4/11/2011

वृद्ध तथा असहायको भत्ता सरकारी कर्मचारीलाई

बिष्णु गौडेल
नवलपरासीको रामग्राम नगरपालिकामा आउने सामाजिक सुरक्षाअन्र्तगतको रकम नगरपालिकाका केहि कर्मचारीहरुले पेश्की स्वरुप लिने र वृद्ध तथा असहायहरुलाई लामो समय पछि वितरण गर्ने गरेको पाईएको छ । कार्यालयमा आउने सामाजिक सुरक्षाको रकम वृद्धहरुलाई वितरण गर्न भन्दै पेश्कि रकम लिने र त्यो रकम कर्मचारीहरुले आफ्नो निजि बैक खातामा राखी ब्याज लिने गरेको समेत खुलासा भएको छ ।

रकम आएको थाहा पाएर नगरपालिकामा भत्ता लिन आउनेहरुलाई पैसा आउन अझै १५, २० दिन लाग्ने भन्दै फर्काउने र आफूहरुले भने बैंकमा राखेर ब्याज लिने गरेको नगरपालिकाका एक कर्मचारीले जानकारी दिए । करिब एक महिना अगाडि सरुवा भएर आउनुभएका कार्यकारी अधिकृत निरञ्जन श्रेष्ठले रकम फ्रिज हुन सक्ने हुदा कर्मचारीलाई पेश्की दिएको बताउनुभयो । तर त्यो पेश्की लिने लेखा अधिकृत कुन्दन चौधरी र उमेश चौधरीले रकम फछ्यौट गरेको पनि उहाँले बताउनुभयो । यस बारेमा आगामी दिनमो थप योजना बनाएर अघि बढ्ने श्रेष्ठको भनाइ छ ।
नवलपरासीकै अर्को खबरमा जिल्ला बिकास समिती नवलपरासीले संचालन गरेका बिकास निमार्णका योजनाहरु प्रभाबकारी रुपमा अनुगमन हुन नसकेको आज परासीमा आयोजीत कार्यक्रमका सहभागिहरुले बताएका छन् । चालु आर्थिक वर्ष २०६७ । ०६८ को चौमासीक समिक्षा गोष्ठीका सहभागीहरुले भएका बिकास निमार्णका योजनाहरुलाई प्रभाबकारी रुपमा अनुगमन गर्न नसक्दा गुणस्तरीय काम हुन नसकेको बताए ।

No comments:

Pages