सर्वसाधारणको लाखौं रुपियाँ अवैधानिकरुपले उठाएको आरोपमा सरकारले मुद्दा दायर गरेपछि फरार रहेका युनिटीका सञ्चालकहरु काशीराम गुरुङ र विष्णुबहादुर क्षेत्रीको ब्याङ्कमा धितो रहेको जग्गा लिलाम हुने भएको छ। यी दुवै जना प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा छन्।
सिटिजन्स ब्याङ्क इन्टरनेशनल लि. र पोखरा फाइनान्स लिमिटेडमा उनीहरुले संयुक्तरुपमा राखेको काठमाडौं महानगरपालिका-१५ स्थित जग्गा, सो जग्गामा निर्माण भएका तथा भविष्यमा निर्माण हुने सम्पूर्ण भवन र सोको लिगलिगापातसमेत २१ दिनभित्र लिलाम हुने सूचना ती दुई वित्तीय संस्थाले सार्वजनिक गरेका हुन।यी दुई संस्थाले जारी गरेका सूचनामा उनीहरुले ऋण कर्जासम्बन्धी सर्त बन्देजहरु उल्लङ्घन गरी समयमा तिर्नु बुझाउनुपर्ने सावाँ, ब्याजलगायत् अन्य रकमसमेत नतिरेकाले तथा कुनै माध्यमबाट पनि सम्पर्कसमेत हुन नसकेकाले यो लिलामी सूचना निकाल्नुपरेको हो।
यसअघि ऋण चुक्ता गर्न र नतिरे लिलाम गरिने सूचना हिमालय टाइम्स र नयाँ पत्रिकामा निस्किसकेको पनि उसले जनाएको छ।
यसअघि ऋण चुक्ता गर्न र नतिरे लिलाम गरिने सूचना हिमालय टाइम्स र नयाँ पत्रिकामा निस्किसकेको पनि उसले जनाएको छ।
धितोबाट ऋण असूल हुन नसके उनीहरुको अन्य जेथाबाट असूल गरिने साथै जमानीकर्ताको सम्पत्तिबाट समेत असूल उपर गरिने ती वित्तीय संस्थाले जनाएका छन्।


No comments:
Post a Comment