काठमाडौ। वर्तमान सरकारमा गृहमन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको सत्तारुढ दल एकीकृत नेकपा (माओवादी)को स्थायी समितिको आज बैठक अनिश्चित भएको छ । पार्टीका शीर्ष नेताहरुले गृहमन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने बारेमा आन्तरिक गृहकार्यमा जुटेकाले बैठक अनिश्चित भएको बताइएको छ ।
एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयको जिम्मेवारीसहित सरकारमा जानुपर्ने भएकाले पार्टीका शीर्ष नेताहरुबीच आन्तरिक गृहकार्य गर्न समय चाहिएको बताउनुभयो । पछिल्लो समय प्रधानमन्त्री झलनाथ खनालसँगको वार्तामा गृहमन्त्री पाउने सहमति भएको भन्दै एनेकपा (माओवादी)ले गृहमन्त्रीका रुपमा देव गुरुङ र कृष्णबहादुर महराको नाम अगाडि सारेको भए पनि त्यसमा सहमति हुन सकिरहेको छैन ।
No comments:
Post a Comment