कुवेत । आकर्षक पारिश्रमिकको साथमा राम्रो काम दिलाउने आश्वासनमा गाउकै महिला एजेन्ट मार्फत कुवेत पठाउने भनी करिब १ बर्ष पहिले भारत हुँदै कतार पु¥याइएकी झापा दमक–१ कि २० बर्षीया रेबिका राई कतार पुगेदेखि नै सम्पर्कबिहीन छिन् ।
कुवेतमा रहेकी उनकी दिदी राहिल राइले घरपरिवारले पटक–पटक स्थानीय महिला एजेन्टलाई आफ्नो चेलीको बारेमा बुझ्दा कुनै उत्तर पाउन नसकेको र लामो समयदेखि आफ्नी बहिनी कतारमा सम्पर्कबिहीन भएकाले उनको खोजतलासको लागि आपिल गरेकी छन् ।उनले दिएको जानकारी अनुसार झापाकी स्थानीय महिला एजेन्ट जिनिसा सुब्बाले करिब १ बर्ष पहिले आफैले पासपोर्ट बनाई अनेक प्रलोभन देखाएर कुवेत पठाउने भन्दै आफ्नी माइली बहिनी रूमा राइलाई भारत हुँदै साउदी अरब पठाएकोमा नेपाली दूतावासको पहलमा हालै मात्र उनी नेपाल फर्ककी छन् । तर, संगै भारतबाट कतार पठाइएकी कान्छी बहिनी रेबिकाको घरबाट हिंडेदेखि नै कुनै अत्तोपतो नभएकोले खोजी गरीदिन आपिल गरेकी छन् ।
No comments:
Post a Comment