लिबियाबाट नेपाली कामदारको उद्धार गर्दा कस्तो अनुभव रह्यो ?
– म लिबियामा अलपत्र नेपाली कामदार उद्धारका लागि २६ दिन त्यहाँ बसेँ । आन्दोलन र द्वन्द्वको अवस्थामा म त्यहाँ फरेन इम्प्लाइमेन्ट एसोसिएसनको प्रतिनिधिका रूपमा अलपत्र नेपालीको उद्धारका लागि भनेर गएँ । जुन मिसन लिएर गएको थिएँ त्यो सबैको सहयोगमा सफल भयो । तर, त्यहाँका अनुभवहरू भने धेरै गाह्रो भयो । सुरुमा लिबियाको बेङ्गाझीबाट आन्दोलन सुरु भयो, त्यहाँ धेरै नेपाली थिए । त्यहाँ रहेका नेपालीहरूलाई इजिप्टको बोर्डर ल्याउन सजिलो थियो तर आन्दोलन भएका कारण उनीहरूलाई निकाल्न साह्रै गाह्रो भयो ।
युद्धग्रस्त क्षेत्रबाट कसरी उद्धार गर्नुभयो ?
सर्वप्रथम हामीले लिबियाको रोजगारदाता कम्पनीसँग त्यहाँका कुनकुन सहरमा कति संख्यामा कामदार छन्, उनीहरुको डाटा र अवस्थाबारे जानकारी लियौ । पछि हामीले त्यहाँको आन्दोलन विस्तारै त्रिपोलीतिर सरेका बेला सबै नेपालीलाई इजिप्टको बोर्डर सल्दोन भन्ने ठाउँमा बोलाउने निधो ग¥यौं ।
त्यसका लागि त्यहाँका ट्राभल एजेन्सी, इन्टरनेटलगायतको प्रयोगबाट सुरक्षित ढंगले निकाल्ने सम्भावनाहरूको खोजी ग¥यौं । यसरी सम्पर्कमा ल्याएर इजिप्टको बोर्डर आउनका लागि उनीहरू बस चढिसकेपछि हामीसँग सम्पर्कविहीन हुन्थे, यो अवस्थामा हामी निकै तनाव र त्रासको अवस्थामा हुन्थ्यौं । उनीहरू कहाँ कुन अवस्थामा छन् भन्ने कुरा हामीलाई पनि थाहा हुँदैन थियो । जब उनीहरू बोर्डरमा आउथेँ तब मात्र सम्पर्क हुन्थ्यो ।
उता, त्रिपोलीमा रहेका नेपालीहरूलाई उद्धार गर्नका लागि त्यस्तै समस्या थियो । आन्दोलनकारीहरूले त्रिपोलीलाई घेरामा राखेका थिए । त्यहाँ पनि धेरै नेपाली रहेकाले उनीहरूलाई ट्युनिसिया ल्याउन नजिक भयो ।
यसक्रममा मिस्रोटा भन्ने क्षेत्रमा लगातार आन्दोलनकारी र गद्दाफी पक्षबीच दोहोरो भिडन्त भइरहेको हुन्थ्यो, मिस्रोटा र त्रिपोलीबीचको क्षेत्रमा आन्दोलनकारीहरूले कब्जा नै जमाएर बसेका थिए ।
यस्तो अवस्थामा त्यहाँबाट जस्मिन इन्टरनेशनलको अल जफल भन्ने कम्पनीका कामदारको उद्धार गर्दा उनीहरू चढेर आउँदै गरेको एउटा माइक्रोमा बम प्रहार भयो, पाँच मिनेट मात्र ढिला भएको भए क्षति हुन सक्थ्यो ।
हामीले त्यस्तो अवस्थामा डर, त्रास, चिन्ता सहेर पनि लिबियाबाट नेपालीहरूलाई सकुशल उद्धार ग¥यौं ।
उद्धारका क्रममा नेपाल सरकारको कस्तो सहयोग रह्यो नि ?
यसमा नेपाल सरकारको त्यति सहयोग र वास्ता रहेन । रोजगारदाता कम्पनी र यता पठाउने एजेन्सीहरूको पहलमा मात्रै यो उद्धार कार्य भएको छ । नेपाली दूतावास कायरोले भने सक्दो सहयोग ग¥यो । उनीहरूले आफ्नो योजना अनुसार गर्न त खोजेकै हुन् तर उनीहरूसँग पनि यस्तो विषम परिस्थितिमा उद्धार गर्ने अनुभव नभएका कारण पनि राहदानी नभएका नेपालीहरूलाई यात्रा अनुमतिपत्रहरू बनाएर सहयोग गर्ने काम भयो ।
नेपालीहरु कामदारसँगको सम्पर्कमा कसरी पुग्नुभयो नि ?
– नेपालीहरूसम्म पुग्न हामी इजिप्टको बोर्डर सल्लोन र ट्युनिसियाको बोर्डरसम्म पुग्यौं, लिबियाभित्रै भने जान सकेनौं । हामीले टेलिफोनमार्फत सम्पर्कमा रहेर छरिएर रहेका नेपालीहरूका तर्फबाट एक वा दुई जना लिडर बनायौ र ट्राभल एजेन्सीहरूसँग सम्पर्क गरेर समय निश्चित गरी पछिल्लो ढोका प्रयोग गरेर सीमासम्म ल्याउने काम गरियो । सबैतिर चनाखो भएर आन्दोलन केही शिथिल भएको मौका छोपी हामीले उद्धार ग¥यौं ।
तपाईहरुले कसरी र कति नेपालीको उद्धार गर्नुभयो ?
– इजिप्टको कायरोस्थित दूतावाससँग समन्वय गरेर उद्धार गर्न यहाँबाट चार जनाको टोली गएका थियांै । हामीले सुरुमा ५ सय ६२ जनाको उद्धार ग¥यौं, त्यसपछि १ सय २७ जना र १ सय ५६ जनाको टोलीको उद्धार ग¥यौं । भारतीय दूतावासमा नेपाली दूतावास र हामीले गरेको पहलमा अर्को समूहमा ४१ जनाको टोलीलाई उद्धार गरियो त्यसका लागि नेपाल सरकारबाट पनि पहल भएछ । त्यसबाट ४१ जनाको समूहलाई भारतीय एअरलाइन्सको विमान चार्टर गरेर दिल्लीसम्म ल्याइयो ।
त्यहाँ हामीसँग डाटा संकलन भएकोमा १ हजार ७ सय ५२ जनामध्ये विभिन्न माध्यमबाट १ हजार ७ सय ४७ जनालाई उद्धार ग¥यौं । उद्धार गरिएकाहरूलाई हामीले इजिप्टको राजधानी कायरो ल्याएनौ । इजिप्टको सल्लोनबाट अलजेनेरिया भन्ने विमानस्थल अलि नजिक भयो । कायरोमा ल्याउँदा इजिप्टको सीमा सल्लोनबाट करिब ८ सय किलोमिटर पर्ने र अलजेनेरिया विमानस्थल पाँच सय किलोमिटरमै पर्ने भएकाले अलजेनेरियाबाटै सबैलाई फर्कायौं ।
विभिन्न नाका र सीमा हुँदै युद्धग्रस्त मुलुकबाट नेपालीको उद्धार गर्नुभयो, उद्धारमा भएको खर्च कसले बेहोयो ?
– हामी जति समय त्यहाँ बस्यौं, आफ्नो खर्च गरेका छौं, हामीले सरकार वा दूतावासको कुनै पैसा खर्च गर्न लगाएनौ । हामी एउटा जिम्मेवार व्यवसायी हौं, यो व्यवसाय भनेको आफ्नो दायित्व पुरा गर्न सचेत छ भन्ने सन्देश जाओस् । हामी पनि जिम्मेवारीबाट कहिल्यै पन्छिदैनौं, जिम्मेवारी लिन तयार छौं । हामीले तन, मन, धन लगाएर यो काम सफल पारेका छौं । यसबाट हामी राज्यप्रति जिम्मेवार छौं भन्ने प्रष्ट भएको छ ।
लिबियाबाट फर्केका कामदारले पाउने क्षतिपुर्ति र व्यवसायीले गरेको लगानीको शोधभर्नाबारे के भइरहेको छ ?
– लिबियाबाट नेपाली कामदारको उद्धार गर्न सरकारले सात करोड छुट्याएको छ भन्ने मैले सुनेको छु । राहतको विषयमा कुरा उठाउँदा उद्धारका क्रममा भएको खर्चको शोधभर्ना र क्षतिपुर्ति दिन नसक्ने भन्ने कुरा आयो । यो गैरजिम्मेवार कुरा हो । आफ्नो देशको नागरिकको उद्धार नगर्नु र उद्धारका क्रममा भएको खर्च बेहोर्दिन भन्नु गलत हो । सरकारले छुट्याएको भनिएको सात करोड रुपैयाँ कहाँ खर्च भएको छ, कति नेपालीले राहत पाए, उनीहरूलाई क्षतिपुर्ति दिने विषयमा फरेन इम्प्लाइमेन्ट एसोसिएसन नेपाल र नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संयुक्त रूपमा ११ सदस्यीय कार्यदल बनाएका छौं । श्रम मन्त्रीज्यूले यस विषयमा आफू सकारात्मक रहेको बताउनु भएको छ, उहाँले यस विषयमा चाँडै एउटा नीति तय गरेर निर्णयमा पुग्ने बचन दिनुभएको छ ।
लिबिया समस्याबाट नेपाल र नेपाली कामदारले के पाठ सिक्नुपर्छ ?
– लिबियाको समस्या त हामीले भोगिसक्यांै, मध्यपूर्वका अन्य मुलुक पनि अशान्त बन्दैछ अहिलेको अवस्था हेर्दा यस्तो समस्या अन्यत्र पनि आउँछ जस्तो लाग्छ । त्यहाँका जनताले स्वतन्त्रता र प्रजातन्त्र चाहेका छन् । त्यसकारण अहिले बहराइनमा आन्दोलन चर्किरहेको छ । भोलि बहराइनमा सफल हुने बित्तिकै साउदीदेखि अन्य मध्यपूर्वी मुलुकमा फैलन सक्छ । यसको असरबाट नेपालीलाई जोगाउन सरकारले तत्काल एउटा योजना तयार गर्नुपर्छ । अहिले रोजगारीका लागि खाडी मुलुक जाने नेपालीहरूलाई पनि एउटा नीतिअन्तर्गत बीमा आदि गरेर पठाउन सक्नुपर्छ । त्यसो गर्दा भोलि उनीहरूलाई उद्धार गर्न र राहत दिन सजिलो हुनेछ ।
यस्तै समस्या आएमा व्यवसायी र सरकारले के गर्नुपर्छ ?
लिबियामा त थोरै नेपाली थिए, अन्य मुलुकमा लाखौंको संख्यामा नेपाली कार्यरत छन्, त्यहाँ केही भइहाले हामीसँग पूर्व तयारी केही पनि छैन । यसका लागि सरकार र व्यवसायी दुवै पक्ष बसेर एउटा संयन्त्र बनाउनुपर्छ । त्यसका लागि पूर्व योजना बनाउनु जरुरी छ । केही भइहालेको खण्डमा यति ठुलो संख्यामा रहेका नेपालीलाई कसरी ल्याउने भन्ने विषयमा दुवै पक्ष बसेर एउटा ठोस योजना अघि सार्नु आवश्यक छ । त्यसका लागि हामीले मन्त्रालयमा कुरा राखिसकेका छौं । व्यवसायीहरू यसतर्फ सचेत छन् । अब सरकारी तहबाट के निर्णय भएर आउँछ त्यसको प्रतिक्षामा छौं ।
युद्धग्रस्त मुलुकबाट नेपाली कामदार उद्धार गर्ने क्रममा कस्तो अनुभव संगाल्नुभयो ?
युद्धग्रस्त स्थान, हजारौ नेपालीको उद्धारको जिम्मेवारी । हामी कति दिनसम्म गाडीमै पनि सुत्यौ, कति दिनसम्म ट्युनिसियाको बोर्डरमा गएर आर्मीले टाँगेको टेन्टमा सुत्यौं, दुई तीन दिन त खानासम्म पनि पाइएन । किनभने बोर्डर साइट निकै विकट ठाउँ छ र त्यहाँ अत्यन्तै जाडो छ । त्यस्तो अवस्थामा त्यहाँ गएर आफूलाई नै जोखिममा राखेर भए पनि नेपालीको उद्धार ग¥यौं । उद्धार गर्ने क्रममा हामीले ‘यदि कुनै घटना भइहाल्यो भने राज्यलाई कस्तो असर पर्ने हो हामी व्यवसायीहरूलाई कस्तो असर पर्छ’ भन्ने कुराले निकै चिन्तित भयौं । त्यतिबेला हाम्रो सुरक्षाभन्दा पनि बिचल्लीमा परेका नेपालीको सुरक्षा र सकुशल उद्धारलाई मन मष्तिस्कमा राख्यौं । जस्तोसुकै दुःख भोग्नु परे पनि एक हजार ७ सय ४७ जना नेपालीहरूलाई जोखिमपूर्ण अवस्थाबाट सुरक्षित आफ्नो देश भित्राउन पाउँदा अत्यन्तै खुसी लागेको छ ।
यो अनुभवबाट अन्य मुलुकमा पनि समस्या देखिए विदेशमा रहेका नेपालीले कस्तो सतर्कता अपाउनुपर्ला ?
वैदेशिक रोजगार विभागले तत्काल कुनकुन देशमा आफ्ना कामदार कति छन् त्यसको विवरण तयार गर्नुप¥यो । र, सम्बन्धित देशको नेपाली दूतावासले त्यहाँ कति नेपाली छन् र उनीहरुको अवस्था कस्तो छ भनेर सम्बन्धित निकायमा जानकारी दिई सरकार र व्यवसायीबीच समन्वय गराएर तत्कालीन आवश्यकताअनुसार अवस्था हेरी सतर्कता अपनाउनुपर्छ ।
कतिपय अवस्थामा समस्या देखिएको छ, उद्धार पनि गरिएको छ, कामदार पठाउने प्रक्रियामा के सुधार गर्नुपर्ला ?
अहिले जसरी नेपालीलाई वैदेशिक रोजगारीमा पठाइँदै आएको छ त्यसमा सुधार आवश्यक छ । नेपालको दूतावास वा कुटनीतिक नियोग नभएका मुलुकहरूमा बेरोजगार युवाहरूलाई पठाउन हुन्न । म नेपाल सरकार र सम्बद्ध निकायलाई यसतर्फ ध्यान दिन अनुरोध गर्दछु । अर्को कुरा भारतको मुम्बई, दिल्लीलगायतका स्थानबाट जसरी मानिस पठाइँदै आएको छ, उनीहरूको तथ्याङ्क हामीसँग हुँदैन । भोलि कुनै समस्या परेका बेला उनीहरूलाई उद्धार गर्न पनि सकिदैन । त्यसैले त्यसरी पठाउन बन्द गरिनुपर्छ । साथै नेपालबाट लैजाँदा कतार, साउदी अरबलगायतका मुलुक भनेर लैजाने र त्यहाँबाट अन्य मुलुक पठाउने जुन चलन छ, त्यसबारेमा न त सरकारलाई थाहा हुन्छ न त पठाउने एजेन्सीलाई नै । त्यस्तो प्रवृत्ति पनि बन्द गरिनुपर्छ ।
व्यवसायीहरुबीच एकता नभएकाले पनि धेरै समस्या सिर्जना गरेको छ भनिन्छ नि ?
व्यवसायीहरूबीच एकता नहुँदा धेरै समस्याहरू सिर्जना हुने गरेका छन्, यो कुरा म स्वीकार गर्न तयार छु । व्यवसायीबीच एकता नभएकै कारण हामी पछाडि परिरहेका छौं । एकता नभएका कारण हामी सफल हुन नसकेका हौं । व्यवसायीहरू एक ठाउँमा बसेर अघि बढ्यौं भने हामी सफल हुनेछौं । हामी एक भयौं भने बाहिर कुनै घटना भए वा समस्या आए समाधान गर्न सक्छौ । त्यसैले व्यवसायीहरूबीच एकता एकदम जरुरी छ ।
बेरोजगार नेपालीहरूलाई नेपालमै रोजगारी दिन सक्नु हामी सबैको दायित्व हो । बाहिर पठाउने त कामै होइन । तर, उनीहरू बेरोजगार रहेको अवस्थामा उनीहरूलाई रोजगारी दिलाउने, केही आर्जन गर्न सक्ने अवसर दिइएको छ यस्तो व्यवसायलाई हामी सबै मिलेर पारदर्शी, सही तरिका र सही बाटोबाट इमान्दारिताका साथ बाहिर पठाउनुप¥यो । अहिले पनि सबैले यो व्यवसायप्रति नकारात्मक सोच राखेका छैनन् जसले राखेका छन् उनीहरूको सोचमा परिवर्तन ल्याउन पनि व्यवसायिक इमान्दारिता र एकता आवश्यक छ ।
म फरेन इम्प्लाइमेन्ट एसोसिएसनको जिम्मेवार व्यक्तिको हिसावले व्यवसायीहरूबीच एकता हुनैपर्छ भन्छु । हामी एक भएर अघि बढ्यो भने जस्तोसुकै कठिनाईबाट पनि सरल तरिकाले उम्कन सक्छौ । हामीलाई कुनै बाधा अड्चन आउँदैन ।

No comments:
Post a Comment