4/16/2011

२ बर्षसम्म बेतलव

२ बर्षअघि बैदेशिक रोजगारयात्रामा निस्केका सिराहा लाहानका राम टहल शाहले यता आएदेखि तलव पाएका छैनन् । रोजगारीका लागि कतार आएका दुई वर्षसम्म पनि तलव नपाएर उनी दूतावासको शरणमा आएका छन् । गाउँकै एजेन्ट अतरहुलले उनलाई दोहा ल्याएका हुन् । एक स्थानीय कम्पनीका श्रीलंकन मालिकले भिषा लगाइदिन्छु भनेर उल्टै पैसा मागेर कम्पनीको परिचय पत्र तथा भिषा नलागई दिएको दुखेसो पनि उनले पोखेका छन् । साथीहरूसँग सापटी गरेर पैंत्तिस सय रियाल दिएको तर भिषा नलगाइदिनुका साथै आईडी पनि नदिएको उनले वताए । पिडीत शाहको पासर्पोट भने कम्पनीको मालिकले नै  राखेको छ । पिडीत शाहलाई नियोगले कागजपत्रहरू तयार पारिदिएर लेवर कोर्ट पठाएको छ ।

No comments:

Pages