4/18/2011

भारतीय हत्याराले फसायो नेपालीलाई

हत्याको अभियोगमा संयुक्त इमिरेट्सको अदालतबाट मृत्युदण्ड सजाय सुनाईएका दार्चुलाका अमरबहादुर बमले जीवन रक्षाको पहल गरिदिन माग गरेका छन् । उनले आफू निर्दोष रहेको दावी गर्दै जीवन रक्षाका लागि पहल गरिदिन सरकारसँग माग गरेका हुन् । भारतिय नागरिक शरद सेट्टीको हत्या आरोपमा बम झण्डै आठ बर्षदेखि दुवईको जेलमा बन्दी जीवन बिताईरहेका छन् । पैसा कमाउन भारत गएका उनी सन् २००३ मा दुवई पुगेका थिए ।

भारतको दिल्लीस्थित एक मार्वल कम्पनीमा काम गरिरहेका उनलाई तीन भारतीय नागरिकले अन्तराष्ट्रिय ड्राईभिङ लाईसेन्स बनाएर गाडी चलाउने भन्दै दुवई पुयाएका थिए । आफूले दुवई पुगेको केही दिनमै  ती तीन जनालाई नजिकैको इन्डियन क्लबसम्म गाडीमा पुयाएको बताउँदै बमले भने– ‘मलाई गाडीमै बस्न भनेकाले म त्यहीँ बसें र तीनजना क्लबभित्र गएर सेट्टीको हत्या गरे, सोही अभियोगमा मलाई यहाँको अदालतले मृत्युदण्डको सजाय सुनायो ।’
ती तिनजनालाई कोठादेखि क्लबसम्म पुयाउनु मात्र आफ्नो गल्ती भएको बताउँदै उनले हत्यामा आफ्नो कुनै संलग्नता नरहेको दोहो¥याए । जेलमा थुनिएका तीन हत्याराले पनि बम निर्दोष रहेको बताएका छन् ।
बमले आफ्नो जीवन रक्षाका लागि कसैले चासो नदेखाएको गुनासो गरे । उनको मृत्युदण्ड सजाय छुटका लागि पहल गर्न नेपाली दूतावास आबुधावी र नेपाल सरकारले चासो देखाएको छैन ।




No comments:

Pages