कुबेतको रिजनल गेटमा कार्यरत २ नेपालीको दुर्घटनामा मृत्यु
निकै बिबादमा फसेको कुबेतको रिजनल गेट कम्पनीमा कार्यरत दुई नेपालीको आज सडक दुर्घटनामा परेर मृत्यु भएको छ। लामो समयदेखी कम्पनीले काम लगाएपनी उक्त नेपालीहरुको भिसा भने लागेको थिएन । राम चन्द्र सुबेदीले भिजिट भिसामा कुबेत ल्याएका ति नेपालीहरुको अवस्थाका बारेमा गत महिना देखी नेपाल तथा कुबेतमा निकै चर्चा र परीचर्चा भईरहेको छ । यिनै नेपालीहरुको बिषयमा बिबाद चर्कदा हिजो नेपाली दुताबासमा हाना हान समेत भएको थियो । कम्पनीमा कुनै कारण कामदारको मृत्यु भएमा हराएको भन्ने हुनाले उक्त दुई नेपालीहरुको अबस्थाको बारेमा कुनै जानकारी दिन चाहेको छैन । दर्जनौ नेपालीहरुलाई ड्राइभर भिसामा ल्याएर बिजोग बनाए पछी कत्ती नेपालीहरु दु:ख भोगेर नेपाल फर्की सकेका छन ।
No comments:
Post a Comment