4/22/2011

मलेसियामा दश दिनदेखि खड्का गायब

पेनाङ । झिम्टे–४, का ३५ वर्षीय ताराप्रसाद खड्का अप्रिल ११ देखिरहस्यमय तरिकाले हराइरहेका छन् ।  खड्का Eng Technology Sdn.Bhd. बायानलेपास, पुलाउ पेनाङमा कार्यरत थिए । उनी एक वर्ष अघि मात्र कोशी म्यानपावर, क्षेत्रपाटी काठमाडौं मार्फत उक्त कम्पनीमा आएका हुन् । उक्त दिन पेट दुखेको छ भनेर  ड्युटीमा नगई खड्का होस्टेलकोमै बसेका थिए । दिउँसो क्लिनिक जान्छु भनेर निस्किएका खड्का त्यस पछि होस्टेल फर्किएका छैनन् । खड्काका सहकर्मी राजेश प्रवाहले  दिएको जानकारी अनुसार उनले आफ्नो शरीरमा लगाएको एक जोर लुगा, एक जोर सामान्य चप्पल र कम्पनीको परिचय पत्र बाहेकको सबै सामान होस्टेलको आफ्नो कोठा मै छाडेर गएका छन् । खड्काले आफ्नो मोवाईल, पर्स र मलेसियन रिङ्गेट ३०० कोठा मै छाडेका छन् । खड्काका अर्का सहकर्मीका अनुसार उनमा कुनै गम्भीर स्वास्थ्य समस्या थिएन ।  खड्काको कोही कसै सँग रीस इवी पनि नभएको उनले बताए ।
खड्काको मलेसियामा रहेका र थाहा भएसम्मको सबैलाई सम्पर्क गर्दा पनि उनी भेटिएका छैनन् । कम्पनीका सहकर्मीहरुले खोजीको प्रहरीलाई खबर गरेका छन् । साथै कम्पनीले पनि आफ्नै तर्फबाट खोजी जारी राखेको  बताएको छ ।

भगवान संकटमा !

साईबाबाको स्वास्थ्य अवस्था निकै नाजुक भएको उहाँको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । आन्द्र प्रदेशको एक अस्पतालमा उपचाररत साई बाबाको अवस्था झन नाजुक भएकोले उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको ती चिकित्सकले जानकारी दिए ।

लौ अब यस्ताले संविधान बनाउने रे !

मुलुकले जेठ १४ भित्र संविधान पाउने  छाँटकाट छैन । सत्ताको लुछाचुँडीले संविधान टाढाको बाटो भइसकेको छ । जनताले फोकटाँ ६ सय १सेतो हात्ती पाल्नुपरेको छ ।

4/21/2011

कता जालान् अब ल्यारक्याल लामा

विवादमा परेका अर्थ राज्यमन्त्री ल्यारक्याल लामाले आज पदबाट राजीनामा दिएका छन् । आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफूमाथि रहेको विवादको बारेमा छानबीनका लागि सहयोग गर्न राजिनामा दिएको बताए । लामामाथि नेपालसहित विभिन्न तीन देशको नागरिकता लिएको तथा स्वतन्त्र तिब्बत आन्दोलनमा सहभागी भएको आरोप लागेको छ । तर उनले भने त्यसलाई अस्वीकार गर्दै आका छन् । आफ्नो लिखित वक्तव्य पढेर सुनाउँदै पत्रकार सम्मेलनमा लामाले आफूमाथि लागेको आरोप चरित्र हत्या गर्ने प्रयासस्वरुप भएको दाबी पनि गरे ।
लामा राजीनामापछि कहाँ जालान् भन्ने चर्चा यतिखेर व्यापक चलेको छ । केहीले लामा हिमाञ्चल जाने अनुमान गरेका छन् भने केहीले बेइजिङतिर लाग्न सक्ने आशंका गरेका छन् ।

अर्थराज्यमन्त्री लामाले राजीनामा बुझाए

८ वैशाख, काठमाडौं । विवादित अर्थ राज्यमन्त्री ल्हारक्याल लामाले बिहीबार बिहान प्रधानमन्त्री समक्ष राजीना दिएका छन् । उनको राजीनामाबारे केही समयपछि औपचारिक जानकारी गराइने प्रधानमन्त्रीका मुख्य सल्लाहकार प्रकाश ज्वालाले बताउनु भएकोछ ।
लामाले वालुवाटर नै पुगेर प्रधानमन्त्रीलाई राजीनामा बुझाएको पनि जानकारी दिनुभयो । विभिन्न विवादित गतिविधिमा संलग्नता देखिएपछि एमालेका नेताहरुले लामालाई राजीनामाका लागि दवाव दिएका थिए भने संसदको राज्यव्यवस्था समितिले प्रधानमन्त्रीसँग जवाफ मागेको थियो ।

4/19/2011

विराट ओभरसिजका सञ्चालक फरार

इलाम । इलाम बजारको एक घरमा कार्यालय स्थापना गरेको विराट ओभरसिजका सञ्चालक फरार भएका छन् । हिमालय कर्मचार्यको घरमा कार्यालय रहेको ओभरसिजका सञ्चालक सुबोध पौडेलले ४÷५ महिनाको घर भाडा बापतको रकम समेत नतिरी फरार हुनुभएको हो ।

मेनपावर र मेडिकलको ठगी, विभाग मौन

विश्वका कुनै पनि मुलुकमा लुट्न छुट छैन र यस्तो धन्दा गरेको पाइएमा कानुनी कारबाही हुन्छ। । नेपालमा पनि कानुनी रुपमा लुटधन्दा गर्न पाइँदैन तर हरेक तह र तप्कामा लुटको धन्दा चलाउनेहरूको विगविगी नै छ ।
यसमा पनि वैदेशिक रोजगार व्यवसायमा लुटिखानेहरूको संख्या बढी छ । वैदेशिक रोजगार विभागमा तीस लाख धरौटी राखेर लिएको अनुमतिपत्रलाई लुटको लाइसेन्स ठान्नेहरूले गरिब, सोझा, बेरोजगार युवाहरूलाई हाकाहाकी लुटिरहेका छन् ।

संविधान नबने नेता थुनिने

काठमाडौ । नेकपा एमालेका युवा सभासदहरूले जेठ १४ सम्ममा नयाँ संविधानको एकीकृत मस्यौदा नआए नेताहरूलाई कोठाभित्र थुन्ने चेतावनी दिएका छन् । उनीहरूले संविधान जारी गर्न नसकिएपनि जेठ १४ मा संविधानको पहिलो मस्यौदा तयार नभए संविधानसभाको म्याद थपगर्ने वातावरण नबन्ने भन्दै नेतृत्वलाइ सचेत गराएका हुन । वरिष्ठ नेता एवं संवैधानिक समिति अन्तर्गत विबाद उपसमितिका सदस्य माधवकुमार नेपाललाइ भेट गरी सभासदहरूले संविधान निर्माण प्रक्रिर्यालाइ गतिदिन आग्रह गरेका हुन ।
त्यसअबसरमा नेता नेपालले जेठ १४ मा संविधानको पहिलो मस्यौदा सार्बजानिक गर्नकालागिपनि दवाब सृजनागर्न सभासदहरूसंग आग्रह गर्नुभएको भेटमा सहभागी सभासद पद्मा अर्यालले जानकारी दिनुभयो ।

रहदानी व्यापारी सभासद

सभासद गायत्री साह र विपी यादव पक्राउ पर्नुभएको छ । रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा उहाँहरूलाई प्रहरीको अपराध अनुसन्धान विभागको टोलीले पक्रेको हो । हनुमान ढोकामा राखिएका सभासदहरूलाई राहदानी दुरुपयोग ऐनअन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

श्राद्ध गर्न पाउने कि नपाउने

६ सय १ जना सभासदको श्राद्ध गर्दैहिंडेका बर्दिया गुलरियाका राकेशकुमार शर्मालाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ । बुटवलको मिडियाचोकमा ६ सय १ जना सभासदहरूको कार्टुनसहितको ११ महिने मासिक श्राद्ध गर्नेक्रममा प्रहरीले पक्राउ गरेको हो ।

विद्युत आपूर्ति बन्द गराइ पाउँ


4/18/2011

भारतीय हत्याराले फसायो नेपालीलाई

हत्याको अभियोगमा संयुक्त इमिरेट्सको अदालतबाट मृत्युदण्ड सजाय सुनाईएका दार्चुलाका अमरबहादुर बमले जीवन रक्षाको पहल गरिदिन माग गरेका छन् । उनले आफू निर्दोष रहेको दावी गर्दै जीवन रक्षाका लागि पहल गरिदिन सरकारसँग माग गरेका हुन् । भारतिय नागरिक शरद सेट्टीको हत्या आरोपमा बम झण्डै आठ बर्षदेखि दुवईको जेलमा बन्दी जीवन बिताईरहेका छन् । पैसा कमाउन भारत गएका उनी सन् २००३ मा दुवई पुगेका थिए ।

चौधरी र श्रेष्ठको परिवारले राहत पाउलान् त ?

कुवेत । गत हप्ता कुवेतको सुवियास्थित काम गर्दा गर्दै आफैले चलाएको सवारी अचानक ठोकिएर जल्दा ज्यान गुमाउन पुगेका चितवन मेघौलीका हिरामणी चौधरी र खोटाङ लामीटारका शेखर श्रेष्ठको परिवारलाई राहत उपलब्ध गराउने विषयमा नेपाली दूतावास, कम्पनी प्रतिनिधि, एजेन्ट रामचन्द्र सुवेदी र रिजनल गेट कम्पनीमा काम छोडेर बसेका कामदारबीच मौखिक सहमति भएको छ ।

इजरायलमा रहेका केयरगिभर कामदारहरूमाथि वज्रपात

इजरायल सरकारले करिव दुई दशक अघिदेखि विदेशी कामदारहरूको लागि विभिन्न मुलुकहरूबाट केयगिभरको भिषा उपलव्ध गराई कामदार भित्राउन शुरूवात गरेको थियो । इजरायल सरकारले विदेशी कामदारहरूको प्रेवशदेखि नै केयरगिभरको रोजगारीलाई दिनप्रतिदिन अझ कठिन बनाउँदै गइरहेको छ । शुरूमा विदेशी कामदारहरू इजरायल प्रवेश गर्दा यहाँको रोजगारीलाई अरू मुलुकहरूभन्दा केही उत्तम मानिदै आइरहेको थियो भने गक्ष अनुसारको कमाइ भएकोले पनि इजरायल प्रवेश गर्नेहरूको ठूलै भीड हुने गर्दथ्यो र हाल पनि छ ।

अझै ६ महिना पाल्नुपर्ने भो सेतो हात्ती

यहि महिना म्याद सकिए पनि नेपालका लागि भारतीय राजदूत राकेश सूद कम्तिमा अझै छ महिना नेपालमै रहने भएका छन् । नेपालका लागि नयाँ राजदूतमा नियुक्ति गरिने भनिएका जयन्त प्रकाशले छिट्टै अवकास पाउने भएकाले नयाँ राजदूत नियुक्ति नभएसम्म सूद नै रहने लगभग पक्का रहेको भारतीय दूतावास निकट स्रोतले बतायो ।

हानिकारक छ मोबाइल केटाकेटीहरूका लागि

‘म मोबाइल बेगर एकछिन पनि बस्न सक्दिनँ,’ ‘मोबाइल सँगै नभए आफूलाई अपाङग भएको जस्तो ठान्छु,’ ‘एसएमएस सुविधाले त जिन्दगी झनै सजिलो भएको छ। कसैलाई मायाको सन्देश पठाउनुछ वा कसैलाई गाली, मात्र एउटा सन्देशले काम भइहाल्छ,’ ‘गाना सुन्नु परेमा वा कुनै सानो फिल्म हेर्नुछ वा क्रिकेटको स्कोर, यसका लागि घर पुग्नैपर्दैन। सबै मेरो मोबाइलले भनिहाल्छ।’ यी वाक्यहरू प्राय: आजभोलिका किशोरहरूले भन्ने गरेको पाइन्छ।

सेक्स समयको चाहना/भगवानको वरदान

सेक्सको बारेमा नेपाली समाज खुल्न थालेको छ । हिरोइन र मोडलहरुको अभिव्यक्ति सेक्स शब्द ठूलो विषय होइन । मोडलबाट हिरोइनमा प्रवेश गरेकी सोभिता श्रीखडाले सेक्सलाई दबाउनु हुन्न भनेर मुख खोलिसकेकी छिन् । अहिले म्युजिक भिडियो र टेलिसिरियलहरुबाट प्रवेश पाएका मोडल तथा प्रवेशका लागि फोटो सेसन गर्ने मोडलहरु चर्चामा आउन सेक्स शब्दलाई तोडमोड गर्न र ग्ल्यामर पोज दिन हिच्किचाहट गर्दैनन् ।

पम्पबाटै तेल गायब

बजारमा अहिले तेलको हाहाकार मच्चिएको छ । सर्वसाधारणहरु घण्टौं लाइनमा बसेर पनि पेट्रोलर डिजेल पाउन सकेका छैनन् । निजीस्तरका पेट्रोल पम्पहरुमा पेट्रोल, डिजेल छैन भन्ने सुचनाहरु टाँपिसएका छन् भने सरकारी निकायका पेट्रोल पम्पहरुले पनि माग बमोजिम इन्धन आपूर्ति गर्न सकिरहेका छैनन् ।

यौनमा लिप्त ठमेल

राजधानीको ठमेल पर्यटकीय थलो त छँदैछ । पछिल्लो समय यसलाई अघोषित रेड लाइट एरिया नै भनेर चिनिने गरेको छ । ठमेलमा देखाउने र गर्ने अनुहार फरक फरक छन् । मसाज केन्द्रको नाममा यौन व्यवसाय र होटल सेवाको नामामा पनि व्यवसाय यौनकै व्यवसायी भइरहेको छ ।वर्ष २०६७ ले बिदा लिदै गर्दा र २०६८ ले नेपालीमाझ खुशीयाली ल्याउँदै गर्दा ठमेलमा भने यौन व्यवसायको मोमोलाईले सम्साझैं धेरौई आकर्षित गराएको देखिन्थ्यो ।

4/17/2011

कथित आर्थिक क्रान्तिका योद्धाहरूको कन्तविजोग

सर्वसाधारणको लाखौं रुपियाँ अवैधानिकरुपले उठाएको आरोपमा सरकारले मुद्दा दायर गरेपछि फरार रहेका युनिटीका सञ्चालकहरु काशीराम गुरुङ र विष्णुबहादुर क्षेत्रीको ब्याङ्कमा धितो रहेको जग्गा लिलाम हुने भएको छ। यी दुवै जना प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा छन्।

खाने बेला आँखा नदेख्ने अहिले वाक् वाक् !

 भ्रष्टाचार अभियोगमा चार वर्षका लागि जेल परेका पूर्व मन्त्री चिरञ्जीवी वाग्लेले सजाय कम गर्न जिल्ला अदालतमा गरेको निवेदन  सुनुवाइ हुन सकेन । वाग्लेले कानून अनुसार आफूले सजाय छुट पाउने जिकिर गरेका छन् ।

हत्यारा फरार, निर्दोष गए जेल

तीन वर्षअघि चिनियाँ मुलका एक मलेसियन नागरिकको हत्या अभियोगमा तम्फुला–८ तेह्रथुमका पदमबहादुर लिम्बुलाई अदालतले दश वर्ष कारवासको फैसला सुनाएको छ । समुहमा रक्सी पिईरहेको बेला साथीहरूबीच एक आपसमा विवाद भएपछि ती व्यक्तिको हत्या भएको थियो ।

प्यारालाईसीस भएपछि स्वदेश फिर्ता



रोजगारका लागि मलेसिया आएको सात महिनामै  प्यारालाईसीस भएर काम गर्न नसक्ने भएपछि दिपा राई दश नेपाल फर्केकी छन् । दश महिनाअघि आएकी राई आएको सात महिनामै कम्मरदेखि तलको भाग नचल्ने अवस्थामा पुगेकी थिईन् । तीन महिनासम्म कम्पनीले दिएको होस्टेलमा बस्दै आएकी उनलाई कम्पनीले कुनै उपचार नगाराई बिना तलब सुबिधा राखेको थियो । नेपाल पठाउन समेत तयार नभएको कम्पनीले राईको मुद्दा दूतावास पुगेपछि एक हप्तामै नेपाल पाठाउन तयार भएको हो ।

किन घटे मलेसिया जाने कामदार

डि.बी संघर्ष क्वालालम्पुर । पछिल्लो आठ महिनामा रोजगारीका लागी मलेसिया आउने नेपाली कामदारको संख्या ७४ हजार २ सय ९४ पुगेको छ । नेपाली दूतावास मलेसियाको श्रम डिपार्टमा रहेको तथ्यांकलाई आधार मन्ने हो भने गत साउन महिनामा १२ हजार २ सय ९६ जना मलेसिया आएका थिए ।

गुप्ता बाइबाइ

संविधानसभा सदस्य श्यामसुन्दर गुप्ताको सभाषद पद खारेज भएको छ । संविधानसभाको आइतबार बसेको बैठकमा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतको आदेश अनुसार गुप्ताको सभासद पद खारेज भएको जानकारी गराउनुभयो ।
गुप्ता मन्धिपरिषद्ले मनोनित गरेका २६ जनाको कोटामा सभासद् बन्नु भएको थियो । सर्वोच्चका न्यायाधीश बलराम केसी र भरतराज उपेत्रीको संयुक्त इजलास गत माघ २८ गते गुप्ताको मनोनयन सहमतिको आधारमा नभएको ठहर गर्दै पद खारेज गर्ने फैसला सुनाएको थियो ।

अर्थमन्त्रीको चालाले विदेशमा पनि बदनामी

अमेरिकामा व्यापार तथा लगानी प्रवर्द्धन सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रीमती सहित आधा दर्जन सचिव सहित वासिंङटन डीसी आइपुग्नुभएका उप-प्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले डीसीस्थित नेपाली समुदायमाझ भने उपस्थिति हुनुभएन । नेपालमा हालसालैमात्र भ्याटकाण्ड र अर्थमन्त्रालयका सचिवलाई समेत जानकारी नदिइ पुरक बजेटको तयारी गराएर अर्थ मन्त्रालयका सचिव रामेश्वर खनालले राजिनामा दिएपछि

Pages