दोहा– कतारमा उद्योग व्यवसाय सन्चालन गरिरहेका खोटाङको टेम्मा– ९ का ध्यान बहादुर राईले आङ्खनी ममतामयी आमाको नाममा सोही गाउँको ज्यामिरेमा ९ किलो वाट क्षमताको ‘सन्चमाया जलविद्युत आयोजना’ सन्चालन गर्नलाई कतारी रियाल ३० हजार अर्थात ६ लाख नेपाली रुपैया बराबरको आर्थिक सहयोग गरेका छन् ।
सो सहयोग उपभोक्ता समितिका अध्यक्ष प्रेम कुमार राईलाई हस्तान्तरण गरिएको छ । २०६८ सालको जेठ मसान्तदेखि सन्चालनमा आउने सो जलविद्युत आयोजनाबाट स्थानियबासीहरू लाभान्वित बन्ने बताइएको छ । सो योजना सम्पन्न गर्नलाई सो वडाबाट कतारमा आई कार्यरत अन्य २४ जना युवाहरूले पनि प्रतिव्यक्ति कतारी रियल २ सयका दरले सहयोग गरेका छन् । त्यसैगरी सोहि वडामा अवस्थित जय सरस्वती प्राथमिक विद्यालयलाई १ थान कम्प्युटर पनि व्यवसायी राईले विद्यालयका प्रधानाध्यापक विमला ताम्रकार र ब्यस्थापन समितिका अध्यक्ष चन्द्रकला राई तथा निवर्तमान अध्यक्ष जयबहादुर राईको रोहवरमा हस्तान्तरण गरेका छन् ।
No comments:
Post a Comment