रोजगारका लागि मलेसिया आएको सात महिनामै प्यारालाईसीस भएर काम गर्न नसक्ने भएपछि दिपा राई दश नेपाल फर्केकी छन् । दश महिनाअघि आएकी राई आएको सात महिनामै कम्मरदेखि तलको भाग नचल्ने अवस्थामा पुगेकी थिईन् । तीन महिनासम्म कम्पनीले दिएको होस्टेलमा बस्दै आएकी उनलाई कम्पनीले कुनै उपचार नगाराई बिना तलब सुबिधा राखेको थियो । नेपाल पठाउन समेत तयार नभएको कम्पनीले राईको मुद्दा दूतावास पुगेपछि एक हप्तामै नेपाल पाठाउन तयार भएको हो ।
बिरामी राईका श्रीमान पनि मलेसियामै रोजगार गर्छन् दूतावासको पहलमा कम्पनीले राईको पासपोर्ट दिए पनि टिकट नदिएपछि श्रीमानले टिकट काटेर नेपाल पठाईएको हो । परिवारिक स्रोतका अनुसार राई एघार वर्षअघि धरानमा मोटरसाइकल दुर्घामा परेकी थिइन् र त्यतिबेलादेखि नै कम्मरदेखि तलको भागमा बेला बेला दुख्ने गर्दथ्यो ।
No comments:
Post a Comment