पाकिस्तानी दूतावासका एक कर्मचारी मेहबुब आसिसमाथि काठमाडौँको महाराजगञ्जस्थित बसुन्धारा पुलमा गोली प्रहार भएको छ । दूतावासको भिसा शाखामा काम गर्ने आसिसमाथि अज्ञात बन्दूकधारीले आज बिहान चार राउन्ड गोली प्रहार गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी केदार ढकालले जानकारी दिए। आसिसको अहिले शिक्षण अस्पताल, महाराजगन्जमा उपचार भइरहेको छ। उनी बोल्न र घटनाबारे जानकारी दिन सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। कसले र किन गोली प्रहार गर्यो भन्ने बारे थाहा हुन सकेको छैन। प्रहरीले यस विषयमा अनुसन्धान गर्दैछ।
No comments:
Post a Comment