल, महाराजगन्जमा उपचार भइरहेको छ। उनी बोल्न र घटनाबारे जानकारी दिन सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। कसले र किन गोली प्रहार गर्‍यो भन्ने बारे थाहा हुन सकेको छैन। प्रहरीले यस विषयमा अनुसन्धान गर्दैछ।

अवैध रक्तचन्दन वीरगंज नाकाबाट नेपाल भित्रिंदै

अवैध रक्तचन्दन पक्राउ पर्नेक्रम जारी छ। हिजो बेलुकी भारतको रक्सौलमा प्रकाश ट्रान्सपोर्टको ना. २ ख ८२७९ नम्बरको ट्रकबाट ८४ थान आठ  क्वीन्टल रक्तचन्दन बरामद भएको छ। एसएसबी र रक्सौल कस्टमको संयुक्त  टोलीले सूचनाको आधारमा प्रकाश ट्रान्सपोर्टमा हिजो बेलुकी छापामारी गर्दा सो रक्तचन्दन फेला परेको हो।

पूर्व सेनापति कटवालले पार्टी घोषणा गर्दै

माओवादीलाई सत्ताच्यूत गराउन मुख्य भूमिका खेलेका पूर्व सेनापति रुक्माङ्गद कटवाल पार्टी खोलेर राजनीतिमा आउने तयारी गरेका छन् । सेनापति छँदै चर्का राजनीतिक टिप्पणी गर्ने कटवाल संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र बिरोधीलाई संगठित गरेर राजनीतिमा आउन लागेका हुन् ।

तलब नपाएपछि काम कहिष्कार

क्वालालम्पुर । मालिकले सम्झौताअनुरुप तलब नदिने बताएपछि यहाँस्थित एक कम्पनीमा कार्यरत नेपालीहरुले काम ठप्प पारेका छन् । बातुपहातस्थित एभरटप गार्मेन्ट कम्पनी मालिकले सम्झौतापत्रमा उल्लेख भएअनुसार तलब ‘दिन्न’ भनेपछि उनीहरुले काम बहिष्कार गरी ठप्प पारिदिएका हुन् ।

माछा कम्पनी भनेर कवाडीखानामा

क्वालालम्पुर ।    गाउँले एजेन्ट गोपाल बिकले बोलाएपछि माछा कम्पनीमा काम गर्न मलेसिया आएका हेमप्रसाद बिक, जितमान सेपार्ली, सुवास बिक प्युठानका गिर्माणसिँह गुरुङ र दाङका यमबहादुर राना पाच दिनपछि एरपोर्टबाट बाहरिएका छन् । उनीहरु कुन म्यानपावरबाट मलेसिया आईपुगेका हुन खुल्न सकेको छैन ।

१ बर्षदेखि कतारमा रेबिका राई बेपत्ता

कुवेत । आकर्षक पारिश्रमिकको साथमा राम्रो काम दिलाउने आश्वासनमा गाउकै महिला एजेन्ट मार्फत कुवेत पठाउने भनी करिब १ बर्ष पहिले भारत हुँदै कतार पु¥याइएकी झापा दमक–१ कि २० बर्षीया रेबिका राई कतार पुगेदेखि नै सम्पर्कबिहीन छिन् ।

ओमानमा सुजिताद्वारा आत्महत्या

घरपरिवारको भविष्य सुखमय बनाउने सपना बोकेर विदेश जाने नेपालीहरुमा आत्महत्या गर्ने क्रम बढ्दो छ । लेबनानमा झापाकी गीता श्रेष्ठको आत्महत्याको खबर सेलाउन नपाउँदै ओमानको सललाहमा फेरी एक महिलाले आत्महत्या गरेकी छन् । नेपालगञ्ज बाँकेकी सुजिता सुनवारले सललाहमा आत्महत्या गरेकी हुन् । उनका श्रीमान खुमबहादुर सुनुवारका अनुसार  सुजिता एक वर्ष पहिले गाँउकै ऐजेन्ट मार्फत भारतको बाटो हुँदै ओमान पुगेकी थिईन् ।  तर, काम गर्ने घरमा राम्रो काम नपाएपछि त्यहि ऐजेन्टको काम गर्ने अर्को नेपालीलाई सम्पर्क गरी नेपाल फर्किएर यहि गत पुषमा  काठमाडौंबाट पुनः ओमान  पुगेकी थिईन्

चारजना सहसचिव सचिवमा बढुवा

काठमाडौ । मन्त्रिपरिषद्को आज बसेको  बैठकले विभिन्न चारजना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।सचिवमा बढुवा हुनेहरूमा हरिप्रसाद नेपाल, श्रीधर गौतम, सोमलाल सुवेदी र जयमुकुन्द खनाल हुनुहुन्छ ।

कुबेतको रिजनल गेटमा कार्यरत २ नेपालीको दुर्घटनामा मृत्‍यु

निकै बिबादमा फसेको कुबेतको रिजनल गेट कम्पनीमा कार्यरत दुई नेपालीको आज सडक दुर्घटनामा परेर मृत्‍यु भएको छ। लामो समयदेखी कम्पनीले काम लगाएपनी उक्त नेपालीहरुको भिसा भने लागेको थिएन ।

बढ्ता बोल्ने?

बीरगन्जको जिल्ला प्रहरी कार्यालय अगाडीको सडकमा बुधवार विहान सवारिसाधनको कगजपत्र चेकजाच गर्ने क्रममा बा १६ प ३१६१ नम्बरको मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले अमर्यादित सब्द प्रयोग गरेपछि ट्राफिक प्रहरीलाई काधमा बोकी नालामा फाल्ने प्रयास गर्दै मोटरसाइकल चालक बीरगन्ज १८ निवासी कृष्णकुमार दुवे । छुटाउने प्रयासमा एक प्रहरी । तस्बिरः बिजयकुमार महतो/रासस

एजेण्ट सुवेदीका हनुमान पुष्पराज भट्टराईले मान्छे कुटाए

नेपाली दूतावास कुवेतमा पाँच दिनदेखि धाईरहेका नयाँ नेपाल क्लबका अध्यक्ष दिलबहादुर पुनलाई दूतावास सचिव पुष्पराज भट्टराईको निर्देशनमा रामचन्द्र सुवेदीले मुक्का बजारेका छन् । पीडित पुनका अनुसार आफ्नो काम लिएर दूतावास पुगेका थिए । उनलाई रामचन्द्रले विवादका बीच मुक्का बजारेर भूईमा ढलाएका थिए ।

ओमानको जेलबाट मुक्त भइन् गोमा राई

नेपाल फर्कनको लागि ओमानी जेलमा परेकी महिला संसारे १९, झापाकी गोमा राई नेपाल फर्केकी छन् । मे २००९ देखि ओमानको राजधानी मस्कटमा काम गर्दै आएकी राई बिगत ५ महिनादेखि बिचल्लीमा परेकी थिइन् । उनीसँगै एकै परिवारमा कार्यरत अर्की टिकीसरि पुनसँग उनी पनि थुनामा परेकी थिईन्, टिकीसरीलाई भने १४ दिन पहिला नै छोडिएको थियो ।

4/11/2011

उखु किसान आन्दोलनमा

सर्लाहीका उखु किसानहरुले तोकिएको मुल्य प्राप्त गर्न फेरी आन्दोलन गर्ने निर्णय गरेका छन । आज हरिवन गाविसमा वसेको उखु किसान संयुक्त संघर्ष समितीले यस्तो निर्णय गरेको हो । लामो आन्दोलन पछि उखुको मूल्य प्रति क्वीन्टल चार सय १

सिण्डिकेट आतंक

इन्धन ढुवानीमा सिण्डिकेट लागू गर्नुपर्ने भन्दै ट्यांकर चालकहरुले सुरु गरेको आन्दोलन आज अपरान्ह्देखि स्थगित गरेका छन् । नेपाल आयल निगम विराटनगरका क्षेत्रीय प्रमुख  नभएपछि आन्दोलन स्थगित गरिएको हो । निगमका क्षेत्रीय प्रमुख कार्यालयमा आएपछि वार्ता गर्ने सर्तमा ढुवानी खुलेको र चालकले गाडी चलाएको जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ । गत चार दिनदेखि चालकहरुले अचानक ट्यांकर नचलाउने घोषणा गरेपछि विराटनगर लगायतका क्षेत्रमा पेट्रोलियम पदार्थको अभाब भएको थियो ।

वृद्ध तथा असहायको भत्ता सरकारी कर्मचारीलाई

बिष्णु गौडेल
नवलपरासीको रामग्राम नगरपालिकामा आउने सामाजिक सुरक्षाअन्र्तगतको रकम नगरपालिकाका केहि कर्मचारीहरुले पेश्की स्वरुप लिने र वृद्ध तथा असहायहरुलाई लामो समय पछि वितरण गर्ने गरेको पाईएको छ । कार्यालयमा आउने सामाजिक सुरक्षाको रकम वृद्धहरुलाई वितरण गर्न भन्दै पेश्कि रकम लिने र त्यो रकम कर्मचारीहरुले आफ्नो निजि बैक खातामा राखी ब्याज लिने गरेको समेत खुलासा भएको छ ।

लडाकूका क्रियाकलापप्रति कांगे्स रुष्ट

नेपाली कागे्रसले शान्ति सम्झौता विपरित माओवादी जनसेनाका लडाकूले मानव अधिकार उल्लघटनका घटना गराउदै हिडेपनि सरकार मुकदर्शक बनेको आरोप लगाएको छ ।

आचरणहिन न्यायाधीशलाई सबैले चिनौं


काठमाडौ । न्याय परिषद्ले २ जना न्यायाधीशलाई बर्खास्त गर्ने निर्णय गरेको छ । आचरण ठिक नभएको र कार्य क्षमता अभाव भएको भन्दै आज बसेको परिषद्को बैठकले पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश तेजप्रसाद कार्की र पुनरावेदन अदालत पोखराका न्यायाधीश ओमप्रसाद सुवेदीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । बैठकले सर्लाहीका न्यायाधीश विनोद शर्मा, अर्घाखाँचीका अच्युत विष्ट, पर्साका पशुपति आचार्य र जाजरकोटका न्यायाधीश सीताप्रसाद पोखरेल गरी ४ जना न्यायाधीसलाई सचेत गराउने निर्णय पनि गरेको छ । उनीहरुलाई आइन्दा गल्ती नगर्न भन्दै सचेत गराइएको छ ।

4/10/2011

ठग इन्टरनेट साहुहरूको कर्तुत अपराधबाट उन्मुक्ति पाउन नाटक

चैत ३ गते क्षेत्रपाटी, वनस्थली र धोबिचौरबाट कल बाइपासमा प्रयोग हुने सामाग्रीसहित पक्राउ परेका ३ चिनियाँ नागरिकको बयानमा सुबिसु र वल्र्डलिङ्क समेत परेपछि प्रहरीले दुवै कम्पनीका मालिकहरूलाई खोजी सूचीमा राखेको छ । प्रहरीले खोजी सूचिमा राखेपछि वल्र्डलिङ्कका प्रमुख दीलिप अग्रवाल र सुबिसुका सुधिर पराजुली फरार छन् । ठूलो इन्टरनेट सेवा कम्पनी वल्र्डलिंकका अग्रवाल र सुबिसुका पराजुलीलाई समात्न महानगरीय प्रहरी परिसर काठमाडौंले टोली परिचालन गरेपछि तिल्मिलाएका व्यापारीले आफ्नो संस्था आइस्पानमार्फत इन्टरनेट सेवा अवरुद्ध पारेर संविधान प्रदत्त अधिकार उलंघन गरेका हुन् । ‘अनुसर्धानमा वल्र्डलिंक र सुबिसुको सोझो संलग्नता देखिएकाले मुद्दा प्रक्रिया अघि बढाएका छौं’, अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा माइसंसारसँग भने– ‘दुवै कम्पनीका सञ्चालक फरार छन् ।’ सर्वसाधारणलाई हेपेर इन्टरनेट सेवा कटौती गरे पनि मोटो रकम आउने पाँच तारे होटल र बैंकहरूमा भने सेवा अवरुद्ध पारिएको थिएन ।

मिलियन डलरको छिनोफानो शुक्रबार, झुठो बोल्दैछ राष्ट्र बैंक, घुस मागिएको असिमको खुलासा





अमेरिकाबाट असिम खत्री क्षेत्रीले नेपाल पठाएको रकम राष्ट्रबैंकले नियन्त्रणमा लिएपछि न्याय खोज्दै अमेरिकी अदालतमा पुगेका थिए , असिम क्षेत्री । अनि अमेरिकी अदालतले न्युयोर्कस्थित  स्टान्डर्ड चार्टर्ड बैंकमा रहेको नेपाल राष्ट्रबैंकको खाताबाट एक मिलियन डलर झिकेर असिमलाई दिलाइदिने फैसला गरेको थियो ।

हिमाल रेमिटदेखि सावधान

समुन्द्र पौडेल,

तनहुँ, चैत २५- दाजुको विवाह फुकाउन दुबईबाट भाईले हिमाल रेमिटमार्फत् पठाएको पैसा रेमिटान्सबाटै गायब भएको छ। गत चैत ३ गते दुबईमा कार्यरत पदम विश्वकर्माले परिवारलाई पठाएको पैसा गाउँकै दुई युवाले नक्कली नागरिकता बनाएर रेमिटान्सबाटै पैसा गायव बनाएका हुन्।

श्रम अनुमति लिएर मात्र विदेश जान आग्रह

काठमाडौं । सरकारले भविष्यमा हुन सक्ने जोखिमबाट बच्न तथा सरकारी सेवा सुविधा प्राप्त गर्न श्रम अनुमति लिएरमात्रै रोजगारीका लागि जान आग्रह गरेको छ ।खाडी मुलुकमा कामका लागि जाने नेपाली समस्यामा पर्ने गरेको र श्रम अनुमति लिएर नजाँदा कुनै दुर्घटना या आपतमा परे उद्धार गर्न नसकिने भन्दै यस्तो आग्रह गरेको हो ।

सरकारी रवैयाप्रति व्यवसायी रुष्ट

मध्यपूर्वी मुलुकहरुमा यतिबेला राजनीतिक विद्रोहका लहर चलेको छ । नेपालीहरूको छाना, नाना र मानासँग जोडिएको खाडी र केही अफ्रिकी मुलुकमा भड्केको सत्ता विद्रोह र उत्पन्न हिंसाका कारण नेपालीहरू पनि प्रभावित भएका छन् । त्यसको प्रत्यक्ष दृष्य लिबिया घटनामा देखियो ।  लिबिया उत्तर अफ्रिकी मुलुक हो । विचार चार वर्षअघिदेखि यहाँ नेपालीले पनि रोजगारी पाउँदै आएका थिए । तर, पछिल्लो समय भड्केको हिंसाले नेपालीहरुले रोजगारी गुमाएका छन् । लिबियाको आन्तरिक सत्ता विद्रोह र विदेशी सैन्य हस्तक्षेपका कारण अहिले लिबियामा ठुलो जनधनको क्षति भइरहेको छ। तर, सौभाग्य नै भन्नुपर्छ यो घटनामा नेपालले कुनै क्षति बेहोर्नु परेन । व्यवसायीहरूको सचेत र जिम्मेवारीपूर्ण पहलकदमीका कारण नेपालीहरु सकुशल रहन सफल भए ।

विदेशको सीप, स्वदेशमा लगानी

सन् १९९२ मा १६ वर्ष मात्र टेकेका आइतमान तामाङ विदेश जाने उद्देश्यले आफ्ना दाजुको सहयोगमा  २ वर्ष उमेर बढाई राहदानी बनाउन काठमाडौ आए । राहदानी बनाएको केही महिनामै उनी कतारको दोहास्थित एकेसी कम्पनीको सानो तहमा काम गर्न पुगे ।

त्यतिबेला कतारको राजधानी दोहा पुग्दा नेपालीहरूको संख्या थोरै  र कतार पनि त्यतिधेरै विकास नभएको ठानेका आइतले उक्त कम्पनीमा ६ वर्षसम्म काम गरे ।

विदेशको दुःखले बनायो अभियानकर्ता

कुन्ता भण्डारी
दाङ । विदेशमा पाएको असह्य दुःखले पवननगर–४, भमकेकी ३१ वर्षीया रेवती आचार्यलाई अहिले समाजसेवी बनाएको छ । हिजोआज रेवतीलाई दिदीबहिनीसँग बसेर दुःखसुखका कुरा गर्नसम्म फुर्सद छैन । उनी कहिले पवननगरको गाविस कार्यालयमा त कहिले धेरै कमाउने आशमा अन्धाधुन्घ विदेश हानिन लागेका दिदीबहिनीहरूलाई सल्लाह दिंँदै गरेको अवस्थामा भेटिन्छिन् ।

नेपालीहरूलाई नीतिअन्तर्गत बीमा गरेर पठाउन सक्नुपर्छ

लिबियाबाट नेपाली कामदारको उद्धार गर्दा कस्तो अनुभव रह्यो ?
– म लिबियामा अलपत्र नेपाली कामदार उद्धारका लागि २६ दिन त्यहाँ बसेँ । आन्दोलन र द्वन्द्वको अवस्थामा म त्यहाँ फरेन इम्प्लाइमेन्ट एसोसिएसनको प्रतिनिधिका रूपमा अलपत्र नेपालीको उद्धारका लागि भनेर गएँ । जुन मिसन लिएर गएको थिएँ त्यो सबैको सहयोगमा सफल भयो । तर, त्यहाँका अनुभवहरू भने धेरै गाह्रो भयो । सुरुमा लिबियाको बेङ्गाझीबाट आन्दोलन सुरु भयो, त्यहाँ धेरै नेपाली थिए । त्यहाँ रहेका नेपालीहरूलाई इजिप्टको बोर्डर ल्याउन सजिलो थियो तर आन्दोलन भएका कारण उनीहरूलाई निकाल्न साह्रै गाह्रो भयो ।
युद्धग्रस्त क्षेत्रबाट कसरी उद्धार गर्नुभयो ?

Pages